Dictionary

All Word

40201 दन्तहर्ष ना. दाँतसम्बन्धी एक रोग।
40202 दन्तहर्सना ना. कागतीका जस्ता पात र बोक्रा हुने, सेतो फूल फुल्ने, बास्नादार काँढा भएको एक बोट।
40203 दन्ताघात ना. दाँतको आघात; दाँतको टोकाइ।
40204 दन्तादन्ति ना. एकअर्कामा दाँतले टोकाटोक गरेर गरिने झगडा।
40205 दन्तायुध ना. दाँत नै एक मात्र हतियार भएको प्राणी (हात्ती, सुँगुर इ.)।
40206 दन्तावल ना. हात्ती।
40207 दन्तावली ना. दाँतको लहर वा हार।
40208 दन्ती वि. १. दाँत हुने वा भएको। ना.
40209 दन्ती वि. २. हात्ती।
40210 दन्ती वि. ३. गणेश।
40211 दन्ती वि. ४. अँडिरको बोट।
40212 दन्तुर वि. १. दाँत ओठभन्दा बाहिरपट्टि निस्केको; छ्वाँके।
40213 दन्तुर वि. २. लामा लामा दाँत हुने; दाह्रे।
40214 दन्ते वि. हे. दन्त्य।
40215 दन्तोत्पत्ति ना. गिजाबाट दाँत निस्कने वा उम्रने काम।
40216 दन्तोलूखलिक ना. आफ्नै दाँतले चपाएर मात्र अन्न खाने र ढिकी, जाँतो, कल आदिमा कुटेको वा पिँधेको अन्न नखाने व्रत लिएको साधु।
40217 दन्त्योष्ठ्य ना. १. दाँत र ओठसम्बन्धी।
40218 दन्त्योष्ठ्य ना. २. माथिल्लो दाँत तथा तल्लो ओठको संलग्नताबाट उच्चारण हुने ध्वनि।
40219 दन्त्य वि. १. दाँतसँग सम्बन्धित।
40220 दन्त्य वि. २. जिभ्राको टुप्पो र माथ्लो दाँतको संलग्नताबाट उच्चारण हुने (ध्वनि) ( त, थ, द, ध)।
40221 दन्त्यकथा ना. लोकले युगौँदेखि परम्परागत रूपमा संरक्षित गर्दै आएको, मौखिक तथा काल्पनिक कथा; सुन्ने कथा।
40222 दन्न क्रि.वि. १. राम्ररी बल्ने वा झरिलो हुने चालमा; हुरहुराउने किसिमले आगो दन्केर बल्ने गरी; हुर्र।
40223 दन्न क्रि.वि. २. तोप, बन्दुक आदि पड्कँदा शब्द आउने किसिमले।
40224 दपाइ ना. दाप्न वा हडप्ने क्रिया वा प्रक्रिया।
40225 दपाइनु क.क्रि. दाप्ने काम गरिनु;दाप्न लाइनु।
40226 दपाउनु स.क्रि. दाप्ने काममा प्रेरित गर्नु; दाप्न लाउनु।
40227 दपेट्नु स.क्रि. १. कसैले कसैलाई कुनै कामको निहुँमा किन त्यस्तो भयो वा गरियो भनेर हकार्नु; छाँस्नु; डाँट्नु।
40228 दपेट्नु स.क्रि. २. पिछा गर्नु; लखेट्नु; लघार्नु।
40229 दपेटा ना. १. डर, धाक, धम्की आदिद्वारा हप्काउने काम;दपेट्ने काम; दपेटाइ।
40230 दपेटा ना. २. लखेट्ने काम;लघाराइ।
40231 दपेटाइ ना. दपेट्ने क्रिया वा प्रक्रिया।
40232 दपेटाइनु क.क्रि. दपेट्न लाइनु; लखेटाइनु।
40233 दपेटाउनु स.क्रि. दपेटामा पार्नु; दपेट्न लाउनु।
40234 दपेटिनु क.क्रि. कसैबाट छाँसिनु; हप्काइनु; डाँटिनु; लखेटिनु।
40235 दपोट ना. १. सरकारी जमिनको कर, पोत, तिरो आदि नतिरी लुकाई-छिपाई जग्गा मात्र भोगचलन गरी खाने काम।
40236 दपोट ना. २. अर्काको धनमाल जानाजानी दबाएर पचाउने वा आफ्नो अधीनमा पार्ने काम।
40237 दप्कनु / दप्किनु अ.क्रि. १. कुनै कारण वा परिस्थितिले मान्छे वा अन्य प्राणी हच्कनु; अघि सरेर काम गर्न डराउनु; दच्कनु; पछि सर्नु।
40238 दप्कनु / दप्किनु अ.क्रि. २. लुक्न खोज्नु; लुके झैँ गर्नु।
40239 दप्कनु / दप्किनु अ.क्रि. ३. लुक्नु; दब्नु।
40240 दप्काइ ना. दप्कने वा दप्काउने क्रियाप्रक्रिया।
40241 दप्काइनु क.क्रि. १. हप्कीदप्कीमा पारिनु; दप्की लाइनु।
40242 दप्काइनु क.क्रि. २. लुकाइनु।
40243 दप्काउनु स.क्रि. १. डर, धाक आदिले कसैलाई हच्काउनु; हप्काउनु; छाँस्नु।
40244 दप्काउनु स.क्रि. २. लुकाउनु; छिपाउनु; दबाउनु।
40245 दप्काउनु स.क्रि. ३. ढाकछोप गर्नु; ढाक्नु।
40246 दप्की ना. १. दपेट्ने वा लखेट्ने काम; दपेटा।
40247 दप्की ना. २. हप्कीदप्की गरिने चाल; डाँट, छँसाइ; हप्की।
40248 दप्क्याइ ना. दप्किने वा दप्की खाने क्रियाप्रक्रिया।
40249 दफा ना. १. कुनै लेख-रचना, पत्र आदिका एक- एक प्रवाह वा उक्तिको अंश; अनुच्छेद; कण्डिका; प्याराग्राफ।
40250 दफा ना. २. ऐनविधान आदिको परिच्छेद वा महलभन्दा सानो र उपधारा वा उपदफाभन्दा ठुलो बुँदा; ऐनविधान आदिको एक अंश; धारा। क्रि.वि.