Dictionary

All Word

49601 निश्वस्त वि. २. निश्वास निकाल्दा उच्चारण गरिएको (ध्वनि आदि)।
49602 निश्वास ना. नाक वा मुखबाट निस्केको सास; शरीरको श्वासप्रश्वासको प्रक्रियामा भित्रबाट बाहिर जाने वायु।
49603 निश्वास ना. २. प्राणवायु;नाकबाट निस्कने प्रक्रिया।
49604 निश्वास ना. ३. लामो सास; सुस्केरा।
49605 निश्शक्त वि. शक्ति नभएको; विनातागतको; शक्तिहीन।
49606 निश्शङ्क वि. विनाशङ्काको; शङ्कारहित; सन्देहरहि।
49607 निश्शब्द वि. आवाजविनाको; शब्दहीन।
49608 निश्शस्त्र वि. हतियार नभएको; शस्त्रहीन।
49609 निश्शस्त्रीकरण ना. हातहतियारले रहित पार्ने काम; शस्त्र हटाउने काम; कुनै देश वा देशहरूमा आपसी सम्झौताबाट हतियारहरू कम गर्दै जाने नीति।
49610 निश्शस्त्रीकृत वि. निश्शस्त्रीकरण गरिएको।
49611 निश्शुल्क वि. शुल्क नलाग्ने; तिरो तिर्नु नपर्ने; फिस बुझाउनु नपर्ने; निःशुल्क।
49612 निश्शुल्क वि. क्रि.वि. २. पारिश्रमिक नलिईकन;विनावेतन।
49613 निश्शेष वि. केही पनि बाँकी नरहेको; शेष नभएको।
49614 निश्शेष वि. २. सिद्धिएको; समाप्।
49615 निषङ्ग ना. बाण, शर राखेर पिठ्यूँमा भिर्ने भाँडो; ठोक्रो।
49616 निषङ्ग ना. २. तरबार; खड्ग।
49617 निषङ्ग ना. ३. एकता; मेल।
49618 निषङ्गी वि. ठोक्रो भिर्ने।
49619 निषङ्गी वि. ना. २. व्याधा।
49620 निषाद ना. एक प्राचीन अनार्य जाति।
49621 निषाद ना. २. सङ्गीतका सात स्वरमध्ये एक स्वर।
49622 निषाद ना. ३. ब्राह्मणद्वारा शूद्रकन्याबाट जन्माइएको वर्णसङ्कर जाति।
49623 निषादी ना. माहुते।
49624 निषिद्ध वि. निषेध गरिएको; रोक लगाइएको; वर्जि।
49625 निषिद्ध वि. २. दूषित; दोषले पूर्ण।
49626 निषिद्ध वि. ३. खराब; काम नलाग्ने।
49627 निषेचन ना. सेचन गर्ने काम, छर्कने प्रक्रिया।
49628 निषेचन ना. २. भिजाउने काम; आर्द्रीकरण।
49629 निषेध ना. रोक लगाउने काम; वर्जन; मनाही।
49630 निषेध ना. २. बाधा; प्रतिबन्ध; अड्को।
49631 निषेधक वि. रोक लगाउने; निषेध गर्ने; रोक्ने।
49632 निषेधाज्ञा ना. कतैकहीँ कुनै अवाञ्छित काम भएगरेमा वा गर्ने आशङ्का देखिएमा त्यसबाट हानि हुने पक्षले अदालतमा उजुरी परेको बखत सम्बन्धित अदालतबाट त्यस्तो कार्य नगर्न प्रतिवादी पक्षलाई दिइने आदेश।
49633 निषेधाज्ञा ना. २. कुनै सङ्कटको स्थितिमा मालसामानको आयातनिर्यात वा परिवहनमा प्रतिबन्ध लगाइने सरकारी आदेश;मालसामान वा सेवाको निकासी पैठारीमा लाइने प्रतिबन्ध वा नियन्त्रण।
49634 निषेधात्मक वि. निषेध गरिएको; अस्वीकृति वा अभाव बुझाउने; नकारात्मक।
49635 निषेधात्मकता ना. निषेधात्मक हुनाको भाव वा अवस्था।
49636 निषेधाधिकार ना. कुनै प्रस्तावित कार्यलाई अस्वीकृत गरेर रोक्ने अधिकारी, आफ्नो अस्वीकृति अरूमा पनि सक्रिय गराउने हक।
49637 निषेधाधिकार ना. २. संयुक्त राष्ट्रसङ्घका केही शक्तिशाली राष्ट्रले प्रस्तावित कार्यमा रोक लगाउने अधिकार, विशेषाधिकार, भिटो।
49638 निषेधित वि. निषेध गरिएको; रोक लगाइएको।
49639 निष्क ना. एक प्रकारको स्वर्णमुद्रा ( एक कर्ष बराबरको )।
49640 निष्क ना. २. गलामा पहिरने सुनको गहना।
49641 निष्क ना. ३. सुन।
49642 निष्कण्टक वि. काँडा नभएको; स्निग्ध।
49643 निष्कण्टक वि. २. बिघ्न - बाधा केही नभएको, निर्विघ्न।
49644 निष्कण्टक वि. ३. प्रतिद्वन्द्वी नभएको, कुनै शत्रु नभएको; एकलौटी।
49645 निष्कण्टक वि. क्रि.वि. ४. निर्विघ्न तवरले।
49646 निष्कपट वि. अरूलाई धोका नदिने; छलकपट नभएको; छलछाम गर्न नजान्ने।
49647 निष्कपट वि. २. सोझो, साधारण प्रकृतिको।
49648 निष्कपटता ना. निष्कपट हुनाको भाव वा अवस्था।
49649 निष्कर वि. करबाट मुक्त, महसुल नलाग्ने; शुल्क नलिइने।
49650 निष्करुण वि. करुणा नभएको; निर्दयी; निठुरी।