Dictionary

All Word

48001 नायकत्व ना. नायकको स्वभाव, दायित्व वा भाव; नाइकेपन; नेतृत्व।
48002 नायखीं ना. ढोलक जस्तै तर ढोलकभन्दा केही सानो एक प्रकारको बाजा।
48003 नायन ना. तिब्बती क्षेत्रमा पाइने ३ देखि ४ फुट अग्लो, ९० सेन्टिमिटर देखि १ मिटरसम्म लामो सिङ भएको ठुलो जङ्गली भेडो।
48004 नायब वि. काममा मद्दत पुऱ्याउने, सहायक।
48005 नायब वि. ना. २. मुख्य हाकिममुनिको कर्मचारी, सहायक कामदार।
48006 नायब वि. ३. पहिलेपहिले कुनै दर्जाको अगिल्तिर लागी त्यसभन्दा एक तह कम बुझाउने शब्द (नायब सुब्बा, नायब मुखिया, नायब गुरुज्यू इ. )।
48007 नायब वि. ४. कुनै पदमा काम गरिरहेको व्यक्ति कारणवश केही दिनसम्म काम गर्न नसक्ने भएमा वा अनुपस्थित रहेमा उसको प्रतिनिधि भई काम गर्ने व्यक्ति।
48008 नायब डिठ्ठा ना. डिट्ठाभन्दा मुनिको एक निजामती दर्जा।
48009 नायब निरीक्षक ना. प्रहरी सेवामा निरीक्षकभन्दा तल्लो श्रेणीको कर्मचारी, उप-निरीक्षक, सब-इन्स्पेक्टर।
48010 नायब बडागुरुज्यू ना. बडागुरुज्यूभन्दा एक तहमुनिको गुरुज्यू।
48011 नायब मुखिया ना. पूरा मुखिया भइनसकेको तर बहिदारभन्दा माथिल्लो दर्जाको कर्मचारी वा उसको पद।
48012 नायब राइटर ना. केही तल्लो श्रेणीको राइटर वा उसको पद।
48013 नायब सुब्बा राजपत्र अनङ्कित प्रथम श्रेणीको एक पद।
48014 नायिका ना. काव्य, नाटक आदि साहित्यिक विधामा मुख्य रूपले चरित्रचित्रण गरिएकी स्त्रीपात्र।
48015 नायिका ना. (काव्यशास्त्रअनुसार स्वाधीन भर्तृका, प्रोषित भर्तृका; वासक सज्जा र विरहोत्कण्ठिता- जस्ता आठ प्रकारका नायिका)।
48016 नायिका ना. २. नायककी पत्नी।
48017 नायिका ना. ३. जनसमुदायलाई नेतृत्व प्रदान गर्ने स्त्री; नारी नेता।
48018 नार्नु स.क्रि. एक जोडा गोरु वा राँगाका काँधमा जुवा राखी जोताराले बाँधेर हल्लुडमा अल्झाई खेतबारी जोत्नका निम्ति उपयुक्त पार्नु।
48019 नार्नु स.क्रि. २. त्यसै गरी हिँडाउनका लागि बग्गीमा घोडा जोत्नु।
48020 नार्नु स.क्रि. ३. त्यसै गरी गाडामा गोरु वा राँगा मिलाउनु।
48021 नार्नु स.क्रि. ४. जम्मा पार्नु; जुटाउनु।
48022 नारक वि. नर्कको; नर्कसम्बन्धी; नारीकीय।
48023 नारक वि. ना. २. नरक।
48024 नारक वि. ३. नारकको प्राणी।
48025 नारकी वि. नरकमा परेको, नरकभोगी।
48026 नारकी वि. २. दुराचारले गर्दा नरक जान लायकको; दुराचारी; दुष्टात्मा पापी।
48027 नारकीय वि. नरकसम्बन्धी; नरकको।
48028 नारकीय वि. २. नरकजस्तो; नरकको जस्तो।
48029 नारकीय वि. ३. नरकमा भएको जीवजस्तो; अति निकृष्ट; ज्यादै अधम।
48030 नारद ना. एउटाको कुरा अर्कोलाई लगाई उनीहरूका बिच फाटो पार्ने व्यक्तिका रूपमा प्रसिद्ध देवर्षि, ब्रह्माका दश मानसपुत्रमध्ये एक।
48031 नारद ना. वि. २. एक जनाको कुरा अर्कोलाई लगाई झगडा पार्ने; छुल्याहा।
48032 नारदकुण्ड ना. पश्चिमी नेपालको दरौंदी नदीको मुहानमा अवस्थित एक कुण्ड।
48033 नारदपुराण ना. सनकादि कुमारहरूद्वारा नारदलाई उपदेश गरिएको कथाको वर्णन भएको, अठार पुराणमध्ये एक।
48034 नारदीय वि. नारदसम्बन्धी; नारदको।
48035 नारन ना. / वि. बो. नारायणको अपभ्रंश रूप;नारान।
48036 नारन ना. / वि. बो. २. ज्वाइँ शब्दको अन्त्यमा सम्मान जनाउन टाँसिने शब्द (ज्वाइँनारन)।
48037 नारन ना. / वि. बो. वि. बो. ३. हरे।
48038 नारन ना. / वि. बो. (उदा.- म किन आएँछु नारन, यस ठाउँमा !)।
48039 नारनपाती ना. भुवादार पात हुने र मसिना, झुप्पादार, बास्ना आउने फूल फुल्ने एक जातको रुख, त्यसैको पात वा फूल।
48040 नारनशिव वि. बो. कसैलाई दुःख कष्ट आइपर्दा त्यस्ता व्यक्तिमाथि दया वा सहानुभूति देखाउनका लागि उच्चारण गर्ने शब्द, नारान,हरे।
48041 नारा ना. कुनै संस्था वा व्यक्तिहरूले आफूले गरेको माग तथा अँगालेको विचार सिद्धान्त आदिको सार्वजनिक प्रचारका लागि गरिने उद्घोष।
48042 नारा ना. २. ठुलो आवाज, कुनै कुराको फलाको।
48043 नारा ना. हल्लुँड।
48044 नारा ना. हिउँ पग्लेका बेलामा नेपाल र भोटका बिच आवतजावत गर्ने, जुम्ला जिल्लाको १६,०८५ फिट अग्लो एक भन्ज्याङ।
48045 नाराइ ना. नार्ने क्रिया वा प्रक्रिया।
48046 नाराज वि. प्रसन्न नभएको; खुसी नभएको; अप्रसन्न;बेखुस।
48047 नाराज वि. २. रिसाएको; रुष्ट।
48048 नाराजी ना. प्रसन्नता नभएको स्थिति; अप्रसन्नता; बेखुसी।
48049 नारान ना. हे नारन।
48050 नारानपाती ना. नारनपाती।