Dictionary

All Word

49701 निष्ठ वि. ३. ठहऱ्याइएको; प्रमाणि।
49702 निष्ठा ना. कुनै कामविशेषमा अथवा परम्परागत मान्यतामा राखिने श्रद्धा; भक्तिभाव; आस्था।
49703 निष्ठा ना. २. अवस्थिति; आधार।
49704 निष्ठा ना. ३. विश्वास।
49705 निष्ठाकर्म ना. चोखीनिती; आचारविचार; धार्मिक कार्य।
49706 निष्ठाकाष्ठा ना. पुरानो रूढि र अन्धधारणालाई तर्कविना अनुसरण गर्ने काम।
49707 निष्ठावान् वि. निष्ठा भएको श्रद्धा राख्ने, आस्थावान्।
49708 निष्ठित वि. निष्ठा भएको, निष्ठामा रहेको।
49709 निष्ठुर वि. कठोर हृदय भएको; उज्जन्ड।
49710 निष्ठुर वि. २. निठुरी; निर्दयी।
49711 निष्ठुरता ना. निष्ठुर बन्ने क्रिया वा स्वभाव; निठुरीपन; क्रूरता।
49712 निष्णात वि. सिपालु; कुशल; निपुण।
49713 निष्णात वि. २. कुनै विषयमा आधिकारिक जानकारी राख्ने; विशेषज्ञ।
49714 निष्पक्ष वि. वादी, प्रतिवादीमध्ये कसैको पक्षमा नलाग्ने; पक्षपात नगर्ने।
49715 निष्पक्ष वि. २. मध्यस्थ; तटस्थ ब्रह्मले देखेको निर्णय दिने।
49716 निष्पक्षता ना. निष्पक्ष हुनाको भाव वा स्थिति; पक्षपात नगरिने क्रिया वा नीति।
49717 निष्पत्ति ना. पैदा हुने काम; उत्पत्ति।
49718 निष्पत्ति ना. २. प्रमाणद्वारा सिद्ध भएको स्थिति; निर्माण।
49719 निष्पत्ति ना. 3. व्युत्पत्ति; व्याकरण, कोश आदिबाट प्रमाणित स्थिति।
49720 निष्पत्र वि. पत्र वा पात नभएक; पातविनाको; पत्ररहि।
49721 निष्पत्र वि. २. प्वाँख नभएको प्वाँखविनाको।
49722 निष्पन्द वि. स्पन्दन वा गति नभएको; निश्चल; स्थिर।
49723 निष्पन्न वि. उत्पन्न भएको; पैदा भएको; तयार भएको; बनेको।
49724 निष्पन्न वि. २. सिद्धिएको; समाप्।
49725 निष्पन्न वि. ३. व्याकरण, कोश आदिबाट व्युत्पन्न।
49726 निष्परिग्रह वि. विषयको जन्जालमा नफसेको; आसक्तिहीन; वासनारहि।
49727 निष्परिग्रह वि. २. जहान, परिवारको सङ्ग्रह नगर्ने, विवाह नभएको,अविवाहि।
49728 निष्परिग्रह वि. ३. कुनै पनि दान नलिने; अपरिग्राही।
49729 निष्परिग्रह वि. ना. ४. दण्ड, कमण्डलु आदिको समेत सङ्ग्रह नगर्ने सन्न्यासी।
49730 निष्पादन ना. अरूबाट दिइएको वा स्वयम् थालिएको काम पूरा भएको अवस्था; तामेली।
49731 निष्पादित वि. सम्पन्न गरिएको; तामेल भएको (काम)।
49732 निष्पादित वि. २. व्याकरण, कोश आदिबाट व्युत्पत्ति गरिएको; व्युत्पादि।
49733 निष्पाप वि. अधर्म नभएको; पाप नभएको; कुकृत्य नगर्ने।
49734 निष्पाप वि. २. कुनै आरोप वा कलङ्क नलागेको; निष्कलङ्क।
49735 निष्पीडन ना. रस चुहुने गरी थिच्ने वा अँठ्‌याउने काम;निचोर्ने काम।
49736 निष्पुत्र वि. छोराछोरी नभएको; अपूतो।
49737 निष्पौरुष वि. पुरुषत्व वा पराक्रम नभएको।
49738 निष्प्रताप वि. बल नभएको।
49739 निष्प्रतिकार वि. साटो फेर्न नसकिने; प्रतिकारको कुनै उपाय नभएको।
49740 निष्प्रभ वि. प्रभाव वा प्रकाश नभएको; निस्तेज।
49741 निष्प्रभ वि. २. शक्ति नभएको; सामर्थ्यहीन।
49742 निष्प्रयोजन वि. विनामतलबको; कुनै प्रयोजन नभएको; व्यर्थको।
49743 निष्प्रयोजन वि. २. निःस्वार्।
49744 निष्प्रयोजन वि. क्रि.वि. ३. बिनसित्ति; अनाहक।
49745 निष्प्राण वि. प्राण नभएको; मरेको; निर्जीव।
49746 निष्प्राण वि. २. शक्तिहीन; निस्तेज।
49747 निष्फल वि. कुनै राम्रो परिणाम नआएको; राम्रो नतिजा ननिस्कने।
49748 निष्फल वि. २. फल नलागेको।
49749 निष्फल वि. ३. निरर्थक; व्यर्।
49750 निष्फल वि. ४. बिउ नभएको; निर्बीज।