Dictionary

All Word

48651 निप्टाइ ना. निब्टाइ।
48652 निप्टाइनु क.क्रि. निप्टने पारिनु।
48653 निप्टाउनु स.क्रि. / प्रे. क्रि. निप्टने पार्नु वा पार्न लाउनु।
48654 निफन्नु स.क्रि. नाङ्लामा हाली फट्कारेर अन्न आदिमा मिसिएको धुलो, कसिङ्गर, भूस आदि छुट्ट्याउनु;नाङ्लाले अन्न आदि केलाउनु।
48655 निफन्नु स.क्रि. २. अर्काको चेवाचर्चा गर्नु; अर्काको कुरा काट्नु।
48656 निफननाफन ना. नाङ्लाले फटकारेर धुलो, कसिङ्गर, भुस आदि छुट्ट्याउने काम, निफन्नेर केलाउने काम।
48657 निफनाइ ना. निफन्ने क्रिया वा प्रक्रिया।
48658 निफनाइनु क.क्रि. निफन्न लगाइनु।
48659 निफनाउनु प्रे. क्रि. निफन्न लगाउनु।
48660 निफनिनु क.क्रि. निफन्ने काम गरिनु।
48661 निफनिनु क.क्रि. अ.क्रि. २. निफनिएको होइन।
48662 निफनुवा वि. निफनेको।
48663 निफनुवा वि. २. निफन्ने।
48664 निफर वि. कमजोर; निर्धो; दुर्बल।
48665 निफुल्कनु अ.क्रि. बचेचढेको हुनु; फुर्किएर कसैलाई नटेर्नु; मात्तिनु।
48666 निफुल्कनु अ.क्रि. २. निखुल्कनु।
48667 निफुल्काइ ना. निफुल्कने क्रिया वा प्रक्रिया।
48668 निफुल्किनु अ.क्रि. निफुल्केको हुनु।
48669 निफुल्क्याइ ना. निफुल्किने काम वा किसिम।
48670 निफुल्क्याइनु क.क्रि. निफुल्किने पारिनु।
48671 निफुल्क्याउनु प्रे. क्रि. / स.क्रि. निफुल्किने पार्नु।
48672 निफुल्क्याउनु प्रे. क्रि. / स.क्रि. २. मत्याउनु।
48673 निफुल्क्याउनु प्रे. क्रि. / स.क्रि. ३. खुत्याउनु।
48674 निफुल्क्याहट ना. निफुल्क्याइ।
48675 निब ना. लेख्नका लागि होल्डर,फाउन्टेनपेन आदिमा जडिने (जड्न, झक्न मिल्ने) धातुको टाँका, होल्डर, फाउन्टेनपेन आदिको टुँडो।
48676 निबद्ध वि. नफुस्किने गरी बाँधिएको; राम्ररी बाँधिएको; बद्ध।
48677 निबद्ध वि. २. उनिएको।
48678 निबद्ध वि. ३ . लेखिएको।
48679 निबद्ध वि. ४. जडिएको।
48680 निबन्ध ना. कुनै विषयलाई लिएर कल्पनात्मक वा वस्तुगत पाराले गद्यमा लेखिएको छोटो साहित्यिक रचना; साहित्यको एक गद्य विधा।
48681 निबन्ध ना. २. राम्रोसँग बाँध्ने काम।
48682 निबन्धकार ना. निबन्ध लेख्ने लेखक।
48683 निबन्धन ना. बाँध्ने काम बन्धन।
48684 निबन्धन ना. २. निबन्धका रूपमा लेख्ने काम; निबन्ध-शिल्प।
48685 निबन्धात्मक वि. निबन्धका रूपमा बनेको निबन्धका आकारको।
48686 निबन्धात्मकता निबन्धात्मक हुनाको भाव वा स्थिति।
48687 निबा ना. एक जातको बाँस।
48688 निबारो ना. ठुलठुला पात हुने, डाले घाँसका रूपमा प्रयोगमा आउने एक प्रकारको रुख।
48689 निबिड वि. घना, आपट्टे, बाक्लो।
48690 निबिड वि. २. कठिन।
48691 निबुवा ना. गोलो किसिमको एक प्रकारको अमिलो फल वा त्यसको काँडादार वृक्ष।
48692 निब्टनु अ.क्रि. कुनै कामकुरो भने-सोचेजस्तो गरी सफल हुनु; फत्ते हुनु; तामेल हुनु।
48693 निब्टनु अ.क्रि. २. गर्न लागेको काम-कुरोबाट फुर्सद पाउनु।
48694 निब्टाइ ना. निब्टने किसिम, क्रिया वा भाव।
48695 निब्टाइनु क.क्रि. निब्टने पारिनु।
48696 निब्टाउनु प्रे. क्रि. / स.क्रि. निब्टने पार्नु वा पार्न लगाउनु।
48697 निब्टिनु अ.क्रि. निब्टने हुनु; निब्टनु।
48698 निब्टयाइ ना. निब्टिने क्रियाप्रक्रिया।
48699 निब्टयाइनु क.क्रि. निब्टिने पारिनु।
48700 निब्टयाउनु प्रे. क्रि. / स.क्रि. तामेल गर्नु वा टुङ्ग्याउनु; निब्टाउनु।