Dictionary

All Word

49251 निर्दल वि. कुनै पार्टी नभएको; दलविहीन।
49252 निर्दल वि. २. पात नभएको।
49253 निर्दलीय वि. कुनै राजनीतिक दल वा पार्टी नभएको; दलविहीन।
49254 निर्दलीयता ना. निर्दलीय हुनाको भाव, अवस्था वा स्थिति, दल वा पार्टीको अभाव;दलविहीनता।
49255 निर्दलीय व्यवस्था ना. कुनै राजनीतिक दल नभएको व्यवस्था वा शासन प्रणाली ( पञ्चायती व्यवस्था )।
49256 निर्दिष्ट वि. निर्देश गरिएको; बताइएको; तोकिएको।
49257 निर्दिष्ट वि. २. निर्णय दिइएको; निश्चि।
49258 निर्देश ना. अह्रोट;आज्ञा; आदेश।
49259 निर्देश ना. २. कुनै कामकुराबारे विशेष रूपले दिइने आदेश।
49260 निर्देश ना. ३. उल्लेख; उल्लिखि।
49261 निर्देश ना. ४. वर्णन; वृत्तान्।
49262 निर्देश पत्र ना. कुनै आदेश वा निर्देशन पालना गर्न लेखिएको पत्र; औषधी सेवन गर्ने तरिका लेखिएको कागज (प्रेस्त्रिकप्सन)।
49263 निर्देशक वि. निर्देशन दिने; काममा खटाउने।
49264 निर्देशक वि. ना. २. कुनै विभाग वा कार्यालयको प्रमुख सञ्चालक; कुनै संस्थाको मुख्य अधिकारी; डाइरेक्टर।
49265 निर्देशक समिति ना. कुनै कार्यबारे निर्देशन दिन गठित समिति।
49266 निर्देशक सिद्धान्त ना. प्रशासनिक नीतिसम्बन्धी सिद्धान्।
49267 निर्देशन ना. निर्देश गर्ने काम; कुनै काममा कुशलतापूर्वक प्रवृत्त गराउने कार्य।
49268 निर्देशन ना. २. अह्रोट; आज्ञा।
49269 निर्देशनालय ना. कुनै कार्यका निम्ति निर्देशन दिने ठाउँ वा कार्यालय; निर्देशकको कार्यालय।
49270 निर्देशन विभाग ना. निर्देशन दिने विभाग।
49271 निर्देशित वि. निर्देश गरिएको; निर्दिष्ट।
49272 निर्देष्टा वि. अह्राउने; निर्देशन गर्ने; कुनै काममा सक्रिय गराउने।
49273 निर्दो वि. हे. निर्धो।
49274 निर्दोष वि. दोष नभएको; निष्कलङ्क; गल्ती नभएको।
49275 निर्दोष वि. २. अपराध नगरेको; निरपराध।
49276 निर्दोषता ना. दोष वा अपराधको अभाव।
49277 निर्दोषी वि. निर्दोष।
49278 निर्द्वन्द्व वि. कुनै प्रतिद्वन्द्वी नभएको विरोधी नभएको; द्वन्द्रहीन।
49279 निर्द्वन्द्व वि. २. आफूखुसी गर्ने; स्वच्छन्द।
49280 निर्द्वन्द्व वि. ३. राग, द्वेष, मान,अपमान आदि सांसारिक क्रियाकलापदेखि निवृत्त भएको।
49281 निर्द्वन्द्व वि. ४. चिसो- तातो; सुख-दुःख आदि द्वन्द्वात्मक धारणाको प्रभावदेखि मुक्त भएको; वीतराग।
49282 निर्धक्क वि. डर वा त्रास नभएको;धक नमान्ने;सङ्कोच नमान्ने।
49283 निर्धक्क वि. २. निश्शङ्क।
49284 निर्धक्क वि. क्रि.वि. ३. कुनै धक नमानीकन; निस्फिक्रीसँग।
49285 निर्धन वि. धन नभएको; कुनै जायजेथा नदेखिएको; गरिब;दरिद्र।
49286 निर्धनता ना. दरिद्रता; गरिबी।
49287 निर्धनी वि. दरिद्र।
49288 निर्धारक वि. कुनै विषयबारे यही हो भनी किटान गर्ने; तोक्ने; निर्धारण गर्ने।
49289 निर्धारक वि. २. निर्णायक।
49290 निर्धारण ना. कामको समय अथवा वस्तुको मूल्य आदि तोक्ने काम; ठहर; तोक।
49291 निर्धारण ना. २. निर्णय; निश्चय।
49292 निर्धारण ना. ३. अन्वेषण;छानबिन।
49293 निर्धारित वि. निर्धारण गरिएको ;ठहर भएको; तोकिएको;निश्चि।
49294 निर्धारितकर ना. कुनै परिस्थिति वा वस्तुविशेषका आधारमा सम्बन्धित तहको मातहतबाट किटान गरिएको शुल्क वा कर।
49295 निर्धारित सीमा ना. तोकिएको हदबन्दी।
49296 निर्धो वि. धन-सम्पत्तिका दृष्टिले कमजोर; दरिद्र;गरिब; निर्दो।
49297 निर्धो वि. २. बल नभएको; निर्बलियो; नाजुक।
49298 निर्धो वि. ३ क्षमता नभएको।
49299 निर्निमेष वि. आँखा नझिम्क्याउने; पलक नमार्ने; आँखा झमझम नगराउने।
49300 निर्निमेष वि. क्रि.वि. २. आँखा नझम्क्याईकन; एक टक लाएर; हेरेको हेर्‍यै गरेर।