Dictionary

All Word

48701 निभ्नु अ.क्रि. बलिरहेको आगो, बत्ती आदि बल्न छोड्नु, आगो, बत्ती आदि मर्नु।
48702 निभ्नु अ.क्रि. २. झगडा आदि टुङ्गिनु, समाप्त हुनु।
48703 निभ्नु अ.क्रि. 3. तेज घट्नु, पराक्रम सकिनु, निस्तेज हुनु।
48704 निभ्नु अ.क्रि. ४. मर्नु।
48705 निभाइ ना. निभ्ने क्रिया वा प्रक्रिया।
48706 निभाइनु क.क्रि. निभ्ने तुल्याइनु।
48707 निभाउनु प्रे. क्रि. / स.क्रि. निभ्ने पार्नु; निस्तेज गराउनु।
48708 निभृत वि. गुप्त रूपमा राखिएको; गुप्।
48709 निभृत वि. २. भरिभराउ भएको।
48710 निभृत वि. ३. सुटुक्क; चुपचाप।
48711 निम ना. बकाइनाका जस्ता पात हुने, खैरा मसिना फूल फुल्ने, खिर्नीका आकारका फल फल्ने र फल, पात, काठ आदि सबै तीता हुने एक जातको रुख।
48712 निमक ना. पानी पर्नासाथ पग्लने तथा तरकारी, दाल आदिलाई स्वादिलो बनाउन मिलाइने नुनिलो चूर्ण वा ठोस पदार्थ,नुन, लवण।
48713 निमक ना. २. सरकार वा मालिक आदिबाट कमाएको दानापानी; आजीविका; नमक।
48714 निमक हराम वि. जीविका चलाइदिने व्यक्तिको सोझो नचिताउने; निमकको सोझो नगर्ने; निमेक हराम; कृतघ्न।
48715 निमक हरामी ना. निमकको सोझो नगर्ने भाव वा अवस्था।
48716 निमक हलाल वि. जीविका चलाइदिनेको अनुकूल काम गर्ने;निमकको सोझो चिताउने; कृतज्ञ।
48717 निमक हलाली ना. निमकको सोझो गर्ने क्रिया वा भाव; कृतज्ञता।
48718 निमग्न वि. कुनै काम, व्यवसाय वा अध्ययन आदिमा पूर्ण रूपले लागेको; तल्लीन; तन्मय।
48719 निमग्न वि. २. गहिराइमा पुगेको; डुबेको;मग्न।
48720 निमज्जन ना. पानीमा मारिने डुबुल्की; गोता।
48721 निमज्जित वि. डुबेको।
48722 निमठ्नु स.क्रि. कुनै वस्तु जोरले समातेर बाटिने गरी घुमाउनु; बटार्नु।
48723 निमठ्नु स.क्रि. २. बोट बिरुवाको मुन्टो निमोठ्नु; टाउको मर्काउनु।
48724 निमठ्नु स.क्रि. ३. कपडा आदि बटारेर निचोर्नु।
48725 निमठ्नु स.क्रि. अ.क्रि. ४. आन्द्रा बटारिने गरी पेट दुख्नु; पीडा हुनु।
48726 निमठाइ ना. निमठ्ने भाव, क्रिया वा प्रक्रिया।
48727 निमठिनु क.क्रि. निमठ्ने काम गरिनु।
48728 निमठिनु क.क्रि. अ.क्रि. २. निमठाइमा पर्नु।
48729 निमठ्याइ ना. निमठिने भाव, क्रिया वा प्रक्रिया; निमोठ्‌याइ।
48730 निमठ्याइनु क.क्रि. निमठ्न लाइनु।
48731 निमठ्याइलो वि. निमट्ठिएलाजस्तो; निमट्ठयाइ - स्वाउँदो।
48732 निमठ्याउनु प्रे. क्रि. निमठ्न लाउनु; निमोठ्याउनु।
48733 निमठ्याहट ना. निमठिने भाव, अवस्था वा क्रिया; निमठ्याइ।
48734 निमन ना. औषधीको प्रभाव आदिले शारीरिक रोग कम हुँदै गएको अवस्था; निको; सन्चो।
48735 निमन ना. वि. २. असल; बेस।
48736 निमन ना. ३. सफा; शुद्ध; चोखो।
48737 निमन्त्रक वि. विवाह वा अन्य यस्तै उत्सवमा बोलाउने; निम्तो दिने; निमन्त्रणा गर्ने।
48738 निमन्त्रक वि. ना. २. निम्त्याउने व्यक्ति।
48739 निमन्त्रण ना. कुनै उत्सव आदिमा सामेल हुन बोलाउने काम;निमन्त्रणा।
48740 निमन्त्रण पत्र ना. निम्तो पठाउने कार्ड वा चिठी।
48741 निमन्त्रणा ना. भोज, विवाह, उत्सव आदि कार्यमा कुनै व्यक्तिलाई निर्धारित समय र स्थानमा उपस्थित हुन गरिने अनुरोध;निम्तो; निमन्त्रण।
48742 निमन्त्रणा पत्र ना. निम्तो पठाउने कार्ड वा चिठी; निमन्त्रणपत्र।
48743 निमन्त्रित वि. निम्त्याइएको; बोलाइएको; निम्तो गरिएको।
48744 निमारो ना. तिमिलो; नेभारो; निबारो; बेडु।
48745 निमिट्यान्न वि. जो भएको सबै सकिएको; पूरै समाप्।
48746 निमिट्यान्न वि. ना. २. पूर्ण समाप्ति।
48747 निमित्त ना. कुनै घटना वा कार्यको आदि हेतु; कारण।
48748 निमित्त ना. २. उत्तेजना।
48749 निमित्त ना. ३. ध्येय; लक्ष्य; उद्देश्य।
48750 निमित्त ना. ४. लक्षण; प्रतिक्रिया।