Dictionary

All Word

48301 निक्खर / निक्खरा वि. २. कुनै दोष, दाग नभएको; निखरा; निखुर।
48302 निक्लनु अ.क्रि. भइरहेको देश, ठाउँ, गरिरहेको काम आदिबाट बाहिर हुनु।
48303 निक्लनु अ.क्रि. २. नदेखिएको वा लुकेर बसेको वस्तु बाहिर आउनु;निस्कनु;देखा पर्नु।
48304 निक्लनु अ.क्रि. ३. अप्ठ्यारो पार गर्नु।
48305 निक्लनु अ.क्रि. ४. बन्धनबाट मुक्त हुनु।
48306 निक्लनु अ.क्रि. ५. उत्पन्न हुनु;पैदा हुनु; उम्रनु।
48307 निक्लाइ ना. निक्लने क्रिया वा प्रक्रिया।
48308 निक्लिनु अ.क्रि. हे. निक्लनु।
48309 निक्षिप्त वि. फालिएको; फ्याँकिएको; मिल्काइएको।
48310 निक्षिप्त वि. २. धरोट राखिएको।
48311 निक्षिप्त वि. ३ ब्याङ्क आदिमा जम्मा गरिएको।
48312 निक्षेप ना. कुनै वस्तुलाई फ्याँक्ने काम; मिल्काउने काम।
48313 निक्षेप ना. २. कुनै वस्तुलाई कतै राख्ने काम थन्क्याइ।
48314 निक्षेप ना. ३. चाहिएको बेलामा फिर्ता लिने गरी विश्वासपूर्वक कसैलाई कुनै वस्तु राख्न दिने काम; धरोट;नासो।
48315 निक्षेप ना. ४. आर्थिक कारोबार गर्ने कुनै संस्थाको सेयर वा हिस्सा किनेर पैसा हाल्ने काम; लगानी।
48316 निक्षेप ना. ५. ब्याङ्कको खातामा जम्मा गरिने रकम वा धन।
48317 निक्षेपक वि. कुनै वस्तुलाई फ्याँक्ने वा फाल्ने, मिल्काउने।
48318 निक्षेपक वि. २. कुनै वस्तुलाई जम्मा राख्ने; धरौटी राख्ने।
48319 निक्षेपक वि. ३. आर्थिक कारोबार गर्ने; कुनै संस्थाको सेयर किन्ने।
48320 निक्षेपक वि. ना. ४. निक्षेप गर्ने साधन वा व्यक्ति।
48321 निक्षेपण ना. निक्षेप गर्ने कार्य वा प्रणाली।
48322 निक्षेपित वि. निक्षेप गरिएको।
48323 निक्षेपी वि. / ना. निक्षेपक।
48324 निक्षेप्ता वि. / ना. निक्षेपी।
48325 निक्सारी ना. निकासा गर्ने काम।
48326 निक्सारी ना. २. राणा शासनकालमा बिन्तीपत्र वा उजुरीको निकासा दिने अड्डा वा फाँट।
48327 निखट्ट/निखट्टु वि. खराब बानीबेहोराले गर्दा कतै टिक्न वा कसैसित मिल्न नसकेको।
48328 निखट्ट/निखट्टु वि. २. कुनै कामकाज नभएको निकम्मा; बेकम्मा।
48329 निखट्ट/निखट्टु वि. ३. अभावग्रस्।
48330 निखट्ट/निखट्टु वि. ना. ४. खाँचो; अभाव।
48331 निखन्नु स.क्रि. बन्धकी, धरौटी वा धितो राखिएको कुनै वस्तु, घरजग्गा आदि रुपियाँ तिरेर फिर्ता लिनु।
48332 निखनाइ ना. निखन्ने किसिम, क्रिया वा भाव।
48333 निखनाइनु क. क्रि. निखन्न लाइनु।
48334 निखनाउनु प्रे. क्रि. निखन्न लगाउनु।
48335 निखनिनु क.क्रि. बन्धकी, धितो वा धरौटी राखिएको कुनै वस्तु, घर-जग्गा आदि रुपियाँ तिरेर फिर्ता लिइनु।
48336 निखर वि. हे. निक्खर।
48337 निखलाम ना. / वि. हे. निख्लाम।
48338 निखर्व ना. दश हजार करोडको सङ्ख्या; सय अरबको सङ्ख्या।
48339 निखर्व ना. वि. २. दश हजार करोड; सय अरब।
48340 निखर्व ना. ना. ३. बाउन्ने;पुड्के।
48341 निखार्नु स.क्रि. भएको चिजबिज वा सम्पत्ति सिद्ध्याउनु, धुलो पनि शेष नराखी खतम पार्नु; खङ्गार पार्नु।
48342 निखार्नु स.क्रि. २. निथार्नु।
48343 निखार ना. निखेर निथ्रेर वा थिग्रेर बाँकी रहेको वस्तु; निथार; थिग्रेनी।
48344 निखाराइ ना. निखार्ने क्रिया वा प्रक्रिया।
48345 निखारिनु क.क्रि. निख्रने तुल्याइनु।
48346 निखित्ते ना. कुनै विशेष अनुष्ठानका निम्ति कुनै आचरणको परित्याग।
48347 निखित्ते ना. २. निषेध।
48348 निखिल वि. सम्पूर्ण; सारा; जम्मै; अखिल।
48349 निखुट वि. खोट वा दोष नभएको; निर्दोष; निखुर।
48350 निखुनी वि. खुनी नभएको; कुनै खुन खोट नलागेको;निर्दोष; बेदाग।