Dictionary

All Word

48451 निछोट्नु स.क्रि. ३. निफन्नु।
48452 निछोट्नु स.क्रि. ४. माझ्नु।
48453 निछोटाइ ना. निछोट्ने भाव, क्रिया वा प्रक्रिया।
48454 निछोटाइनु क.क्रि. निछोट्न लाइनु।
48455 निछोटाउनु प्रे. क्रि. निछोट्न लाउनु।
48456 निछोटाहट ना. निछोटाइ।
48457 निछोटिनु क.क्रि. निछोट्ने काम गरिनु।
48458 निछ्याम ना. कुनै किसिमको शब्द नभएको अवस्था वा बेला निस्तब्धता; सन्नाटा; सुनसान।
48459 निछ्याम ना. २. दिनको बिचको समय; मध्याह्न।
48460 निज सर्व. खास आफै; आफू; स्वयम्।
48461 निज सर्व. २. सो; ऐजन।
48462 निज सर्व. वि. ३. आफ्नो।
48463 निज सर्व. ४. फलानु।
48464 निज सर्व. ५. उक्त; सो।
48465 निजा वि. आफ्नै; निजी; स्वकीय; व्यक्तिग।
48466 निजात्मक वि. आफ्ना भावना र विचारको स्वतन्त्र अभिव्यक्ति भएको र स्वयम्को व्यक्तित्वसँग नै बढी सम्बन्धित भएको; आत्मपरक; व्यक्तिनिष्ठ।
48467 निजात्मकता ना. निजात्मक हुनाको भाव, गुण वा अवस्था।
48468 निजात्मक निबन्ध ना. आत्मपरक निबन्ध।
48469 निजात्मक शैली ना. लेखाइको भावनामूलक शैली।
48470 निजामती ना. राज्यप्रशासनको जङ्गीबाहेकका प्रशासकीय र अदालती सबै शाखा।
48471 निजामती ना. वि. २. प्रशासनसम्बन्धी र दिवानी अदालतसम्बन्धी ( कर्मचारी, अड्डा आदि)।
48472 निजामती सेवा ना. नेपाल सरकारको सैनिक र प्रहरीसेवाबाहेक सबै मन्त्रालय र सबै विभागअन्तर्गतको सेवा; नेपाल सरकारका जङ्गीबाहेकका प्रशासकीय विभिन्न शाखा- प्रशाखासँग सम्बन्धित सेवा।
48473 निजामती सेवा नियमावली ना. निजामती सेवासम्बन्धी नियमावली, जङ्गी - प्रहरीबाहेक अन्य कर्मचारीसम्बन्धी नियमावली।
48474 निजायत ना. खास आफ्नो काम; निजी काम; आफूतर्फको काम; घरायस।
48475 निजायत ना. २. घरव्यवहार।
48476 निजायती वि. आफ्नै घरव्यवहारसम्बन्धी; घरायसी;घरेलु; निजी।
48477 निजी वि. अरू कसैसँग सम्बन्ध नभई आफूसँग मात्र सम्बन्ध भएको; आफ्नो।
48478 निजी वि. २. कुनै एक वर्ग वा व्यक्तिसित मात्र सम्बन्धित; व्यक्तिग।
48479 निजी वि. ३. आफ्नो मात्र हकको वा हक भोगेको।
48480 निजी उद्योग ना. व्यक्तिविशेषको अधीनमा रही सञ्चालन गरिने उद्योग।
48481 निजी क्षेत्र ना. सरकारी नियन्त्रणमा नरहेको स्वतन्त्र अर्थतन्त्र।
48482 निजी व्यवसायी वि. आफ्नै उद्योगधन्दामा लागेको; व्यक्तिगत रूपमा व्यवसाय गर्ने।
48483 निजी सहायक ना. विशिष्ट धिकारी वा विशिष्ट व्यक्तिका अधीनमा रही त्यस्तो अधिकारी वा व्यक्तिलाई निजको काममा सहायता पुऱ्याउने व्यक्ति।
48484 निजु क्रि.वि. हरहमेसा; हमेसा ; सधैं; नित्य; निम।
48485 निजु क्रि.वि. वि. २. उपस्थित; हाजिर।
48486 निजोर वि . कमजोर; निर्धो।
48487 निट्ठा वि . एकरङ्गे; एकछायाँ।
48488 निट्ठा वि . २. कोरा।
48489 निट्ठा वि . (उदा.- ऊ निट्ठा मूर्ख रहेछ)।
48490 निट्ठा वि . ३. एकसरे।
48491 निट्ठै क्रि.वि. अलिकति पनि; थोरै पनि; निमिट्यान्न।
48492 निठुर / निठुरी वि. दयामाया नभएको, निष्ठुर; क्रूर।
48493 निठुर्‍याइँ ना. निठुर हुनाको भाव वा अवस्था, निष्ठुरता।
48494 निडर वि. मनमा डर नभएको; कसैको भय नमान्ने; कोहीदेखि नडराउने; सरो, शूर, निर्भय।
48495 नित क्रि.वि. नित्य; सधैँ।
48496 नितम्ब ना. कम्मरमुनिको पृष्ठ भाग; फिलो; पुट्ठा; चाक।
48497 नितम्बकस ना. चाक टिमिक्क कसिने गरी लगाइने लुगा वा त्यस्तो पहिरन।
48498 नितम्बबिम्ब ना. बाटुलो चाक।
48499 नितम्बास्थि ना. नितम्ब वा फिलाको हाड; पुट्ठाको हाड।
48500 नितम्बिनी ना. ठुलो र आकर्षक नितम्ब भएकी स्त्री।