Dictionary

All Word

48101 नालिका ना. कमलको डाँठ।
48102 नालिका ना. २. हात्तीलाई सघाउने अङ्कुसे।
48103 नालिका ना. ३. छालाको कोर्रा।
48104 नालिका ना. ४. डुंड।
48105 नालिश ना. हे. नालिस।
48106 नालिस ना. कुनै व्यक्ति वा संस्थाद्वारा आफूमाथि अन्याय भएको लागेमा उचित दण्ड सजाय वा क्षतिपूर्तिका निम्ति अदालत वा सम्बन्धित अधिकारीसमक्ष गर्ने रीतपूर्वकको उजुरी, फिराद;इजहार, नालेस।
48107 नाली ना. फोहर पानी बग्ने ढल, नाल।
48108 नालीबेली ना. कुनै वस्तु वा कुराको आद्योपान्त वर्णन; बेहोरा सबै बुझाएर गरिएको वर्णन, सविस्तार वर्णन; बेलीबिस्तार।
48109 नालीबेली ना. २. पत्ता नलागेमा खन्न असजिलो हुने तरुल, भ्याकुर आदिको लहरो र फेद।
48110 नालु ना. एक किसिमको सन; सनपाट।
48111 नालु ना. २. अमिलो स्वादको फूल फुल्ने उक्त सनपाटको वृक्ष; चन्ना; चन्नी।
48112 नालु कुरो ना. धेरै आकारको पात हुने गुलाफी फूल फुल्ने, आयुर्वेदमा जरालाई बाथरोगको शमन गर्ने भनिएको, घण्टीफूलका समूहको साधारण बोट; चन्ना; चन्नी।
48113 नालु फूल ना. नालुको जस्तो बोट र फर्सीका जस्ता फुस्रा पात र फिका गुलाफी रङका थुंगा हुने जङ्गली फूल; त्यसैको बोट।
48114 नाले ना. दुवैतिरका आँखा नकाटीकन एकापट्टिको आँखा छेडी काठको ठेडीजस्तो बिर्को लगाउन हुने गरी बनाइएको बाँसको ढुङ्ग्रो।
48115 नालेस ना. हे. नालिस।
48116 नाविक ना. नदीमा डुङ्गा चलाउने पेसा भएको व्यक्ति वा जाति।
48117 नाविक ना. २. नाउमा बसेर यात्रा गर्ने व्यक्ति।
48118 नाविक सूची ना. जहाज हाँक्ने कर्मचारीहरूले प्रयोग गर्ने गति, दिशा, समय आदिको विवरण दिने उपकरण।
48119 नाविक सूची ना. २. उक्त उपकरणबाट प्राप्त सूचना।
48120 नावी ना. माझी, बोटे।
48121 नाव्य वि. नाउद्वारा पार गर्नुपर्ने, डुङ्गाद्वारा तर्नुपर्ने।
48122 नाव्य वि. २. नाउ वा डुङ्गा चलाउन हुनेसम्म पानी भएको।
48123 नाश ना. भइरहेको वा देखिइरहेको कुनै वस्तु नहुने वा नदेखिने स्थिति अस्तित्वविहीन बन्ने स्थिति; विनाश; सत्यानाश; विध्वंश; बरबादी।
48124 नाश ना. २. धामीझाँक्रीका अनुसार बोक्सी आदिको कुदृष्टि परी खानामा उत्पन्न हुने अरुचि वा त्यसरी अरुचि उत्पन्न गराउने कुदृष्टि; नाश-बिगार।
48125 नाशक वि. भइरहेको वस्तुलाई नहुने वा नरहने स्थितिमा पुऱ्याउने; नाश गर्ने; नष्ट पार्ने; सत्यानाश पार्ने; बिगार्ने।
48126 नाशक वि. २. मार्ने।
48127 नाशक वि. ३. हटाउने।
48128 नाशकारी वि. नाश गर्ने; नाशक।
48129 नाशबिगार ना. नाश गर्ने र बिगार गर्ने; नाश र बिगार;हानिनोक्सानी; बरबादी।
48130 नाशबिगार ना. २. खाने कुरामा अरुचि पैदा हुने बेथा वा रोग; नाश।
48131 नाशवान् वि. धेरै समयसम्म नटिक्ने; नाश हुने; अनित्य, अस्थायी।
48132 नास्तु स.क्रि. भइरहेको वा देखिइरहेको वस्तुलाई नहुने वा नदेखिने स्थितिमा पुऱ्याउनु, नाश गर्नु, विध्वंश गर्नु।
48133 नास्तु स.क्रि. २. बनेको वस्तुलाई बिगार्नु, भत्काउनु, लथालिङ्ग पार्नु।
48134 नास्तु स.क्रि. ३. खर्च गर्नु, मास्नु।
48135 नास्तु स.क्रि. ४. खेर फाल्नु।
48136 नास्तु स.क्रि. ५. मार्नु।
48137 नास्तु स.क्रि. ६. तुहाउनु।
48138 नासत्य ना. सूर्यकी विवाहिता पत्नी संज्ञाका एक पुत्र;अश्विनीकुमार।
48139 नासमझ वि. जान्ने र बुझ्ने शक्ति नभएको; समझ नभएको; विवेकविचार नभएको; बुद्धिहीन; मूर्ख।
48140 नासमझी ना. मूर्खता; बेबुझक्याइँ।
48141 नासलचोक ना. हनुमानढोकाभित्र रहेको नाट्यशाला भएको पुराना राजाहरूका पालाको चोक।
48142 नासा ना. नाक।
48143 नासापुट ना. नाकका दुई प्वाल, नाकका पोहरा।
48144 नासारन्ध्र ना. नासापुट।
48145 नासिका ना. नाक।
48146 नासिका विवर ना. नाके टोड्की।
48147 नासिकी वि. नासिकाबाट उत्पन्न; नासिक्य।
48148 नासिकी वि. ना. २. नासिका; नाक।
48149 नासिकीकरण ना. अनुनासिक ध्वनि नासिक बन्ने भाषावैज्ञानिक प्रक्रिया; नासिक्यीभवन (उदा.- काशी > काँसी)।
48150 नासिकीभवन ना. अनुनासिक ध्वनिलाई नासिक बनाउने भाषावैज्ञानिक प्रक्रिया; नासिक्यीकरण।