Dictionary

All Word

49301 निर्बन्ध ना. आग्रह; ढिपी; जिद्दी।
49302 निर्बन्ध ना. २. रोकावट; प्रतिबन्ध।
49303 निर्बन्ध ना. क्रमबद्ध कथा नभई स्वच्छन्द रूपमा कुनै भाव, रस वा तथ्यको विवेचन भएको, काव्यको एक प्रकार वा भेद।
49304 निर्बन्धन ना. निक्र्योल; बाचा बन्धन; निर्णय।
49305 निर्बन्धित वि. निर्बन्ध वा निर्बन्धन गरिएको।
49306 निर्बल वि. बल, तागत नभएको; दुर्बल; शक्तिहीन।
49307 निर्बलता ना. दुर्बलता; कमजोरी।
49308 निर्बाङ्ग वि. कुनै पनि कपडा नपहिरिएको; सम्पूर्ण नाङ्गो।
49309 निर्बाङ्ग वि. क्रि.वि. २. नाङ्गै।
49310 निर्बाध वि. कुनै बाधा वा प्रतिबन्ध नभएको; रोकटोक नभएको।
49311 निर्बाध वि. २. एकान्त; निर्जन।
49312 निर्बिसी ना. लामालामा पाँचपाँच खण्ड परेका ठुलठुला पात हुने र मोथे जस्तै कन्द हुने एक हिमाली बुटी; निर्विषा।
49313 निर्बिसी ना. २. त्यसैको कन्द वा जरो।
49314 निर्बिसी ना. ( यसका सेतो र रातो कन्द हुने दुई जात छन्। आयुर्वेदका अनुसार यसको गुण विषनाशक र रक्तदोषनाशक बताइएको छ)।
49315 निर्बीज वि. बिउ नभएको; बीजरहित; बिनाबिउको।
49316 निर्बीज वि. २. विनाकारणको; प्रमाणहीन।
49317 निर्बीज वि. ३. नपुंसक; हिजडा।
49318 निर्बीज समाधि ना. बीज वा आलम्बनविहीन एक प्रकारको समाधि।
49319 निर्बीजा ना. सानो जातको दाख; किसमिस।
49320 निर्बुद्धि वि. बुद्धि नभएको;सोचविचार गर्न नसक्ने; मूर्ख।
49321 निर्बोध वि. केही ज्ञान नभएको; अनजान; अज्ञानी।
49322 निर्ब्याज / निर्ब्याजी वि. मूल धनमा कुनै प्रकारको ब्याज नलाग्ने।
49323 निर्ब्याज / निर्ब्याजी वि. क्रि.वि. २. विनाब्याज नै।
49324 निर्भय वि. डर नभएको; निड; त्रासहीन।
49325 निर्भय वि. २. सुरक्षि।
49326 निर्भयता ना. भयको अभाव।
49327 निर्भर वि. भरोसामा रहेको; आश्रित; अवलम्बित; झुन्डिएको।
49328 निर्भर वि. २. पूरा भरिएको;भरिभराउ।
49329 निर्भर वि. ३. प्रशस्त;ज्यादै; खुब।
49330 निर्भरता ना. भर पर्ने क्रिया वा भाव; आश्रयधर्मिता।
49331 निर्भीक वि. भय नभएको; नडराउने; निडर।
49332 निर्भीक वि. २. सशक्त; सक्षम; सक्रिय।
49333 निर्भीकता ना. नडराउने क्रिया वा भाव; निर्भयता।
49334 निर्भुक्क वि. केही नभएको; बुङ्गो।
49335 निर्भुक्क वि. २. केही नजान्ने; बुध्दू।
49336 निर्भुक्क वि. क्रि.वि. ३. केही नहुने वा नजान्ने किसिमले।
49337 निर्मम वि. ममता नभएको; अनुदार।
49338 निर्मम वि. २. निर्दयी; क्रूर;निष्ठुर।
49339 निर्ममता ना. निर्मम हुनाको भाव वा अवस्था;ममताको अभाव; निर्दयता; निष्ठुरता।
49340 निर्मल वि. मल वा दाग नभएको; दोषहीन; स्वच्छ।
49341 निर्मल वि. २. शुद्ध पवित्र।
49342 निर्मल वि. ना. ३. देवतालाई चढाइएको वस्तु।
49343 निर्मल वि. ४. शालिग्रामलाई स्नान गराएको जल, निर्माल्य।
49344 निर्मल वि. (निम्बार्क सम्प्रदायअनुसार वैष्णव समाजमा निर्माल्यको प्रचलन पाइन्छ)।
49345 निर्मली ना. लाम्चा, ठुला पात, सेता फूल र बाटुला, थेप्चा फल हुने, आयुर्वेदमा शूलनाशक, आँखाको हित गर्ने र पानी सफा गर्ने गुण बताइएको एक जातको रुख; त्यसकै फल।
49346 निर्मली ना. २. सगरमाथा अञ्चलनेर सीमामा पर्ने एक भारतीय स्थल।
49347 निर्माण ना. घर, मन्दिर, सडक आदि बनाउने काम; रचना।
49348 निर्माण ना. २. बनेका भवन, सडक, मन्दिर आदि।
49349 निर्माणकर्ता/कारी वि. निर्माण गर्ने; बनाउने; सार्वजनिक पाठशाला, बाटो आदि तयार गर्ने।
49350 निर्माण यातायात ना. नेपाल सरकारको एक मन्त्रालय; आफ्नो मातहतमा भवन, सडक, पुल आदि सार्वजनिक निर्माणको काम गर्ने, मन्त्रालय, विभाग वा संस्था।