Dictionary

All Word

50051 नुहाइ धुवाइ ना. जिउ नुहाउने र कपडा आदि धुने काम;धोइपखाली गर्ने क्रिया, स्नानशौचादि कर्म।
50052 नुहाइनु क.क्रि. स्नान गराइनु।
50053 नुहाइनु क.क्रि. २. झुकाइनु।
50054 नुहाइ बुडी ना. नुहाउने र डुबुल्की मार्ने काम; नाउबुडी, नाकबुडी।
50055 नुहाउनु अ.क्रि. पानीले सारा शरीर भिज्ने गरी पखाल्नु; स्नान गर्नु।
50056 नुहिनु अ.क्रि. नुहुने काम हुनु, झुकिनु।
50057 नुहुनु अ.क्रि. निहुरिनु, झुक्नु।
50058 नुहुनु अ.क्रि. २. नम्र हुनु।
50059 नुहुनु अ.क्रि. ३. हार खानु।
50060 नुह्याइ ना. नुहिने क्रिया वा प्रक्रिया।
50061 नूतन वि. नयाँ; नौलो; नवीन।
50062 नूतन वि. २. भर्खरैको; हालैको ताजा।
50063 नूतन वि. ३. अनौठो, अपूर्व।
50064 नूतनता ना. नौलोपन; नयाँपन; नवीनता; नौल्याइँ।
50065 नूतनत्व ना. नूतनता।
50066 नूपुर ना. शृङ्गारका लागि नारीहरूले दुई पाउमा लगाउने चाँदीका झुम्कादार कल्ली; पाउजेब।
50067 नूपुर ना. २. नर्तक नर्तकीले नाच्दा लाउने पाउजेबका आकारको बाजा; पायल, घुँगुरा।
50068 नूर ना. चमक; तेज; ज्योति।
50069 नूर ना. २. शोभा कान्ति।
50070 नूर ना. ३. आँट; साहस।
50071 नूर ना. ४. अनुहार (जस्तो- नूर गिर्नु = अनुहार बिग्रनु )।
50072 नृ ना. मान्छे (समासको आरम्भमा विकल्पले प्रयोग हुने 'नर' शब्दको रूप, जस्तै- नृसिंह, नृपित इ)।
50073 नृतत्व ना. मानवविज्ञान।
50074 नृतत्ववाद ना. मानवशास्त्रसँग सम्बन्धित वाद वा सिद्धान्त (साहित्यमा नृतत्वबाट प्रभावित परिपाटी)।
50075 नृतत्वविज्ञान ना. नृतत्व।
50076 नृतत्वशास्त्र ना. नृतत्त्व।
50077 नृत ना. संस्कृत नाट्यशास्त्रका अनुसार ताल र लयका साथ गरिने शास्त्रीय पद्धतिको नाच; नर्तन; नाट्यको अविकसित रूप।
50078 नृत्य ना. अङ्गसञ्चालनको प्राधान्य भएको र ताल, लय तथा भावमा आश्रित भएको नाच, नृत्तभन्दा विकसित तर पूरै विकसित भइनसकेको नाट्य।
50079 नृत्यनाटिका ना. नाचैनाच मात्र हुने एक प्रकारको नाटक।
50080 नृत्यशाला ना. नाच्ने घर, रङ्गमञ्च, मञ्चन हुने ठाउँ; नाचघर।
50081 नृप / नृपति ना. राजमुकुटको अधिकारी; राजा; नरेश।
50082 नृपशु वि. मानिस भएर पनि पशुसरहको।
50083 नृपशु वि. २. नीच (मान्छे )।
50084 नृपशु वि. ना. ३. अधम व्यक्ति।
50085 नृवंश ना. मानव-समाज।
50086 नृवंश शास्त्र ना. मानवका वंशपरम्पराको अध्ययनसँग सम्बन्धित शास्त्र (एन्थ्रोपोलोजी)।
50087 नृशंस वि. कुनै दयामाया नराखी अरू व्यक्तिलाई सताउने; अति निर्दयी; ज्यादै त्रूकर।
50088 नृशंस वि. २. हत्यारा ; घातक।
50089 नृशंसता ना. करता; निर्दयी भाव।
50090 नृसिंह ना. शिरको भाग सिंहको र बाँकी भाग मानिसको भएको विष्णुको चतुर्थ अवतार; हिरण्यकशिपुको हत्या गर्न विष्णुले लिएको अवतार।
50091 नृसिंह ना. २. पराक्रमी व्यक्ति; वीर पुरुष।
50092 नृसिंह चतुर्दशी ना. वैशाख शुक्ल चतुर्दशी।
50093 नृसिंह पुराण ना. नृसिंहको माहात्म्य वर्णन गरिएको एक उपपुराण।
50094 नेउको ना. सुरुवाल वा फरियाको मास्तिरको फेरामा गाँसिने लाम्चो कपडा, नेफा; न्यौको।
50095 नेकु ना. मुखले फुकेर बजाइने; भैंसीका सिङको एक प्रकारको बाजा।
50096 नेग ना. जन्ती ओल्किएबापत दमाईंको नाइके (नेगी) ले पाउने शिरपाउ।
50097 नेग ना. २. विवाह, व्रतबन्ध आदि शुभ कार्यमा काम गर्ने इष्टमित्रहरूलाई दिइने दस्तुर, खुसीयालीका पर्वहरूमा बालीघरे दमाईं र चेलीबेटीलाई दिइने उपहार वा पैसा।
50098 नेगी ना. नेग पाउने व्यक्ति; नेग लिने व्यक्ति।
50099 नेगी ना. २. दमाईं।
50100 नेगियार/नेगियारे ना. बिहे, व्रतबन्ध आदि उत्सवमा बाजा बजाउने दमाईंहरूको बन्दोबस्त र नियन्त्रण गर्ने मूल दमाईं।