Dictionary

All Word

48801 निम्तो ना. विवाह, धार्मिक यज्ञ आदि शुभ कार्य र अन्य कार्यमा सामेल हुनका लागि बोलाउने काम निमन्त्रण।
48802 निम्तो पत्र ना. निमन्त्रणपत्र।
48803 निम्त्याइ ना. निम्त्याउने क्रिया वा प्रक्रिया।
48804 निम्त्याइनु क.क्रि. निम्तो गरिनु; निम्ता दिइनु।
48805 निम्त्याउनु स.क्रि. कुनै उत्सव वा कार्यमा बोलाउनु; निम्तो गर्नु;निम्तनु।
48806 निम्त्याहट ना. निम्त्याइ।
48807 निम्न वि. देहायको; तलतिरको; तल्लो।
48808 निम्नअनुसार क्रि.वि. तल भएबमोजिम।
48809 निम्नगा ना. तलतिर बग्ने नदी।
48810 निम्न पुरापाषाण ना. प्रागैतिहासिक पुरातत्त्वका अनुसार पुरापाषाणका तीन विभाजनमध्ये पहिलो विभाजन, प्राकचेलियन, चेलियन र अश्योल मानवले प्रयोग गरेका पाषाण -उपकरण पाइएको समय।
48811 निम्न माध्यमिक वि. प्राथमिक तहभन्दा माथिल्लो र माध्यमिक तहभन्दा तल्लो (पाठशाला आदि)।
48812 निम्न माध्यमिक विद्यालय ना. निम्न माध्यमिक तहसम्म पढाइ हुने विद्यालय; नि. मा. वि।
48813 निम्नलिखित वि. तल लेखिएको; निम्नाङ्कि।
48814 निम्नवर्ग ना. तल्लो वर्ग; धन वा जातको दृष्टिले पिछडिएको वर्ग।
48815 निम्नोदर वि. वृत्तको पेटको भाग भित्र पसेको; कोप्रिएको।
48816 निम्नोदर वि. ना. २. तल्लो पेट।
48817 निम्नोदर वि. ३. पाठेघर।
48818 निम्नोन्नत वि. होचो - अग्लो परेको, नमिलेको, उबडखाबड ( जमिन )।
48819 निम्फु गुम्बा ना. नेपालको मुस्ताङ जिल्लामा अवस्थित, कालीगण्डकीको मुहानभन्दा तलतिर पूर्वपट्टिको उपत्यकाबाट ३०५ मिटरजति अग्लो डाँडामा रहेको एक गुम्बा।
48820 निम्ब ना. नगण, सगण र यगण भएको वार्णिक छन्दविशेष।
48821 निम्ब ना. ससाना पात हुने, तितो प्रकृतिको, प्रायः औषधीका लागि उपयुक्त रुख; निमको बोट।
48822 निम्बार्क ना. भारतको वृन्दावनमा रहने एक प्रसिद्ध वैष्णव आचार्य।
48823 निम्बार्क ना. २. उनैले चलाएको मत वा सम्प्रदाय।
48824 निम्बार्की वि. निम्बार्कको अनुयायी।
48825 निम्बू ना. निबुवा, अमिलो।
48826 निम्बू ना. २. कागती।
48827 निम्सरो वि. निम्नस्तर, धन, बल, स्वास्थ्य आदि दृष्टिले कमजोर; निर्धो, दुर्बल; निम्छरो।
48828 नियत ना. आन्तरिक लक्ष्य, भित्री उद्देश्य।
48829 नियत ना. २. इरादा; मनसुबा;मनसाय।
48830 नियत वि. नियम, कानुन, प्रथा वा बन्देज आदिद्वारा सीमित गरिएको नियमबद्ध।
48831 नियत वि. २. तोकिएको, निश्चित; निर्धारि।
48832 नियतात्मा वि. आफूलाई नियन्त्रणमा राख्ने; संयमी।
48833 नियताप्ति ना. प्रबन्धकाव्यका आख्यानमा पाइने द्वन्द्व वा सङ्घर्षपछिको अवस्था; संस्कृत साहित्यशास्त्रका अनुसार कथावस्तुमा भएका अवस्था ( आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति, फलागम) मध्ये चौथो।
48834 नियति ना. भाग्य, प्रारब्ध; दैव।
48835 नियति ना. २. आत्मानुशासन; आत्मसंयम।
48836 नियति ना. ३. नियमबद्ध हुने प्रकृति।
48837 नियति ना. ४. दैवी वा स्वतः सिद्ध उपलब्धि।
48838 नियति ना. ५. दैवी प्रकोप।
48839 नियतिवाद ना. भाग्यवाद।
48840 नियतिवादी वि. नियति वा भाग्यमा विश्वास राख्ने।
48841 नियतेन्द्रिय वि. इन्द्रियलाई वशमा राख्ने।
48842 नियन्डरथल ना. नृतत्त्वशास्त्रका अनुसार जर्मनीको नियन्डरथल नामक स्थानमा पाइएको मानव, फ्रान्सको मुस्तेर मानवसित पूरापूर मिल्ने मानव अश्मीभूत अस्थि अवशेषको रूपमा पाइएको चतुर्थ हिमयुगका समयको मानव; आजभन्दा पैंतिस हजार वर्षउताको अर्धसभ्य पुरापाषाणयुगीन मानव।
48843 नियन्तव्य वि. नियममा राख्न योग्य; नियममा राखिनुपर्ने।
48844 नियन्ता वि. नियन्त्रणमा राख्ने, अनुशासनमा राख्ने, नियामक।
48845 नियन्ता वि. ना. २. शासक।
48846 नियन्ता वि. ३. शिक्षक।
48847 नियन्ता वि. ४. हात्तीलाई तह लगाउने माहुते।
48848 नियन्ता वि. ५. परमेश्वर।
48849 नियन्ता वि. ६. सञ्चालक।
48850 नियन्त्रक वि. नियन्त्रण गर्ने; नियन्ता।