Dictionary

All Word

48151 नासिक्य वि. कुनै दुइटा उच्चारण अवयव परस्पर जोडिँदा श्वासप्रवाहमा बाधा भएपछि किलकिलेसहित कोमल तालु तल झुकी मुखतिरको बाटो बन्द गरेर नाकेओढारतिरबाट सास बाहिर निस्कँदा उत्पत्ति हुने (ध्वनि)।
48152 नासिक्य वि. ना. २. नासिका;नाक।
48153 नासिक्यीकरण ना. नासिकीकरण।
48154 नासिक्यीकरण ना. नासिक्यीभवन- ना. नासिकीभवन।
48155 नासिनु क.क्रि. नष्ट पारिनु।
48156 नासिनु क.क्रि. अ.क्रि. २. नष्ट हुनु।
48157 नासो ना. चाहिएका बेलामा फिर्ता लिने गरी कसैलाई विश्वासपूर्वक राख्न दिइएको वस्तु; धरौटी; धरोट।
48158 नास्ति वि. बो. बिलकुल नभएको वा छैन भन्ने बुझाउने शब्द (उदा.- तिमी सँग होला, आफ्नो त केही पनि नास्ति )।
48159 नास्ति वि. बो. वि. २. नभएको; अभाव भएको।
48160 नास्तिक वि. ईश्वर, देवता, परलोक, पुनर्जन्म आदिको अस्तित्व नमान्ने; परलोक छैन भन्ने।
48161 नास्तिक वि. २. वैदिक धर्ममा विश्वास नराख्ने, वेदलाई नमान्ने वा वेदको निन्दा गर्ने।
48162 नास्तिकता ना. नास्तिक हुनाको भाव वा अवस्था।
48163 नास्तिकता ना. २. ईश्वर, परलोक, पुनर्जन्म आदि नमान्ने मत वा सिद्धान्।
48164 नास्तिकतावादी ना. नास्तिक दर्शनको अनुयायी।
48165 नास्तिकत्व ना. नास्तिकता।
48166 नास्तिक दर्शन ना. नास्तिक रूपमा लिइने कुनै एक दर्शन ( चार्वाक, साङ्ख्य, बौद्ध, जैन, द्वन्द्वात्मक भौतिकवाद इ.)।
48167 नास्तिवाद ना. नास्तिकतावाद।
48168 नास्पाती ना. लहरे पीपलका जस्ता बोट र पात हुने, सेता फूल फुल्ने, स्याउका झैँ दाना फल्ने एक प्रसिद्ध वृक्ष वा त्यसको फल, नासपाती।
48169 नास्य वि. नाकको; नाकसम्बन्धी; नाकबाट उत्पन्न हुने (रोग आदि)।
48170 नाहक क्रि.वि. कुनै प्रयोजनविना; बेमतलव; बिनसित्ति;व्यर्थे; अनाहक।
48171 नाहिं वि. बो. अभाव, अस्वीकृति वा बेमन्जुरी बुझाउने शब्द; नाइँ।
48172 नाहुर ना. हिमालमा हुने एक प्रकारको जङ्गली भेडो।
48173 नि उप. शब्दको अगिल्तिर लागेर विशेष अर्थ बुझाउने उपसर्ग; एक प्रकारको पूर्वसर्ग ( जस्तो - निपात, निग्रह, निर्देश इ.)।
48174 नि निपा. आफ्नो स्वतन्त्र अर्थ नभएर वाक्य वा शब्दको अर्थलाई नै जोर दिन वा प्रश्न, विस्मय आदि जनाउन शब्द वा वाक्यको प्राय: पछिल्तिर प्रयोग गरिने एक प्रकारको अव्यय (उदा.- ठिकै छ नि, यो केहो नि? आम्मै नि ! इ)।
48175 नि उप. निस्-उपसर्गको ऊष्मवर्ण ( श ष स ), अघोष पवर्ण (प फ), अघोष चवर्ण (च छ), अघोष कवर्ण (कख) भन्दा पहिले आउँदाको वैकल्पिक रूप; निस्।
48176 निःक्षत्र वि. क्षत्रभङ्ग।
48177 निःक्षत्र वि. २. क्षत्रियविहीन (उदा.- भृगुकुलका परशुरामले यस पृथ्वीलाई अनेकौँपल्ट निःक्षत्र तुल्याए।
48178 निःशङ्क वि. कुनै कामकुरा गर्दा शङ्का नलिईकन गर्ने, शङ्का नभएको; सन्देह नभएको; शङ्काहीन; निस्सन्देह।
48179 निःशङ्क वि. २. कुनै काम-कुरा गर्दा मनमा डर नलिने; नडराउने; निडर।
48180 निःशङ्क वि. क्रि.वि. ३. शङ्का वा सङ्कोच नलिईकन।
48181 निःशब्द वि. शब्द नभएको, विनाशब्दको; ध्वनिरहित; ध्वनिहीन;नीरव।
48182 निःशब्द वि. २. शब्द वा आवाज ननिकाल्ने; नबोल्ने; मौन बस्ने;चुपचाप बस्ने।
48183 निःशस्त्र वि. हातहतियार नभएको; शस्त्र नभएको; निश्शस्त्र।
48184 निःशस्त्रीकरण ना. निश्शस्त्रीकरण; निरस्त्रीकरण।
48185 निःशस्त्रीकृत वि. हातहतियार खोसिएको; शस्त्रविहीन गराइएको निश्शस्त्रीकृत; निरस्त्रीकृ।
48186 निःशुल्क वि. शुल्क नलागेको; शुल्क तिर्नु नपर्ने।
48187 निःशुल्क वि. २. कर नलागेको; तिरोभरो नलागेको; कर तिर्न नपर्ने; तिरोभरो नपर्ने।
48188 निःशेष वि. कत्ति पनि बाँकी नरहेको; शेष नरहेको; निश्शेष; समाप्।
48189 निःशोक वि. शोक नभएको; शोक नरहेको।
48190 निःशोक वि. २. शोक नगर्ने।
48191 निःश्वसित / निःश्वस्त वि. निःश्वास फालिएको।
48192 नि:श्वास ना. नाक वा मुखबाट बाहिर निस्कने सास।
48193 नि:श्वास ना. २. सास बाहिर निस्कने क्रिया।
48194 नि:श्वास ना. ३. लामो सास;सुस्केरा।
48195 निःसङ्कोच क्रि.वि. कुनै काम कुरा गर्दा धक नमानीकन;नहिचकिचाईकन; सङ्कोच नमानीकन; निस्सङ्कोच।
48196 निःसङ्कोच क्रि.वि. वि. २. सङ्कोच नभएको।
48197 निःसङ्कोच क्रि.वि. ३. सङ्कोच नमान्ने।
48198 निःसङ्कोची वि. सङ्कोच नभएको;निःसङ्कोच।
48199 निःसन्धि वि. सन्धिरहि।
48200 निःसन्धि वि. २. कसिएको बलियो; दह्रिलो।