Dictionary

All Word

49901 निहुरनु अ.क्रि. शिर झुकाउनु, झुक्नु, नुहुनु।
49902 निहुरनु अ.क्रि. २. नम्र हुनु, पस्रनु।
49903 निहुरनु अ.क्रि. ३. ढोग्नु।
49904 निहुरनु अ.क्रि. ४. हार्नु, लाचार बन्नु।
49905 निहुरमुन्टी/निहुरमुन्टे वि. निहुरोको जस्तो मुन्टो भएको, नतमस्तक।
49906 निहुरमुन्टी/निहुरमुन्टे वि. ना. २. न' अक्षरलाई चिनाउनका लागि प्रयुक्त हुने शब्द; नकार।
49907 निहुराइ ना. निहुरिने भान, क्रिया वा प्रक्रिया।
49908 निहुराइनु क. क्रि. निहुरने तुल्याइनु।
49909 निहुराइलो वि. झुक्ने स्वभावको, झुकालु।
49910 निहुराउनु प्रे. क्रि. / क.क्रि. झुकाउनु, झुक्न लगाउनु।
49911 निहुराहट ना. निहुराइ।
49912 निहुरिनु अ.क्रि. निहुरनु।
49913 निहुरिनु अ.क्रि. २. निहुरने होइन।
49914 निहुरो ना. तरकारी र अचारका रूपमा खाइने प्रायः चिस्यानमा लेक, बेसी, मधेस, पहाड सर्वत्र पाइने उनिउँ जस्तै बोटको प्रजाति, यस प्रजातिभित्र पर्ने कुनै पनि वनस्पति; निगुरो (डाँठे निहुरो, झुसेनिहुरो, कान्ले निहुरो इ.)।
49915 निहोरा ना. चाकडी, खुसामद।
49916 निहोरा ना. २. बिन्तीभाउ, अनुरोध।
49917 निहोरा ना. ३. अनुनय; विनय।
49918 निहोरा ना. ४. बाबाठाकुरे; जनी।
49919 नीच वि. जाति, गुण, सम्प्रदाय, धर्म, व्यवहार आदि दृष्टिले तल्लो तहको; क्षुद्र; चुत्थो।
49920 नीच वि. २. अधम; तल्लो श्रेणीको।
49921 नीच वि. ३. बाउन्ने; पुड्को।
49922 नीच वि. ना. ४. तल रहेको; होचोमा स्थि।
49923 नीच वि. तुच्छ व्यक्ति।
49924 नीच वि. [सं. नित्य (कर्म) ] ५. कर्तव्यप्रतिको दायित्व (केवल 'नीचमारा' मा सीमित)।
49925 नीचता ना. नीच हुनाको भाव वा अवस्था; अधमता; तुच्छता; नगण्यता।
49926 नीचमारा ना. कर्तव्यलाई उपेक्षा गर्ने व्यक्ति।
49927 नीचो वि. हे. निचो।
49928 नीड ना. आश्रयस्थल, बस्ने ठाउँ।
49929 नीड ना. २. चराहरूले बेलाबखत रुखका हाँगामा वा अन्त बनाएको खोप्रो; गुँड।
49930 नीत वि. लगिएको; पुऱ्याइएको।
49931 नीत वि. २. बितेको।
49932 नीत वि. ३. ग्रहण गरिएको; प्राप्।
49933 नीति ना. विभिन्न जाति, वर्ण, आश्रम, धर्म, सम्प्रदायहरूका प्रवर्तकबाट लोकव्यवहारको सञ्चालनका लागि निर्धारित आचरण; आचारपद्धति; आचारसंहिता।
49934 नीति ना. २. त्यस पद्धतिबाट हिँड्दा अँगाल्नुपर्ने नियम।
49935 नीति ना. ३. कुनै सरकार वा संस्था आदिले आफ्नो कार्यसञ्चालनका लागि अँगाल्ने आधारभूत सिद्धान्।
49936 नीति ना. ४. उपाय; युक्ति।
49937 नीति ना. ५. राज्यसञ्चालनका चार प्रमुख उपाय- साम, दाम, दण्ड र भेदमध्ये कुनै एक।
49938 नीतिपरायण वि. नीतिको पालन गर्ने; नीतिमा रहने।
49939 नीतिमान् वि. नीतिका अनुसार व्यवहार गर्ने, नीतिपरायण।
49940 नीतिवाद ना. नीतिप्रति विशेष आस्था राख्ने मत, नियमवाद, कानुनवाद।
49941 नीतिवादी वि. नीतिलाई महत्त्व दिने; नीतिवादको समर्थक।
49942 नीतिविज्ञान ना. आचारशास्त्र।
49943 नीतिविद् वि. नीतिज्ञ।
49944 नीतिशास्त्र ना. कर्तव्य - अकर्तव्यबारे लेखिएको शास्त्र; आचारशास्त्र।
49945 नीतिसम्मत वि. नीतिले बताएअनुसारको; नीतिबमोजिमको; नीतिअनुकूल।
49946 नीद ना. हे. निद्रा।
49947 नीर बिरालो ना. हे. निर बिरालो।
49948 नीर ना. हे. निर।
49949 नीर ना. हे. निर।
49950 नीर ना. पानी, जल।