Dictionary

All Word

50301 नौगजा वि. नौ गज भएको; अठार हात भएको (कपडा)।
50302 नौगजा वि. ना. २. नौ गज परिमाणको कपडाको टुक्रो।
50303 नौगेडी ना. नौवटा वा त्योभन्दा कमबेसी सुन वा मुगाका गेडी पोते, धागो आदिका बिचबिचमा उनिएको माला।
50304 नौजवान वि. चढ्दो उमेरको; तरुनो; पट्ठो।
50305 नौजवान वि. ना. २. नवयुवक; तरुनो मान्छे।
50306 नौजवानी ना. तरुनो अवस्था; नवयौवन।
50307 नौटङ्की ना. मेला, पर्व र हाटबजार आदिमा जनसाधारणलाई देखाइने हल्का किसिमको मनोरञ्जन गराउने नाचगान, नाटक आदि।
50308 नौतिरी ना. बालकहरू समूहमा मिलेर खेल्ने एक खेल।
50309 नौतिरी ना. २. पासाको खेलमा नौ (छ- तीन र चरीपन्जा) परेमा तिर्ने र तेह्र (एघार - दुई र पोट बाह्र ) परेमा खाने दाउको खेल।
50310 नौनाडी / नौनारी ना. शारीरिक शक्ति।
50311 नौनाडी / नौनारी ना. २. शरीरका सबै अङ्ग।
50312 नौनी ना. दही वा दुध मथेर निकालिएको सार; मक्खन; नतताइएको घिउ।
50313 नौपोके ना. गाईभैंसी बियाएपछि पहिलो छाकको बिगौती ठुला पातमा बेरेर नौ पोका पारी दलिन वा निदालको खाँदमा घुसारेर देउतालाई छुट्ट्याइने भाग।
50314 नौबगी ना. नयाँ बाली पाकेपछि पूर्वी तराईका धिमाल जातिले मनाउने एक उत्सव; न्वागी।
50315 नौबत ना. कुनै अवाञ्छित घटना घट्ने वा घटेको स्थिति; अनिष्ट स्थिति।
50316 नौबत ना. २. खराब हालत; दुर्दशा।
50317 नौबत ना. ३. दरबार वा मन्दिरको मूल ढोकामा प्रतिदिन नियमित रूपले बजाइने माङ्गलिक बाजा; नौमती बाजा।
50318 नौबतखाना ना. दरबार वा मन्दिरको मूल ढोकामाथि रहेको दिनहुँ माङ्गलिक बाजा बजाइने कोठा।
50319 नौबिसे वि. नौबिस मुरी माटो भएको (आबादी जग्गा)।
50320 नौबिसे वि. २. एक सय असी सङ्ख्याको।
50321 नौबिसे वि. ना. ३. त्रिभुवन राजपथमा पर्ने एक स्थान।
50322 नौबोडी ना. सवा बिसौली; सवा धार्नी।
50323 नौबोडी ना. २. पाँच सेर बराबरको नापो।
50324 नौमती ना. नौब।
50325 नौमती ना. २. भारतका प्रसिद्ध वाद्यवादक नौबत खाँको सम्झनामा नामकरण गरिएका केही बाजाहरू (ढोलक, ट्याम्को, सनही, तुरही, कर्नाल इ.)।
50326 नौमुरी वि. धेरै प्रशस्त; थुप्रै।
50327 नौरङ्गी वि. नौ वा त्योभन्दा धेरै रङ भएको;अनेक रङ्गको।
50328 नौरङ्गी वि. २. धेरै किसिमको।
50329 नौरङ्गी वि. ना. ३. टाउको कुखुराको, हात मान्छेको, पुच्छर सर्पको र यस्तै विभिन्न अङ्ग मिसिएर बनेको काल्पनिक प्राणी; नवकुञ्जर।
50330 नौरङ्गे ना. नेपालको राष्ट्रिय पन्छी; डाँफे।
50331 नौरङ्गे ना. वि. २. नौ रङ्ग भएको।
50332 नौरथा ना. आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मका दिन; विजया दशमीपूर्वका नौ दिन; नवरथा।
50333 नौलखा वि. नौ लाख रुपियाँ पर्ने वा बहुमूल्य।
50334 नौलखा मणि ना. एक बहुमूल्य मणि।
50335 नौलखा हार ना. एक बहुमूल्य हार।
50336 नौलाखी वि. नौ लाख रुपियाँ पर्ने, बहुमूल्य।
50337 नौली वि. भर्खर घरमा आएकी ; नयाँ (स्त्री)।
50338 नौली वि. २. भखरै परिचित भएकी (स्त्री)।
50339 नौली वि. ३. अपरिचित; नचिनेकी (स्त्री)।
50340 नौलो वि. पहिले नदेखेको; भर्खरै मात्र आएको ( पुरुष )।
50341 नौलो वि. २ नयाँ, नवीन।
50342 नौलो वि. 3. हालसालै चिनजान भएको; भर्खरै परिचि।
50343 नौलो वि. ४. अपरिचित चिनजान नभएको।
50344 नौलो वि. ना ५. धामीका एक देउता।
50345 नौलोपौलो वि. नयाँ; भर्खरको।
50346 नौल्याइँ ना. नौलोपन; नवीनता।
50347 नौशक्ति ना. नौसेनाको शक्ति; समुद्री अभियानको शक्ति।
50348 नौसादर ना. एक प्रकारको फस्को र कडा क्षार पदार्।
50349 नौसिन्दा ना. अड्डाअदालतको तल्लो दर्जाको कारिन्दा कर्मचारी।
50350 नौसेना ना. समुद्री जहाजको माध्यमबाट युद्ध गर्ने फौज; जलसेना।