Dictionary

All Word

48251 निकाल्नु स.क्रि. ६. अरूले पत्ता नलगाएको कुरो वा वस्तु पत्ता लगाउनु; कुनै नयाँ कुरो वा वस्तुको आविष्कार गर्नु।
48252 निकाल्नु स.क्रि. ७. फुर्ती; ढाँचा आदि झक्नु।
48253 निकाल्नु स.क्रि. ८. कुनै पदार्थमा बुट्टा वा बान्की निकाल्नु।
48254 निकाला ना. कसैलाई उसको इच्छाविरुद्ध बसिरहेको देश; ठाउँ;कामकाज आदिबाट निकाल्ने काम निकालावास; निष्कासन।
48255 निकाला ना. २. कुनै ठाउँबाट कसैलाई लखेट्ने काम; धपाउने काम।
48256 निकालाइ ना. निकाल्ने क्रियाप्रक्रिया।
48257 निकालाबास ना. कसैलाई कुनै देश; ठाउँ; कामकाज आदिबाट निकाल्ने काम; निकाला।
48258 निकालिनु क.क्रि. निक्लने पारिनु।
48259 निकास्नु स.क्रि. अप्ठ्यारोमा फसेको कुनै व्यक्ति वा वस्तुलाई त्यसबाट मुक्त गराउनु।
48260 निकास्नु स.क्रि. २. दुःखमा परेको व्यक्तिलाई त्यसबाट बाहिर निकाल्नु; उकास्नु।
48261 निकास्नु स.क्रि. ३. निकास खोल्नु; निकाल्नु।
48262 निकास्नु स.क्रि. ४. निकासा गराउनु।
48263 निकास ना. बाहिरबाट भित्र पस्ने र भित्रबाट बाहिर निक्लने ठाउँ।
48264 निकास ना. २. गाउँ वा सहरको बाहिरी खुला जमिन; सार्वजनिक जमिन; गौचरन।
48265 निकास ना. ३. नालको वा फोहोर मैला भएको पानी निस्कने ठाउँ; ढल।
48266 निकास ना. ४. बचत; उकास।
48267 निकास ना. ५. मार्ग; बाटो; माध्यम।
48268 निकासा ना. सरकारद्वारा कसैको आवेदनउपर लगाइने सकारात्मक तोक।
48269 निकासा ना. २. कुनै वस्तु बाहिर पठाउने काम; निकासी।
48270 निकासा ना. ३. रकम वा अधिकारबारे माथिल्ला तहबाट तल्ला तहलाई दिइएको स्वीकृति।
48271 निकासा ना. निकास्ने क्रिया वा प्रक्रिया।
48272 निकासापुकासा ना. निकासा, आदेश आदि।
48273 निकासिनु क.क्रि. निकासिने पारिनु।
48274 निकासी ना. कुनै वस्तु स्वदेशबाट विदेश पठाउने काम।
48275 निकासी ना. २. निकासाको आदेश।
48276 निकासी ना. ३. लुकेर बसेको वा रोकिइरहेको कुनै वस्तुलाई निकाल्ने वा बाहिर पठाउने काम।
48277 निकासीकर्ता ना. कुनै मालसामान वा अन्य कुनै कुराको निकासी गर्ने व्यक्ति।
48278 निकासी पिकासी ना. हे. निकासीपुकासी।
48279 निकासी पुकासी ना. निकासा गर्ने वा गराउने काम, निकासीको आदेश दिने वा लिने काम।
48280 निकासी पुर्जी ना. एक ठाउँबाट अर्को ठाउँमा मालसामान निकासी गर्ने आदेशपत्र; निकासीका निम्ति दिइएको पुर्जी।
48281 निकासी पैठारी ना. व्यापारिक मूल्यका मालसामान आफ्नो देशबाट अर्को देशमा पठाउने र अर्को देशबाट आफ्नो देशमा झकाउने काम; निकासी र पैठारी, आयात-निर्या।
48282 निकुञ्ज ना. लहराहरू र बाक्लो रुखहरू भएको ठाउँ।
48283 निकुञ्ज ना. २. लतामण्डप, लतागृह।
48284 निकुञ्ज ना. ३. बोट-बिरुवा; जनावर आदि।
48285 निकुञ्ज ना. वन्य सम्पदाको सुरक्षाका उद्देश्यले निर्माण गरिएको स्थल; आरक्षण।
48286 निकुञ्जिका ना. सानो निकुञ्ज।
48287 निकृष्ट वि. सामान्य स्थितिभन्दा ज्यादै तल गिरेको; एकदमै तल्लो तहको।
48288 निकृष्ट वि. २. नीच प्रवृत्तिको; नीच; अधम;तुच्छ;हेय।
48289 निकृष्टता ना. निकृष्ट हुनाको गुण वा भाव; नीचता; तुच्छता;हीनता।
48290 निकेत / निकेतन ना. घर, वासस्थान, निवास।
48291 निकेत / निकेतन ना. निकै- वि. [निको+ ऐ ]१. प्रशस्त मात्रामा भएको; धेरै प्रशस्त; मनग्गे।
48292 निकेत / निकेतन ना. २. आरामै सन्चै।
48293 निकेत / निकेतन ना. क्रि.वि. ३. धेरै नै प्रशस्त मात्रामा; खुबै; प्रशस्तै।
48294 निको वि. राम्रो बानीबेहोरा भएको; असल चालचलन वा बढिया स्वभावको; जाती; बेस।
48295 निको वि. २. मन परेको;रुचिकर; मनपर्ने।
48296 निको वि. ३. थाकेको; चाउरी परेको ( घाउ आदि )।
48297 निको वि. ४. जाती भएको (रोग आदि)।
48298 निको वि. ना. ५. सुब्बेफाप्पे ; कुशल- मङ्गल; क्षेमकुशल।
48299 निकोर्सि क्रि.वि. जुन दिनदेखि गन्ती गरिएको हो त्यसलाई समेत लिएर त्यसपछि आउने चौथो दिन पर्सिको भोलिपल्टको दिन;निपर्सि।
48300 निक्खर / निक्खरा वि. अरू कुनै कुरा नमिसिएको; अरू रङ वा जात नभएको; चोखो; शुद्ध; निखर।