Dictionary

All Word

48501 नितम्बिनी ना. २. तरुनी राम्री आइमाई।
48502 नितम्बिनी ना. ३. स्त्री; आइमाई।
48503 नितम्बिनी ना. वि. ४. ठुलो नितम्ब हुने; चाके (स्त्री)।
48504 नितम्बी वि. ठुलो नितम्ब हुने; चाके ( पुरुष )।
48505 नितान्त क्रि.वि. एकदम; बिलकुल।
48506 नितान्त क्रि.वि. २. अत्यन्त; सर्वथा।
48507 नितान्त क्रि.वि. वि. ३. पूरै।
48508 नित्य क्रि.वि. कहिल्यै नबिराईकन; अटुट रूपमा; लगातार; सधैं; निरन्तर, अनवरत; दिनदिनै; प्रतिदिन।
48509 नित्य क्रि.वि. वि. २. कहिल्यै नाश नहुने; सधैं रहिरहने; अविनाशी।
48510 नित्यकर्म/कृत्य/क्रिया ना. दिनदिनै गरिने काम; प्रतिदिनको काम; दैनिक कर्म (शौच, स्नान, पूजापाठ आदि दैनिक क्रिया)।
48511 नित्यता/त्व ना. नित्य हुनाको भाव वा अवस्था; निरन्तरता।
48512 नित्यता/त्व ना. २. अविनाशिता; शाश्वतता।
48513 नित्यदान ना. प्रत्येक दिन एकै विधिका साथमा गरिने दान।
48514 नित्यप्रति क्रि.वि. प्रतिदिन; दिनहुँ; सधैँ।
48515 नित्ययज्ञ ना. सधैँ गरिने यज्ञ।
48516 नित्यशः क्रि.वि. सधैँभरि; सधैँ।
48517 नित्यसन्धि ना. वैकल्पिक रूपमा नहुने सन्धि; हुने र नहुने विकल्प नभएको सन्धि।
48518 नित्यसंज्ञा ना. सधैँ एउटै रहिरहने संज्ञा; स्थायी रूपमा रहिरहने संज्ञा।
48519 नित्यसंज्ञा ना. २. अविनाशी नाम।
48520 नित्यानन्द ना. अविरल रूपमा भइरहने आनन्द।
48521 नित्यानन्द ना. २. भगवान्।
48522 नित्यानन्द ना. वि. ३. सधैँ आनन्दपूर्वक रहने; सदानन्द।
48523 नित्रेनी ना. धेरै हिँड्दा; कुनै अप्ठ्यारो काम गर्दा वा लामो समयसम्म काम गर्दाको परिश्रमले हुने शारीरिक शिथिलता; शारीरिक ग्लानि; थकावट।
48524 नित्र्यान्न क्रि.वि. थकाइले शरीर शिथिल भएर; लस्त हुँदै; थाक्ने किसिमले।
48525 निथाचुर/निथाचूर्ण क्रि.वि. पूरै भिज्ने गरी; निथ्रुक्क; सतचूर्ण।
48526 निथार्नु स.क्रि. पानी आदि तरल पदार्थ राखिएको वा भएको ठाउँबाट नसिद्धिएसम्म चुहाउनु वा बगाउनु; पानी आदि तरल पदार्थ अलि-अलि गरेर चुहाउँदै वा बगाउँदै सिद्ध्याउनु।
48527 निथार्नु स.क्रि. २. कुनै पनि कुरो सक्नु; सिद्ध्याउनु।
48528 निथार ना. चुहिएर वा बगेर बाँकी रहेको वस्तु निथ्रेर बाँकी रहेको वस्तु।
48529 निथार ना. २. अवशेष।
48530 निथारपिथार ना. बगेर, चुहिएर वा निथ्रेर बाँकी रहेको वस्तु;अवशेष।
48531 निथाराइ ना. निथार्ने वा निथ्रिने क्रिया-प्रक्रिया।
48532 निथारिनु क.क्रि. निथार्ने काम गरिनु; निथ्राइनु।
48533 निथ्रनु अ.क्रि. पानी आदि तरल पदार्थ बिस्तारै- बिस्तारै भएजति जम्मै चुहुनु वा बग्नु।
48534 निथ्रनु अ.क्रि. २. पानी आदि तरल पदार्थ अलि-अलि गरेर बग्दै सिद्धिनु।
48535 निथ्रनु अ.क्रि. ३ समाप्त हुनु;शेष नरहनु।
48536 निथ्राइ ना. निथ्रने किसिम; क्रिया वा भाव।
48537 निथ्राइनु क.क्रि. निथ्रने पारिनु।
48538 निथ्राइलो वि. निथ्रने स्वभावको।
48539 निथ्राउनु स.क्रि. / प्रे. क्रि. निथार्नु वा निथ्रने पार्नु।
48540 निथ्राहट ना. निथ्राइ।
48541 निथ्रिनु अ.क्रि. निथ्रेको होइन; निथारिनु।
48542 निथ्रिनु अ.क्रि. २. निथ्रनु।
48543 निथ्रुक्क क्रि.वि. पानी वा पसिनाले सम्पूर्ण शरीर बेसरी भिज्ने गरी; झरीमा बेसरी रुझ्ने किसिमले; निथाचूर्ण।
48544 निथ्रेनी ना. निथ्रेर वा थिग्रेर बाँकी रहेको थिग्रेनी; निथार।
48545 निथ्य्राइ ना. निथ्रिने क्रिया वा प्रक्रिया।
48546 निथ्य्राइनु क.क्रि. निथ्राइनु; निथारिनु।
48547 निथ्य्राउनु प्रे.क्रि. निथार्नु।
48548 निथ्य्राहट ना. निथ्य्राइ।
48549 निदर्श ना. कुनै वस्तु वा कुराको अन्वेषण; परीक्षण गर्दा मूल वा समग्रताको राम्रोसँग प्रतिनिधित्व गर्ने केही अंश।
48550 निदर्शक वि. कुनै वस्तु वा कुरालाई देखाउने; प्रदर्शक।