Dictionary

All Word

49501 निवह ना. २. सात वायुमध्ये एक वायु।
49502 निवार ना. वनमा स्वतः फल्ने धान; मुनिधान्य; व्रत बस्दा खाइने अन्नविशेष; नाभो।
49503 निवारक कानुन ना. राष्ट्रको सुरक्षाका दृष्टिले कसैलाई केही समयका लागि ऐनबमोजिम थुनामा राख्ने कानुन।
49504 निवारक वि. निवारण गर्ने; हटाउने; रोक्ने।
49505 निवारण ना. कुनै काम गर्नुबाट रोक्ने काम पन्छाउने काम, अपसारण।
49506 निवारण ना. २. रोक; रोकावट; छेको।
49507 निवारणीय वि. निवारण गर्न लायक; छेक्न योग्य।
49508 निवारणीय वि. २. रोकावट गर्न सकिने; हटाउन सकिने।
49509 निवास ना. निजी वासस्थानमा अथवा अरूकै घरकोठामा बस्ने काम रहने काम।
49510 निवास ना. २. स्थान, आश्रम, घर, डेरा।
49511 निवास ना. ३. क्षणिक वास बस्ने काम।
49512 निवास स्थान ना. बस्ने ठाउँ; भवन; घर;डेरा; वास।
49513 निवासी वि. निवास गर्ने; बस्ने।
49514 निविड वि. झाङ्गिएको; बाक्लो; घना।
49515 निविड वि. २. घोर;डरलाग्दो; भयङ्कर।
49516 निविदा ना. कुनै संस्था वा कार्यालयबाट बनाइने भवन, सडक आदिको नापनक्साबमोजिम ठेक्कामा बनाउन स्वीकार गरिने पत्र; बोलपत्र।
49517 निविष्ट वि. निवेश बनाएर बसेको; स्थित; आसीन।
49518 निविष्ट वि. २. प्रवेश गरेको; छिरेको।
49519 निविष्ट वि. ३. एकाग्र पारिएको ( मन )।
49520 निविष्टता ना. निविष्ट हुनाको भाव, क्रिया वा स्थिति।
49521 निविष्टि ना. निविष्ट हुने काम; प्रवेश।
49522 निवीत ना. जनै; यज्ञोपवीत; ब्रह्मसूत्र।
49523 निवीत ना. २. ओढ्ने वस्त्र; पछ्यौरा; खास्टो।
49524 निवृत्त वि. कुनै कामकुरा, विषयवासना, नोकरी आदिबाट हटेको; छाडेको।
49525 निवृत्त वि. २. फिर्ता भएको; फर्केको; फिरेको।
49526 निवृत्त वि. ३. गर्नुपर्ने काम सकिएको; समाप्।
49527 निवृत्त वि. ४. अवकाश पाएको; नोकरीको अवधि पूरा भएको।
49528 निवृत्ति ना. हट्ने काम; मुक्ति; छुटकारा।
49529 निवृत्ति ना. २. पन्छने वा तर्कने प्रक्रिया।
49530 निवृत्ति ना. ३. सकिएको स्थिति; समाप्ति।
49531 निवृत्तिभरण ना. कुनै पनि स्थायी कर्मचारीले नोकरीको निश्चित अवधि पूरा गरेर अवकाश पाएपछि सम्बन्धित कार्यालयबाट आजीवन पाउने निर्वाह भत्ता; पेन्सन।
49532 निवेदक वि. निवेदन गर्ने; प्रार्थी; आवेदक।
49533 निवेदन ना. विनम्र भनाइ; बिन्ती प्रार्थना।
49534 निवेदन ना. २. चढाउने काम; समर्पण।
49535 निवेदन पत्र ना. संस्था वा कार्यालय आदिमा कुनै काम पाऊँ वा गरिपाऊँ भनी लेखिने कागज, बिन्तीपत्र, दर्खास्।
49536 निवेदित वि. निवेदन गरिएको।
49537 निवेश ना. पस्ने काम; प्रवेश।
49538 निवेश ना. २. वासस्थान; घर।
49539 निवेश ना. ३. विवाह।
49540 निशा ना. रात; रात्रि; रजनी।
49541 निशाकपि अनुगण ना. निशाकपि जस्तै साना जातको वानरसमूह।
49542 निशाकपि ना. नृतत्त्वशास्त्रअनुसार दिनमा निष्क्रिय र रातमा सक्रिय रहने वानर, निशाकपि अनुगणमा पर्ने एक प्रकारको सानो वानर।
49543 निशाकर ना. चन्द्रमा।
49544 निशाचर वि. राति हिँड्ने;राति राति डुल्ने।
49545 निशाचर वि. ना. २. राक्षस।
49546 निशाचर वि. ३. लाटोकोसेरो।
49547 निशाचर वि. ४. चखेवा।
49548 निशाचर वि. ५. भू।
49549 निशाचर वि. ६. पिशाच।
49550 निशाचर वि. ७. चोर।