Dictionary

All Word

49851 निस्सन्तान वि. सन्तान नभएको, छोराछोरी नरहेको वा नभएको; अपूतो; निःसन्तान।
49852 निस्सन्देह वि. सन्देह नभएको, दुविधा नलाग्ने; निश्शङ्क, निःसन्देह।
49853 निस्सन्देह वि. क्रि.वि. २. विनासन्देह, शड्का नमानीकन; अवश्य; जरुर।
49854 निस्सपत्न वि. दुस्मन नभएको; शत्रुहीन, अजातशत्रु।
49855 निस्सरण ना. बाहिर जाने वा निस्कने काम, बहिर्गमन।
49856 निस्सरण ना. २. बगाइ, चुहावट।
49857 निस्सरण ना. ३. बाहिर जाने निकास; निस्कने बाटो।
49858 निस्सहाय वि. कुनै सहारा नभएको; कतैबाट मद्दत नपाउने; असहाय।
49859 निस्सा ना. कुनै कुराको प्रमाणस्वरूप राखिने चिनु , प्रमाण, दस, साक्ष्य।
49860 निस्सा ना. २. चिनु, निसान।
49861 निस्सार वि. कुनै सार वस्तु नभएको; तत्त्व गइसकेको; सारहीन।
49862 निस्सार वि. २. बेकम्मा, बेकार, बेमतलवको।
49863 निस्सारण ना. बाहिर पठाउने काम निकाल्ने काम।
49864 निस्सारित वि. निस्सारण गरिएको।
49865 निस्सीम वि. सीमा वा हद नभएको; असीम; बेहद।
49866 निस्सीम वि. २. अत्यधिक; ज्यादा; धेरै।
49867 निस्सृत वि. बाहिर आएको; निस्केको।
49868 निस्सृत वि. २. बाह्य दबाबले वा स्वतः अँचेटिएर बगेको।
49869 निस्से क्रि.वि. पक्कै।
49870 निस्से क्रि.वि. वि. २. पक्का; निश्चि।
49871 निस्से क्रि.वि. ना. ३. निश्चय।
49872 निस्सै क्रि.वि. निश्चय नै, पक्कै।
49873 निस्स्पन्द वि. हे. निस्पन्द।
49874 निस्स्पृह वि. हे. निस्पृह।
49875 निस्स्वार्थ वि. स्वार्थरहि।
49876 निस्स्वार्थी वि. स्वार्थ नभएको।
49877 निहत वि. वध गरिएको; मारिएको।
49878 निहत वि. २. नाश गरिएको; नष्ट।
49879 निहतार्थ ना. प्रसिद्ध अर्थलाई श्लेषार्थ बनाई गौण अर्थलाई दिइएको प्रमुखता (काव्यको एक दोष )।
49880 निहत्था वि. कमजोर, शक्तिहीन, हातहतियारविहीन।
49881 निहत्था वि. २. टुहुरो, आश्रयदाता; कोही नभएको।
49882 निहन्ता वि. /ना. हत्यारो; घातक; ज्यानमारा।
49883 निहार ना. कुहिरो।
49884 निहार ना. २. दृष्टिपात, पुल्को।
49885 निहारिका ना. अँधेरी रातमा दूर आकाशमा सेतो कुहिराको धार जस्तै देखिने नक्षत्रपुञ्ज; स्वर्गङ्गा, घाङ बादल।
49886 निहार्नु स.क्रि. कुहिरो लागेको बेलामा केही कुरो प्रयासपूर्वक च्याए झैं गरी च्याउनु।
49887 निहार्नु स.क्रि. २. गहिरिएर हेर्नु, गडेर हेर्नु।
49888 निहार्नु स.क्रि. ३. सरसरती अवलोकन गर्नु, विहङ्गम दृष्टि दिनु।
49889 निहाल वि. समृद्ध ज्यादै धनी, धनाढ्य।
49890 निहाल वि. २. सबै प्रकारले सन्तुष्ट; प्रसन्न।
49891 निहाल वि. क्रि.वि. ३. धेरै; अत्यन्तै।
49892 निहित वि. राखिएको; स्थापित; पोसिएको।
49893 निहित वि. २. दिइएको;सुम्पिएको।
49894 निहित वि. ३. हुलिएको; कोचिएको।
49895 निहिन ना. काटेपछि खेतमा नलसितै पातलो गरी फिँजाएर सुकाइएको धान।
49896 निहिन ना. लात्ती हान्ने गाईको दुध दुहुँदा खुट्टामा बाँध्ने डोरी; खुट्टे छाँद।
49897 निहुँ ना. कुनै कुरा वा व्यवहार थाल्नका लागि सहायक आधारको काम गर्ने अर्को कुरो वा व्यवहार।
49898 निहुँ ना. २. पन्छन वा संलग्न नहुनका लागि देखावटी कारण; बहाना; स्वाङ।
49899 निहुँ ना. ३. झगडाको उपाय, झगडा गर्ने वा जुध्ने माध्यम।
49900 निहुँपिहुँ ना. भएनभएको बहाना; बहानाबाजी।