Dictionary

All Word

49201 निर्धिनी वि. ३. घिन नमान्ने।
49202 निर्घोष ना. आवाज, शब्द, नाद, ध्वनि।
49203 निर्घोष ना. वि. २. ध्वनिरहित; आवाज नभएको।
49204 निर्छली वि. निर्छलो' को स्नेहार्थी रूप।
49205 निर्छलो वि. लाज सरम नभएको; बेसर्मी।
49206 निर्छलो वि. २. नकच्चरो।
49207 निर्छलो वि. ३. छलकपट नगर्ने।
49208 निर्जन वि. कुनै प्राणीसम्म पनि नभएको; एउटा मान्छे पनि नभएको; एकान्त; सुनसान; एकलासे।
49209 निर्जन वि. ना. २. मरुभूमि; विकट प्रदेश।
49210 निर्जर वि. जरावस्था नआउने; कहिल्यै बुढो नहुने।
49211 निर्जर वि. ना. २. देवता।
49212 निर्जरा ना. गुर्जो (लता)।
49213 निर्जल वि. पानी नभएको; जलहीन।
49214 निर्जल वि. २. पानीसम्म खान पनि निषेध गरिएको (व्रत)।
49215 निर्जल वि. ना. ३. मरुभूमि।
49216 निर्जला ना. हिन्दू धर्मअनुसार कार्तिक महिनाभर पानीसम्म पनि नखाई तीर्थमा बसेर गरिने व्र।
49217 निर्जला एकादशी ना. ज्येष्ठ शुक्ल एकादशी।
49218 निर्जलीय वि. जलविहीन।
49219 निर्जलीयता ना. पखाला, रक्तस्राव, अतिसारजस्ता रोग लागेर शरीरमा तरल द्रव्य घट्तै जाने प्रक्रिया (डिहाइड्रेसन )।
49220 निर्जीव वि. जीव वा प्राण नभएको; मरेको; मृ।
49221 निर्जीव वि. २. गतिहीन; जड।
49222 निर्जीव वि. ३. स्थावर।
49223 निर्जीवन वि. जीवन नभएको; मरेको।
49224 निर्जीवन वि. २. मारिएको; खतम गरिएको।
49225 निर्जीवन बिमा ना. घर, पसल, कारखाना आदिको बिमा।
49226 निर्जीवीकरण ना. जीवित प्राणीलाई निर्जीव बनाउने प्रक्रिया; हत्या।
49227 निर्झर ना. झर्ना; छहरा; प्रपा।
49228 निर्झरिणी ना. झर्नाबाट निस्केकी नदी; निर्झरी।
49229 निर्झरी ना. निर्झरिणी।
49230 निर्झरी ना. २. झर्ना भएको पहाड।
49231 निर्णय ना. पक्षविपक्षका जिकिरलाई प्रमाणका आधारमा छानबिन गरी सत्यपक्षको विजयबारे गरिएको टुङ्गो, फैसला।
49232 निर्णय ना. २. कुनै विवादास्पद विषयमा एक्लै वा सामूहिक रूपमा गरिने निधो।
49233 निर्णय ना. ३. दुई विरोधीहरूको विवादबारे मध्यस्थले दिएको म।
49234 निर्णय ना. ४. निधो।
49235 निर्णय क्षमता ना. निर्णय गर्ने शक्ति।
49236 निर्णय पुस्तिका ना. सभा वा बैठकमा पारित भएका प्रस्तावहरू लिपिबद्ध गर्ने वा टिप्ने कार्यालयीय अभिलेख (माइन्युट )।
49237 निर्णयात्मक वि. निर्णयका रूपमा रहेको; निर्णयसम्बन्धी।
49238 निर्णयात्मक वि. २. कुनै विवादास्पद विषयमा गरिएको निर्णयसँग सम्बन्धि।
49239 निर्णयात्मक वि. ३. निर्णय दिने; टुङ्गो लगाउने;निर्णायक।
49240 निर्णयात्मकता ना. निर्णयात्मक हुनाको भाव, क्रिया वा स्थिति।
49241 निर्णायक वि. कुनै दुई पक्षका बिच टुङ्गो लगाउने निर्णयमा पुऱ्याउने (शक्ति, मत इ.)।
49242 निर्णायक वि. २. निर्णय गर्ने; निश्चय गरिदिने।
49243 निर्णीत वि. निर्णय गरिएको; निश्चित; टुङ्गो लागेको।
49244 निर्णेता वि. निर्णय दिने; निर्णायक (व्यक्ति)।
49245 निर्दन्त वि. दाँत झरेको; दाँत नभएको।
49246 निर्दन्त वि. २. पूर्ण दशमासा।
49247 निर्दम्भ वि. सेखी नगर्ने; दम्भ नभएको; निरभिमानी।
49248 निर्दय वि. दया नभएको; अर्काको दुःख हटाउन नचाहने; निठुरी।
49249 निर्दयता ना. निठुरीपन।
49250 निर्दयी वि. दया नभएको।