Dictionary

All Word

49051 निराधार वि. २. सहारा नभएको; असहाय।
49052 निराधार वि. ३. विनाप्रमाणको ; प्रमाणबाट सिद्ध नहुने।
49053 निराधार वि. ४. जीविकाका लागि कुनै उपाय नभएको।
49054 निरापद् वि. कुनै आपद् नभएको; आपत्तिरहि।
49055 निरापद् वि. २. निर्विघ्न; सुरक्षि।
49056 निरापद् वि. क्रि.वि. ३. कुनै आपत्ति नपरीकनै।
49057 निरामय वि. रोग नभएको;निरोगी; स्वस्।
49058 निरामय वि. २. निर्दोष; निर्मल।
49059 निरामिष वि. मासु नभएको; मांसरहि।
49060 निरामिष वि. २. मासु नखाने।
49061 निरालम्ब वि. समात्ने कुनै आधार नभएको; निराधार; आधारहीन।
49062 निरालम्ब वि. ना. २. ब्रह्मा; ईश्वर।
49063 निरालस/निरालस्य वि. आलस्य नभएको; अल्छी नगर्ने; जाँगरी।
49064 निरालस/निरालस्य वि. २. सक्रिय ;संलग्न।
49065 निराला वि. अकथनीय; अवर्णनीय।
49066 निराला वि. २. कथनहीन; आलापहीन।
49067 निराला वि. ३. मान्छेको ध्वनि नसुनिने (ठाउँ)।
49068 निराला वि. ४. अनौठो;आफ्नै ढङ्गको।
49069 निराला वि. ५. उस्तै किसिमको अरू कुनै नभएको।
49070 निराला वि. ६. अपूर्व;विलक्षण।
49071 निरावरण वि. आवरण नभएको; ढकनी नभएको; खुला।
49072 निरावरण वि. २. नाङ्गो ; निर्वाङ्ग।
49073 निरावृत्त वि. नछोपिएको; निरावरण।
49074 निराश वि. आशा नभएको; हताश।
49075 निराश वि. २. मन खुम्चेको; ओइलाएको।
49076 निराशा ना. आशाको अभाव; आस मार्ने कार्य।
49077 निराशा ना. २. कुनै भौतिक चाहनाबाट निवृत्त हुने काम; वैराग्य।
49078 निराशाजनक वि. आशा नभएको; निराशा पैदा गर्ने; निराशा गराउने (कुरा, काम, अवस्था आदि)।
49079 निराशावाद ना. षड्यन्त्रपूर्ण र धोकेबाज संसारमा उच्च आकाङ्क्षा पूर्ति हुने आशा राख्नु व्यर्थ छ भन्ने किसिमको भौतिक मत; जीवन र जगत्देखि विरक्त भएर अँगालिने विचार।
49080 निराशावादी वि. निराशावादको अनुयायी; निराशावादसँग सम्बन्धि।
49081 निराश्रय वि. कतै कहीं पनि आश्रय नभएको; आधारहीन।
49082 निराश्रय वि. २. निमुखा; असहाय।
49083 निराश्रित वि. आश्रय नभएको; सहारा नभएको।
49084 निराहार वि. कुनै वस्तु पनि नखाएको भोको।
49085 निराहार वि. २. धार्मिक पर्वहरूमा अन्न र फलफूलसम्म पनि नखाएको; पूर्ण व्रत बसेको।
49086 निराहार वि. ना. ३. कुनै खाद्य वस्तु पनि नखाइने प्रक्रिया; अनशन; धार्मिक व्र।
49087 निराहारिका ना. पेट वा पाकस्थली खाली हुन गई भएको पेटदुखाइ; पेट दुख्ने रोग।
49088 निराहारी वि. निराहार बस्ने।
49089 निरीक्षक वि. रेखदेख गर्ने, निरीक्षण गर्ने।
49090 निरीक्षक वि. २. परीक्षा लिने काममा अनियमितता हुनुबाट रोक्ने; परीक्षा कार्यलाई निष्पक्ष सम्पन्न गराउने।
49091 निरीक्षक वि. ना ३. प्रहरीको एक दर्जा; इन्स्पेक्टर।
49092 निरीक्षक वि. ४. निरीक्षणकर्ता।
49093 निरीक्षण ना. हेरचाह,;रेखदेख।
49094 निरीक्षण ना. २. जाँच परीक्षण।
49095 निरीक्षण ना. ३. कुनै काम ठिकसँग भए-नभएको जाँचबुझ गर्ने काम।
49096 निरीक्षणकर्ता ना. निरीक्षण गर्ने व्यक्ति।
49097 निरीक्षण भ्रमण ना. निरीक्षणका निम्ति काजमा जाने कार्य।
49098 निरीक्षणीय वि. निरीक्षण योग्य।
49099 निरीक्षित वि. रेखदेख गरिएको; जाँचिएको।
49100 निरीक्ष्य वि. निरीक्षण योग्य।