Dictionary

All Word

48051 नारानशिव वि.बो. नारनशिव।
48052 नारायण ना. विष्णु; नारन।
48053 नारायणपाती ना. हे. नारानपाती।
48054 नारायण प्रेस ना. नेपालका जनरल गेहेन्द्रशमशेरले बनाएको पुरानो मुद्रणयन्त्र।
48055 नारायणबलि ना. अपमृत्यु, अकाल मृत्यु आदिले गर्दा अगति परेका वा लामो समयसम्म बेपत्ता भएकाले मृत मानिएका व्यक्तिको और्ध्वदैहिक क्रिया वा प्रेतकर्म गर्नाका निम्ति ब्रह्मा, विष्णु, महेश्वर, इन्द्र र यमको पूजा गरी मृतकको प्रायश्चित्तस्वरूप गरिने संस्कार।
48056 नारायणहिटी दरबार ना. तत्कालीन नेपालको राजदरबार।
48057 नारायणी ना. नारायणकी पत्नी; लक्ष्मी।
48058 नारायणी ना. २. बुढी गण्डकीसहित त्रिशूली र कालीगण्डकी देवघाटमा पुगेर मिलेपछि एउटै बनेको नदीको नाम।
48059 नारायणी ना. वि. ३. नारायणसम्बन्धी, नारायणकी।
48060 नारिनु अ.क्रि. नाराइमा पर्नु।
48061 नारिनु अ.क्रि. क.क्रि. २. नार्ने काम गरिनु।
48062 नारी ना. स्त्री, महिला; आइमाई।
48063 नारी आन्दोलन ना. आफ्नो सामाजिक, आर्थिक आदि स्थितिमा सुधार ल्याउन नारी जातिले चलाएको क्रान्तिकारी अभियान।
48064 नारी समानता ना. नारीहरूले पनि पुरुषहरू सरह सबै क्षेत्रमा समान अधिकार पाउनु पर्छ भन्ने अभिमत वा धारणा।
48065 नारी ना. घोडाको मुखभित्र हालिने लगामको एक प्रकारको काँडादार फलामे अवयव।
48066 नारीघडी ना. नाडीमा बाँध्ने घडी।
48067 नारीछन्द ना. मगणको पाउ भएको छन्द।
48068 नारीछन्द ना. (उदा.- गोर्खाली हैं हामी, शूरामा छौं नामी।
48069 नारीजाति ना. महिला; स्त्रीजाति।
48070 नारीरत्न वि. नारीहरूमा श्रेष्ठ।
48071 नारीरत्न वि. ना. २. उत्तम नारी; शील सौन्दर्यसम्पन्न नारी; गुणवती नारी।
48072 नारीवाद ना. नारी अस्मिता र नारी स्वतन्त्रताप्रति प्रतिबद्ध मान्यता; सिद्धान्त वा आन्दोलन।
48073 नारीश्वर ना. आधा शरीर पुरुष, आधा शरीर नारी भएका एक हिन्दू देवता; अर्धनारीश्वर।
48074 नारु ना. लगभग १८ - २० मिटर अग्लो, पन्जाकार हरियो पात हुने, सेतो र पहेँलो फूल लाग्ने, एक जातको लेकाली बोट, करुको बोट।
48075 नारु ना. २. त्यसैको बुटी।
48076 नारो ना. नारा; जोतारो; हल्लुँड।
48077 नाल ना. घरको फोहोर मैला, जुठो आदि फाल्ने ठाउँ, रछान।
48078 नाल ना. २. कमलको डाँठ।
48079 नाल ना. ३. नली, ढुङ्ग्रो।
48080 नाल ना. ४. फोहोर पानी बग्ने ठाउँ वा निकास (ढल, डँड, पाइप आदि)।
48081 नाल ना. ५. बालकका नाभिक आन्द्रो, साललाई नाइटामा जोड्ने अवयव।
48082 नाल ना. ६. बन्दुक, तोप आदिको गोली निस्कने नली।
48083 नाल ना. ७. थाम वा गारोले छुट्ट्याइने घरको खण्ड।
48084 नाल ना. ८. कोदालीको पासो र पाताका बिचको बाङ्गो भाग।
48085 नाल ना. घोडाका टापमा वा जुत्ताका कुर्कुच्चामा ठोकिने अर्ध-चन्द्राकार फलामे साधन।
48086 नाल ना. २. जुवा खेलाउनेले खेल्नेहरूसँग लिने बहाल वा दस्तुर।
48087 नाल ना. ३. एक प्रकारको सरकारी दस्तुर।
48088 नालबन्दी ना. घोडाको टापमा नाल ठोक्ने काम।
48089 नालबन्दी ना. २. त्यस्तो काम गर्ने पेसा भएको व्यक्ति।
48090 नाला ना. आगो झिक्ने दाबिलोजस्तो साधन।
48091 नाला ना. वर्षा भएका बखतमा मात्र भेल आउने सानोतिनो खोल्सो; सानो खोलो; खहरे।
48092 नाला ना. २. खेतबारीमा पानी पटाउनाका निम्ति बनाइएको ठुलो कुलो, नहर।
48093 नाला ना. ३. फोहोर पानी बग्ने ढल, नल; नाली।
48094 नाला ना. ४. खाँबे घरमा एक खाँबो र अर्को खाँबाका बिचको खुला ठाउँ।
48095 नालायक वि. कुनै पनि काम वा पदका निम्ति उपयुक्त नभएको; लायक नभएको; अयोग्य।
48096 नालायक वि. २. योग्यता, गुण आदिका दृष्टिले तल्लो श्रेणीको क्षुद्र, तुच्छ, नीच, अधम।
48097 नालायकी ना. लायक नहुनाको भाव; अयोग्यता।
48098 नालायकी ना. २. क्षुद्रता, नीचता, तुच्छता।
48099 नालिक वि. डाँठवाल; नलवाला।
48100 नालिक वि. ना. २. कमल।