Dictionary

All Word

50401 न्यायी वि. न्यायमा चल्ने; न्यायअनुसार आचरण गर्ने; निष्पक्ष व्यवहार गर्ने; न्यायप्रेमी।
50402 न्यायोचित वि. न्यायसुहाउँदो; न्यायअनुसारको; न्यायबमोजिम ठिक भएको।
50403 न्यास ना. राख्ने काम; स्थापना।
50404 न्यास ना. २. धरौट; निक्षेप।
50405 न्यास ना. ३. सुरक्षित गरी राखिदिनुपर्ने अर्काको माल; नासो।
50406 न्यास ना. ४. तान्त्रिक पद्धतिका अनुसार देवताका विभिन्न अङ्ग सम्झेर मन्त्र पढ्दै आफ्ना शिर, काँध आदि अङ्ग छुने काम।
50407 न्यास ना. ५. गायनको समाप्तिमा प्रयुक्त हुने स्वर।
50408 न्यास ना. ६. छोड्ने काम; त्याग।
50409 न्यासधारी वि. धरौटी राख्ने; नासो राख्न दिने।
50410 न्यासध्यान ना. पूजा आदि धार्मिक अनुष्ठानमा कर्ताबाट गरिने न्यास क्रिया र देवताको ध्यान।
50411 न्यासी ना. सन्न्यासी; जोगी।
50412 न्यासी ना. वि. २. त्याग गर्ने; त्यागी।
50413 न्यासे वि. लोतोपोतो वा नखरा पार्ने; चिप्लो घस्ने; ठिक्क पारेर लहसिन खोज्ने।
50414 न्यास्रिनु अ.क्रि. एक्लो भई खल्लो अनुभव हुनु; न्यास्रो लाग्नु; नियाँस्रो मान्नु।
50415 न्यास्रो ना. आफ्नो हितचिन्तक व्यक्ति वा कुनै आत्मीयको बिछोडबाट हुने उराठलाग्दो स्थिति; शून्यलाग्दो अवस्था।
50416 न्यास्रो ना. २. कुनै साथी नहुँदा हुने खिन्नता।
50417 न्याहुर ना. कस्तूरी मृगको जस्तो भुत्ला हुने; भुकुल्ले खालको एक थरी हिउँभेडो।
50418 न्याहुले ना. देउडा जस्तै एक नेपाली लोकगी।
50419 न्यून वि. थोरै; कम; नपुग।
50420 न्यून वि. २. क्षुद्र; नीच।
50421 न्यूनतम वि. सबभन्दा थोरै परिमाणको;अपेक्षाकृत कम नापोको; सबभन्दा सानो।
50422 न्यूनता ना. कमी; नपुग्दो; हीनता।
50423 न्यूनाधिक वि. कमबेसी; धेरथोर; थोरबहु।
50424 न्यूनाधिक्य ना. घटीबढी भएको स्थिति।
50425 न्यौको ना. हे. नेउको।
50426 न्वागी ना. हे. नुवागी।
50427 न्वाइन्वाइ ना. नुहाउने काम; स्नान;हरहर।
50428 न्वारन / न्वारान ना. बालक जन्मेको तीनदेखि एघारौं दिनसम्ममा बिजोडी दिन पारी राशिअनुसार बालकको नाम राख्न गरिने संस्कार।
50429 न्वारन / न्वारान ना. २. द्विजातिका षोडश संस्कारमध्ये एक संस्कार।
50430 देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये एक्काइसौँ व्यञ्जन; ओष्ठ्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जन ध्वनि, पवर्गको पहिलो वर्ण वा अक्षर लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; पकार; पाटी प।
50431 पँजाइ ना. पाँज्ने क्रिया वा प्रक्रिया।
50432 पँज्याइ ना. पँज्याउने क्रिया-प्रक्रिया।
50433 पँज्याइनु क.क्रि. पँज्याउने पारिनु; पँज्याउन लाइनु; पँजाइनु।
50434 पँज्याइलो वि. पाँजिएको वा पँज्याइएको; पाँजिलो।
50435 पँज्याउनु स.क्रि. / प्रे. क्रि. धान, कोदो आदिको बिउ उखेलेर वा नल काटेर साना-साना थुप्रा पार्नु; पाँजा बनाउनु।
50436 पँज्याउनु स.क्रि. / प्रे. क्रि. २. पाँजा बनाउन लगाउनु वा पाँजिने पार्नु।
50437 पँदाइ ना. पँजाइ।
50438 पँदाइनु क.क्रि. पँजाइनु।
50439 पँदाउनु स.क्रि. / प्रे. क्रि. पँज्याउनु।
50440 पँधालो ना. पानी थाप्नाका निम्ति खोलेको बाँस तेर्स्याएर त्यसमाथि पानीढलो पारी चित्रो राखेर बनाइएको एक प्रकारको छाप्रो।
50441 पँधालो ना. २. कुलो वा धाराको पानी ल्याउनाका निम्ति बनाइएको भूमिगत काठ आदिको डुँड ।
50442 पँधेरी ना. पँधेरो वा पनेरो (लोकगीत, गीत वा कवितामा पाइने प्रयोग )।
50443 पँधेरो ना. खाने पानी लिन जाने कुवा आदि सार्वजनिक ठाउँ; पानीघाट; जलाशय; पनेरो।
50444 पँधेरो ना. २. धान, सागसब्जी आदिमा लागी तिनलाई बिगार्ने एक प्रकारको दुर्गन्धित किरो।
50445 पँधेर्नी ना. पानी भर्न पँधेरामा जाने स्त्री।
50446 पउन ना. सनई, मुरली आदि बजाउँदा रोकिने वा फेरिने सास।
50447 पउन ना. २. सास; श्वास; प्राणवायु।
50448 पकपकती / पकपकी क्रि.वि. अझै पकपक हुने गरी।
50449 पकला ना. गोबर सुकेर बनेको साह्रो डल्लो, बनगुइँठो।
50450 पकवान ना. गतिलो मिठो भोजन, मिष्टान्न।