Dictionary

All Word

49351 निर्माण विद्या ना. निर्माणशिल्प।
49352 निर्माण शिल्प ना. निर्माणसँग सम्बन्धित शास्त्र।
49353 निर्माण स्थल ना. निर्माण भइरहेको ठाउँ।
49354 निर्माणात्मक वि. निर्माणसम्बन्धी; रचनात्मक।
49355 निर्माणोन्मुख वि. भर्खर-भर्खर बन्न लागेको।
49356 निर्माता वि. बनाउने; भवन, सडक आदिको निर्माण गर्ने; रचयिता।
49357 निर्माता वि. ना. २. ईश्वर; परमात्मा।
49358 निर्माया वि . माया नभएको; निठुरी।
49359 निर्माया वि . २. एकअर्काको हृदय चिन्न नसक्ने (प्रेमी वा प्रेमिका)।
49360 निर्माल्य ना. वैष्णव सम्प्रदायअनुसार विष्णुलाई चढाइएको वस्तु; कुनै देवताको प्रसाद।
49361 निर्माल्य ना. २. शालिग्राम, देवमूर्ति आदि देवतालाई स्नान गराइएको पञ्चामृतसहितको जल; देवतालाई नुहाइदिइएको जल।
49362 निर्मित वि. बनाइसकिएको; बनेको; तयार, रचि।
49363 निर्मुक्त वि. पूर्ण रूपले मुक्ति पाएको; पूरै मुक्।
49364 निर्मुक्ति ना. निर्मुक्त हुनाको भाव वा स्थिति; पूर्ण मुक्ति।
49365 निर्मूल वि . मूलसमेत नराखिएको; जरोसमेत उखेलिएको; जरो नभएको।
49366 निर्मूल वि . २. पूरै सखाप पारिएको; बिउसम्म पनि नरहने गरी मासिएको।
49367 निर्मूलन ना. निर्मूल पार्ने काम; उन्मूलन।
49368 निर्मूलन ना. २. पूर्ण विनाश; सखाप।
49369 निर्मोक्ष वि. सांसारिक प्रपञ्चमा नफस्ने; माया-मोह नभएको;मुक्।
49370 निर्मोचन ना. सर्पले काँचुली फेरे जस्तै प्रत्येक वर्ष चराहरूले पनि प्रजनन समयपछि प्वाँख फेर्ने प्रक्रिया।
49371 निर्मोचन ना. २. छुटकारा; मुक्ति।
49372 निर्मोह वि. मोहमा नअल्झेको।
49373 निर्मोह वि. ना. २. मोहको अभाव।
49374 निर्मोही वि. माया-मोह नभएको; निठुरी।
49375 निर्याण ना. बाहिर जाने काम; निष्क्रमण।
49376 निर्याण ना. २. मृत्यु।
49377 निर्याण ना. ३. निर्वाण; मोक्ष।
49378 निर्याण ना. ४. पशुका खुट्टामा बाँध्ने दाम्लो; खुट्टे; खुट्टेसो।
49379 निर्यात वि. निस्केको; बाहिरिएको।
49380 निर्यात वि. २. एक देशबाट अर्को देशमा पठाइएको (माल)।
49381 निर्यात वि. ना. ३. कुनै एक देशबाट अर्को देशमा मालसामान पठाउने काम; निकासी।
49382 निर्यातकर ना. बाहिरी देशमा निकासी गरिने मालमा लाग्ने महसुल; निर्यात गर्ने मालमा लाग्ने कर।
49383 निर्यातकर्ता ना. एक देशबाट अर्को देशमा कुनै मालसामान निकासी गर्न सरकारबाट प्रमाण पाएको व्यक्ति; निकासी गर्ने मान्छे।
49384 निर्यातन ना. धरौट राखेको माल फिर्ता लिने काम; ऋण तिर्ने काम; बदला लिने प्रक्रिया।
49385 निर्यातित वि. बाहिरी देशमा निकासी गरिएको ( मालसामान )।
49386 निर्यास वि. सल्लो आदिका रुखबाट निस्कने गुँद; चोप;खोटो।
49387 निर्यास वि. २. रुखको बाहिरी बोक्रो।
49388 निर्यास वि. ३. काँडा; क्वा।
49389 निर्लज्ज वि. लाज नभएको; सरम नमान्ने; नकच्चरो।
49390 निर्लज्ज वि. क्रि.वि. २. कुनै सङ्कोच नमानीकन; विना कुनै हिचकिचाहट।
49391 निर्लज्जता ना. कुनै प्रकारको सरम वा लाज नमान्ने भाव वा प्रवृत्ति।
49392 निर्लिप्त वि. सांसारिक मोहबन्धनमा नभुल्ने; राग;द्वेष आदिबाट मुक्त भएको; कुनै विषयमा आसक्त नहुने।
49393 निर्लिप्त वि. २. लिप्त नभएको, कसैसित कुनै सम्बन्ध नभएको; स्वतन्त्र।
49394 निर्लेप वि. निर्लिप्।
49395 निर्लोभ वि. लोभ नभएको; सन्तोषी; लालच नगर्ने।
49396 निर्वंश वि. वंश वा कुल नभएको; निस्सन्तान।
49397 निर्वचन वि. वचन वा बोली नभएको; चुप रहने; मौन।
49398 निर्वचन वि. ना. २. शब्द वा वाक्यबारे व्याकरणअनुसार गरिने व्युत्पत्ति; भाष्य।
49399 निर्वस्त्र वि. कुनै पनि वस्त्र नपहिरेको; लुगा नलगाएको;नाङ्गो।
49400 निर्वहण सन्धि ना. संस्कृत साहित्यशास्त्रअनुसार नाटक आदिमा कार्य र फलागमको योगबाट बीज सफलीभूत भई प्रयोजन सिद्ध भएका अवस्थाको भाग।