Dictionary

All Word

48751 निमित्त ना. ५. भाग्यअनुसारको अन्तिम परिणाम।
48752 निमित्त ना. ना. यो. ६. निम्ति; लागि (यसनिमित्त, त्यसनिमित्त आदि)।
48753 निमित्त ना. क्रि.वि. ७. लागि (उदा.- ऊ मेरा निमित्त काम गर्छ )।
48754 निमित्त कारण ना. कार्यसँगै नगाँसिने तर सो कार्यका लागि आवश्यक कारण (जस्तै- घडा बनाउने चक्का, कुमाले आदि)।
48755 निमिष ना. आँखा झिम्क्याउने प्रक्रिया; पलक, निमेष।
48756 निमिष ना. २. आँखा झिम्म गर्दा लाग्ने समय; क्षण; समयको ज्यादै सानो एकाइ।
48757 निमीलन ना. परेला ढप्काउने वा पलक झुकाउने काम, आँखाचिम्लाइ।
48758 निमीलन ना. २. निमिष।
48759 निमीलन ना. ३. मरण, मृत्यु।
48760 निमीलित वि. परेला ढप्किएको, आँखा चिम्लिएको।
48761 निमीलित वि. २. मरेको, बितेको।
48762 निमुखा /निमुखो वि. अज्ञान, धक, लाज आदिका कारणले मौकामा बोल्न नसक्ने, सिधासाधा।
48763 निमुखा /निमुखो वि. २. अशक्त,निर्धो।
48764 निमुखा /निमुखो वि. ३. साधनहीन; शक्तिहीन।
48765 निमुखा /निमुखो वि. ४. अना।
48766 निमेक ना. नुन; लवण।
48767 निमेक ना. २. पारिश्रमिक, ज्याला, मजुरी।
48768 निमेक ना. ३. मेलो; लग।
48769 निमेक हराम ना. हे. निमक हराम।
48770 निमेकी वि. पारिश्रमिक लिएर काम गर्ने, ज्यालादार, ज्यामी।
48771 निमेकी वि. २. निमेकको सोझो गर्ने इमान्दार।
48772 निमेष ना. हे. निमिष।
48773 निमोठ्नु स.क्रि. हे. निमठ्नु।
48774 निमोठनामोठ ना. जहींतहींबाट निमोठ्ने काम; बटारबुटुर।
48775 निमोठनामोठ ना. २. ससाना रुख-बिरुवाका मुना वा आँकुरालाई चुँड्ने-भाँच्ने काम।
48776 निमोठाइ ना. निमठाइ।
48777 निमोठानिमोठ ना. आपसमा एकले अर्कालाई निमोठ्ने वा अँचेट्ने काम; परस्परमा पाखुरा निमोठ्ने काम।
48778 निमोठानिमोठ ना. २. बारम्बार बटार्ने वा भाँच्ने काम।
48779 निमोठिनु क.क्रि. निमोठाइमा पारिनु।
48780 निमोठिनु क.क्रि. अ.क्रि. २. निमोठाइमा पर्नु।
48781 निमोठ्याइ ना. निमठ्याइ।
48782 निमोठ्याइनु क.क्रि. निमठ्याइनु।
48783 निमोठ्याउनु प्रे. क्रि. निमठ्याउनु।
48784 निमोठ्याहट ना. निमोठ्याइ।
48785 निमोनियाँ ना. छातीभित्र चिसो पसेर फोक्सो सुनई दम र ज्वर आउने कडा रोग; ठन्डी घुसेर ज्वर आउने रोगविशेष; दग्धी।
48786 निम्की ना. नुन मिलाई तयार गरिएको मैदाको रोटी वा कुट्के रोटी, नमकिन।
48787 निम्की ना. २. कागतीमा नुन, बिरेनुन र मसला हाली वा नहाली बनाइएको एक प्रकारको अचार।
48788 निम्छरो वि. धन, बुद्धि, विद्या आदि सबै कुराबाट नाजुक स्थितिको; कमजोर।
48789 निम्छरो वि. २. दुब्लो पातलो ; निर्बलियो।
48790 निम्जो ना. काम आदिको आरम्भ; थालनी; थाल्नी; श्रीगणेश; खेवारा।
48791 निम्ठिनु अ.क्रि. निम्ठो हुनु;भरिनु; पूरै भरिनु।
48792 निम्ठो ना. माना, पाथी, आदि नापोमा झुसी नभई केवल बिटसम्म पुगेको भराइ, भाँडामा चुलिएको अन्न आदिको भाग छप्का काटेर बिट बराबर रहेको नापो।
48793 निम्ठो ना. वि. २. उक्त नापो बराबरको।
48794 निम्ठ्याइ ना. निम्ठो पार्ने क्रिया वा प्रक्रिया।
48795 निम्ठ्याइनु क.क्रि. निम्ठो तुल्याइनु।
48796 निम्ठ्याउनु स.क्रि. / प्रे. क्रि. निम्ठो तुल्याउनु।
48797 निम्तारु/निम्तारो / निम्तालु वि. निम्तोमा आउने।
48798 निम्तारु/निम्तारो / निम्तालु वि. ना. २. निम्तोमा आउने व्यक्ति।
48799 निम्ति ना. यो. लागि; खातिर, निमित्त (उदा.- रामका निम्ति कृष्णले के पो गर्न बाँकी राख्यो र !)।
48800 निम्तिनु अ.क्रि. निम्तो पाइनु; निम्तोमा पारिनु;निम्त्याइनु।