Dictionary

All Word

48901 नियाल्नु स.क्रि. कुनै व्यक्ति वा वस्तुलाई गडेर हेर्नु;ठम्याउने; चेष्टा गर्नु।
48902 नियाल्नु स.क्रि. २. केलाउनु; ठिक - बेठिक पर्गेल्नु।
48903 नियालाइ ना. नियाल्ने क्रिया-प्रक्रिया।
48904 नियालाइनु क.क्रि. नियाल्ने पारिनु; नियाल्न लगाइनु।
48905 नियालाउनु प्रे. क्रि. नियाल्न लगाउनु।
48906 नियालिनु क.क्रि. नियाल्ने काम गरिनु।
48907 नियुक्त वि. कुनै काममा भर्ना गरिएको; भर्ती भएको।
48908 नियुक्त वि. २. लगाइएको; नियोजि।
48909 नियुक्त वि. ३. प्रेरणा दिइएको; प्रेरि।
48910 नियुक्ति ना. कुनै कार्यमा वेतन वा पारिश्रमिक पाउने गरी भर्ना हुने वा गर्ने काम; भर्ती; नियुक्त हुने कार्य।
48911 नियुक्ति अधिकार ना. कुनै पदमा कर्मचारी भर्ना गर्न पाउने अधिकार।
48912 नियुक्ति पत्र ना. भर्ना भएको प्रमाणपत्र।
48913 नियोक्ता वि. नियुक्ति गर्ने काममा खटाउने।
48914 नियोक्ता वि. ना. २. भर्ना गर्ने व्यक्ति, नियोजक।
48915 नियोग ना. कुनै निकाय वा सङ्गठन।
48916 नियोग ना. २. सङ्घ, संस्था।
48917 नियोग ना. ३. निःसन्तान वा विधवा स्त्रीले पुरुष वा गुरुजनको आज्ञाद्वारा परपुरुषबाट क्षेत्रज सन्तान उत्पन्न गराउने काम।
48918 नियोगी वि. नियोग गर्ने।
48919 नियोजक वि. काममा लगाउने अधिकारप्राप्त; नियोक्ता।
48920 नियोजक वि. ना. २. भर्ना गर्ने व्यक्ति वा संस्था।
48921 नियोजन ना. नियन्त्रण, गर्भधारणविरुद्ध गरिने व्यवधान,निरोध।
48922 नियोजन ना. २. कुनै काममा तलब वा पारिश्रमिक पाउने गरी खटाउने काम; नियुक्ति।
48923 नियोजित वि. नियन्त्रित; रोकिएको।
48924 नियोजित वि. २. पूर्व आयोजित; पहिल्यै कामकुरा मिलाइएको।
48925 निर् उप. शब्द वा धातुका अगिल्तिर लागेर विभिन्न अर्थ बुझाउने उपसर्ग 'निस्' को अजन्त वर्ण अथवा घोष व्यञ्जनभन्दा पूर्व रहँदाको रूप (जस्तो- निरवयव, निरस्त्र, निर्दोष, निर्वाण इ.)।
48926 निरंश वि. अंशबाट ठगिएको; अंश नपाउने, अंश नछुट्ट्याइएको।
48927 निरंश वि. २. अंशविहीन।
48928 निरंश वि. श्रनिरंशी - वि . निरंश।
48929 निर ना. निलो रङ।
48930 निर ना. २. निलो रङको एक प्रकारको मणि; नीलमणि।
48931 निर ना. बाटुला आकारका ससाना पात हुने, प्याजी रङका फूल फुल्ने, लामालामा कोसा फल्ने एक प्रकारको सानो बोट।
48932 निर ना. (आयुर्वेदमा यसको गुण पेटसम्बन्धी रोगलाई नाश गर्ने बताइएको छ)।
48933 निर ना. यो. समीप; नजिक; नेर।
48934 निर ना. यो. २. सँगसँगै; आसपास।
48935 निर ना. यो. (उदा.- राम मनिर बस्यो।
48936 निर ना. यो. क्रि.वि. ३. निकटमा; समीपमा।
48937 निर ना. यो. (उदा.- ऊ अलि-अलि गर्दै निरनिर आइपुग्यो)।
48938 निरक्ष वि. / ना. अन्धो।
48939 निरक्षर वि. अक्षर पढ्न र लेख्न नजान्ने; अनपढ।
48940 निरक्षर वि. २. मूर्ख;गँवार; असभ्य।
48941 निरक्षर भट्ट / भट्टाचार्य ना. पढ्न लेख्न फुट्टी नजान्ने व्यक्ति; पटमूर्ख।
48942 निरग्नि वि. वैदिक धर्मअनुसार अग्निहोत्र नगर्ने; अग्निहोत्र यज्ञ गर्न छाडेको।
48943 निरग्नि वि. २. अवैदिक; वेदविरोधी।
48944 निरङ्कुश वि. कुनै प्रकारको अङ्कुश वा नियन्त्रण नभएको, बन्धनहीन, छाडा, स्वेच्छाचारी।
48945 निरङ्कुश वि. २. कुनै नियम वा संविधानको अधीनमा रही आफ्नै हुकुमलाई सर्वोपरि कानुन गराउने (शासक)।
48946 निरङ्कुश तन्त्र ना. निरङ्कुश शासक वा शासकसमुदायले चलाएको व्यवस्था।
48947 निरच्छेर वि. निरक्षर, अक्षर नजान्ने, लेखपढ गर्न नजान्ने, अनपढ, अपढ।
48948 निरच्छेरी ना. निरच्छेर रहेको अवस्था।
48949 निरञ्जन वि. आँखामा गाजल नलगाएको।
48950 निरञ्जन वि. २. दोष नभएको, निष्कलङ्क, निर्दोषी।