Dictionary

All Word

48951 निरञ्जन वि. ना ३. ईश्वर, परमात्मा।
48952 निरञ्जन वि. ४. पिसाब उत्सर्जन हुन नसक्ने वा बढी पिसाब फेर्न बाधा पर्ने एक रोग; निरञ्जन ग्रन्थि (प्रोस्टेट ग्ल्यान्ड)।
48953 निरञ्जनी ना. सन्न्यासीहरूको एक सम्प्रदाय।
48954 निरञ्जनी ना. २. निरञ्जन-ग्रन्थि फुलेको रोगी।
48955 निरत वि. कुनै काममा लागेको, संलग्न, तल्लीन, तन्मय,एकाग्र।
48956 निरति ना. निकै बेर निरत हुने गुण वा अवस्था।
48957 निरति ना. २. प्रेम; आसक्ति; अनुराग।
48958 निरतिशय क्रि.वि. / वि. ज्यादै; अत्यधिक।
48959 निरनुनासिक वि. उच्चारण गर्दा नासिकास्थानसँग सम्बन्ध नहुने; अनुनासिक नभएको; अननुनासिक।
48960 निरन्तर वि. बिचमा नटुटेको; व्यवधान नभएको।
48961 निरन्तर वि. २. लगातारको; बराबर उस्तै किसिमको।
48962 निरन्तर वि. ३. नित्य, स्थायी।
48963 निरन्तर वि. क्रि.वि. ४. लगातार ; क्रमैले।
48964 निरन्तरता ना. लगातार भइरहने क्रिया वा भाव; क्रमिकता; सातत्य।
48965 निरपराध वि. अपराध नभएको; अपराध नगरेको; निर्दोष; बेकसुर।
48966 निरपराध वि. २. दण्ड दिन अयोग्य; अदण्ड्य।
48967 निरपराधी वि. निरपराध, निर्दोष।
48968 निरपवाद वि. कुनै पनि लाञ्छना नलागेको; निष्कलङ्क; निर्दोष।
48969 निरपवाद वि. २. सबै क्षेत्रमा समान रूपले लागु हुने।
48970 निरपवाद वि. ३. सबैद्वारा स्वीकृत, सर्वमान्य।
48971 निरपवाद वि. ४. अपवाद नभएको; अपवादविहीन।
48972 निरपेक्ष वि. कुनै कुराको वास्ता नराख्ने; अपेक्षा नभएको; वास्ता नगर्ने।
48973 निरपेक्ष वि. २. कुनै चासो नराखिएको; उपेक्षि।
48974 निरपेक्ष वि. ३. असम्बन्धित; सम्बन्धदेखि मुक्।
48975 निरपेक्षा ना. बेवास्ता।
48976 निरपेक्षा ना. २. उपेक्षा।
48977 निरपेक्षित वि. वास्ता नगरिएको; उपेक्षि।
48978 निरपेक्षी वि. वास्ता नगर्ने, उपेक्षक; उदास।
48979 निर बिरालो ना. मुसाको जस्तो थुतुनु हुने, निलो रङको जङ्गली बिरालो।
48980 निरभिमान वि. अभिमान नभएको; घमन्ड नगर्ने।
48981 निरभिमान वि. २. उदार प्रकृति भएको; स्वच्छ।
48982 निरभिमानी वि. निरभिमान।
48983 निरभिलाष वि. अभिलाषा नभएको; कुनै कुराको चाहना नगर्ने; इच्छा नगर्ने।
48984 निरभिलाषी वि. निरभिलाष।
48985 निरर्गल वि. आग्लो नलागेको।
48986 निरर्गल वि. २. नछेकेको, कुनै किसिमको प्रतिबन्ध नलागेको।
48987 निरर्गल वि. ३. गति नरोकिएको; स्वच्छन्द।
48988 निरर्गल वि. ४. निर्विघ्न।
48989 निरर्गल वि. ५. नियन्त्रणविहीन।
48990 निरर्थ वि. मतलब नभएको, सरोकार नभएको।
48991 निरर्थ वि. २. अर्थहीन, अर्थ नलाग्ने, निरर्थक।
48992 निरर्थक वि. विनामतलबको अर्थ नभएको, निरर्।
48993 निरर्थक वि. २. वास्ता नभएको; निष्प्रयोजन।
48994 निरर्थक वि. ३. बेकम्मा।
48995 निरर्थक वि. ना. ४. छन्दोभङ्ग नगराउन अर्थ नआउने शब्दहरूको प्रयोग गर्दा हुने काव्यदोष।
48996 निरर्थकता ना. निरर्थक हुनाको भाव वा स्थिति; सार्थकताको अभाव,निष्प्रयोजन।
48997 निरवकाश वि. अवकाश नभएको समय दिन नसक्ने।
48998 निरवकाश वि. २. बेफुर्सद, व्यस्।
48999 निरवकाश वि. ना. ३. फुर्सदको अभाव, व्यस्तता।
49000 निरवच्छिन्न वि. सिलसिला नटुटेको; क्रम नबिग्रेको; निरन्तर अविच्छिन्न।