Dictionary

All Word

50151 नेपाल औद्योगिक विकास कर्पोरेसन ना. २०१४ सालमा औद्योगिक विकास केन्द्रको नामले स्थापित भई २०१६ सालदेखि संस्थानका रूपमा परिणत भएको, उद्योग धन्दाहरू खोल्न ऋण दिने संस्थान; नेपाल औद्योगिक विकास संस्थान।
50152 नेपाल तारा ना. तत्कालीन राजा त्रिभुवनबाट १९७५ सालमा स्थापित एक पदवी।
50153 नेपाल प्रज्ञा प्रतिष्ठान ना. नेपालका सबै भाषा, साहित्य, संस्कृति,सामाजिकशास्त्र तथा दर्शनको संरक्षण, संवर्द्धन र विकास गर्ने उद्देश्यले सरकारी स्तरबाट गठन गरिएको एक संस्था।
50154 नेपाल प्रताप भास्कर ना. स्वदेश र विदेशका राजा-रानीलाई मात्र प्रदान गर्ने उद्देश्यले २०२३ सालमा स्थापित एक पदवी।
50155 नेपाल प्रताप वर्द्धक ना. सेनाका उच्च पदस्थ अधिकृतलाई प्रदान गर्ने उद्देश्यले १९७५ सालमा स्थापित एक पदक।
50156 नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ना. २. ०३९ सालदेखि प्रशासन शिल्पमा तालिम दिने उद्देश्यले स्थापना भएको, पछि स्वतन्त्र संस्थान हुने उद्देश्य लिएर हाल श्री ५ को सरकारको रेखदेखमा खुलेको एक प्रशिक्षण केन्द्र।
50157 नेपाल बैङ्क लिमिटेड ना. नेपालमा १९९४ सालमा स्थापित, सबभन्दा पुरानो व्यावसायिक ब्याङ्क।
50158 नेपाल भूषण ना. प्रशंसनीय काम गर्ने व्यक्तिलाई प्रदान गर्ने उद्देश्यले २०२३ सालमा स्थापित एक पदक।
50159 नेपाल महाप्रतापवर्द्धक ना. सेनाको गणपति वा सोभन्दा माथिका व्यक्तिहरूलाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक।
50160 नेपाल यशोवर्द्धक ना. र णक्षेत्रमा आफ्नो विरता देखाउने सेनाको पदिकलाई दिइने उद्देश्यले २०२० सालमा स्थापित एक पदक।
50161 नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ना. हे. नेपाल प्रज्ञा-प्रतिष्ठान।
50162 नेपाल श्रीपद ना. राजपरिवार र विशिष्ट व्यक्तिहरुलाई प्रदान गर्ने उद्देश्यले २०१९ सालमा स्थापित एक पदक।
50163 नेपाली वि. नेपालसम्बन्धी; नेपालको; नेपालमाबनेको।
50164 नेपाली वि. २. नेपालमा बसोबास गर्ने, नेपालको बासिन्दा, नेपाली नागरिकता प्राप्त गरेको।
50165 नेपाली वि. ना ३. नेपालका जाति।
50166 नेपाली वि. ४. बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा; नेपालको राष्ट्रभाषा।
50167 नेपाली कागत ना. नरिचो, सिस्नु, अल्लो आदि बोटबिरुवाका पाटबाट नेपालमै तयार हुने कागत; पहाडी काग।
50168 नेपाली चिराइतो ना. लामा पात, रातो डाँठ र सेता फूल हुने एक जातको चिराइतो।
50169 नेपाली चिराइतो ना. (आयुर्वेदमा यसको गुण ज्वरनाशक, रुचिवर्द्धक र ठन्डा बताइएको छ।
50170 नेपाली नागरिक ना. नेपालको जन्मसिद्ध नागरिक, बाह्य मुलुकबाट नेपालमा आएर नेपालको नागरिकता ऐनबमोजिमका सर्तहरू पूरा गरी नेपालको कृत्रिम नागरिकता प्राप्त गरेको व्यक्ति।
50171 नेपाली नागरिकता ना. नेपाली नागरिक भएको हैसियतले पाइने अधिकार र गर्नुपर्ने कर्तव्य; नेपाली नागरिक हुने अवस्था, पद वा भाव।
50172 नेपाली भाषा ना. भारोपेली भाषापरिवारको 'शतम्' वर्गबाट संस्कृत, प्राकृत र अपभ्रंश हुँदै जन्मेको आधुनिक भारतीय आर्यभाषाको एक भेद, देवनागरी लिपिमा लेखिने नेपालको राष्ट्रभाषा, नेपालमा बस्ने विभिन्न भाषाभाषीहरूका बिच विचारविनिमय गर्ने माध्यम भाषा; बहुसङ्ख्यक नेपालीहरूको भाषा।
50173 नेपाली भाषा प्रकाशिनी समिति ना. सं. १९७० सालमा स्व. श्री ५ त्रिभुवन र तात्कालीन राणा प्रधानमन्त्री स्व. श्री ३ चन्द्रशमशेरको समयमा 'गोर्खा भाषा प्रकाशिनी समिति'का नामले स्थापित संस्था जो पछि नेपाली भाषा प्रकाशिनी समिति' (ने. भा. प्र. स.) का नामले प्रसिद्ध भयो र अन्त्यमा साझा प्रकाशन बन्न पुग्यो )।
50174 नेपाली ब्याचलर ना. खैरो रङको जिउ तर चुच्चो र छाती सेतो भएको, नेपालको डोटीदेखि ताप्लेजुङसम्ममा पाइने, गुँड लगाउँदा घाँस भएको रुख छान्ने र बर्सेनि त्यसैको वरिपरि नै बसिरहने रुपी जस्तै एक खालको चरो।
50175 नेपाले वि. नेपालको।
50176 नेपाले वि. २. नेपाल उपत्यकाको।
50177 नेपुल ना. जुत्तामा लगाइने फुलीको प्वाल पार्ने हाते साधन।
50178 नेपुल ना. २. मैन्टुल, स्टोभ आदि बाल्दा तेल फाल्ने सानो दुलो।
50179 नेपुल ना. ३. पम्पिङ सेट आदिमा पाइपलाई मेसिनसँग जोड्ने मध्यस्थ साधन।
50180 नेपे वि. नाक कोप्चिएको, थेप्चो नाक भएको।
50181 नेपो वि. नेप्टो, नेपे।
50182 नेप्टाइ ना. नेप्टो हुनाको भाव वा स्थिति, नेप्टोपना।
50183 नेप्टिनु अ.क्रि. नेप्टो वा चेप्टो हुनु, थेप्चिनु , चेप्टिनु।
50184 नेप्टे वि. नाक थेप्चिएको; चेप्टो नाक हुने; कारणवश नेप्टो भएर नाक विकृत भएको।
50185 नेप्टे नाक ना. नेप्टिएको नाक थेप्चो नाक।
50186 नेप्टो वि. नाक नेप्टिएको, थेप्चो नाक हुने, नेपो।
50187 नेप्ट्याइ ना. नेप्टिने क्रिया वा प्रक्रिया।
50188 नेप्ट्याइनु क.क्रि. नेप्टो पारिनु।
50189 नेप्ट्याइनु क.क्रि. नेप्ट्याउनु प्रे. क्रि. नेप्टो पार्नु;थेप्च्याउनु।
50190 नेप्रिनु अ.क्रि. बाङ्गिनु; निर्देशित बाटोबाट बहकिएर मनलागी गर्नु भनेको वा अह्राएको नमान्नु।
50191 नेप्रिनु अ.क्रि. २. नेप्रिएको हुनु; खुल्किनु।
50192 नेप्रे वि. नेप्रिएको (व्यक्ति)।
50193 नेप्रे काँजे ना. नेप्रियो भन्ने अर्थमा प्रयोग हुने शब्दावली।
50194 नेप्रो वि. अडबाङ्गो; भनेअह्राएको नमान्ने; जर्कट।
50195 नेप्रो वि. २. खुत्तिएको; खालो सरेको।
50196 नेप्य्राइ ना. नेप्रिने भाव, क्रिया वा प्रक्रिया।
50197 नेप्य्राइ ना. [नेप्य्राउ+आइ] २. नेप्य्राउने भाव, क्रिया वा प्रक्रिया।
50198 नेप्य्राइनु क.क्रि. नेप्रिने तुल्याइनु।
50199 नेप्य्राउनु प्रे.क्रि. नेप्रिने तुल्याउनु ; नेप्रिने पार्नु।
50200 नेप्य्राहा वि. नेप्रिने खालको; नेपरिएको।