Dictionary

All Word

47851 नान्दीमुखी ना. दुई नगण, दुई तगण र दुई गुरु भएको र सातौँ अक्षरमा विश्राम भएको छन्दविशेष।
47852 नान्दीमुखी ना. २. नान्दीमुख।
47853 नान्दीवाद ना. राजाको दैनिक कार्य सुरु गर्दा मङ्गल बजाउने वा मङ्गल गाउने अधिकारी ( ऐति. )।
47854 नान्दीश्राद्ध ना. नान्दीमुख।
47855 नाप्नु स.क्रि. कुनै वस्तुको लम्बाइ, चौडाइ, उचाइ आदिको परिमाण लिनु, नापो लिनु, नापी गर्नु।
47856 नाप्नु स.क्रि. २. जोख्नु, भर्न,तौलन, परिमाणको निर्णय लिनु।
47857 नाप्नु स.क्रि. ३. कसैले कुनै काम गर्छु भनी घमन्ड गरेर पनि काम फत्ते गर्न नसक्दा खुब गरिस् भनी व्यङ्ग्य गर्नु, खुइभ्याउनु।
47858 नाप ना. कुनै वस्तुको लम्बाइ, चौडाइ, उचाइ आदिको परिमाण, नापो माप।
47859 नाप ना. २. नाप्ने काम नपाइ।
47860 नाप ना. ३. नाप्ने साधन (गज, फुट, टाँगो आदि)।
47861 नापजोख ना. कुनै वस्तुलाई नाप्ने र तौलने काम; नापजोख।
47862 नापतौल ना. नाप्ने र तौलने काम; नापजोख।
47863 नापनक्सा ना. जग्गाजमिनको लम्बाइ, चौडाइको परिमाण र त्यसको रेखाचित्र।
47864 नापनक्सा ना. २. जग्गाजमिन नाप्ने र त्यसको नक्सा खिच्ने काम।
47865 नापित नाऊ।
47866 नापिनु / नाप्पिनु क.क्रि. नाप्ने काम गरिनु।
47867 नापिनु / नाप्पिनु क.क्रि. अ.क्रि. २. नपाइमा पर्नु।
47868 नापी ना. जग्गाजमिन आदिको लम्बाइ - चौडाइको परिमाण लिने काम।
47869 नापी ना. २. जग्गाजमिन आदि नाप्ने काम।
47870 नापी ना. ३. जग्गाजमिन नाप्ने व्यक्तिहरूको डफ्फा वा दल।
47871 नापी गोस्वारा ना. जग्गाजमिनको लगत खडा गर्ने र सोहीबमोजिम स्रेस्ता राख्ने अड्डा।
47872 नापो ना. नाप।
47873 नापो नापो वि. अलिअलि; अलिकति।
47874 नाफल ना. हिमाली भेगतिर हुने एक प्रकारको घटिया गहुँ।
47875 नाफा ना. नेपाल एसोसिएसन अफ फाइन आर्टस'को सङ्क्षेपीकृत रूप, नेपाल ललित कला संस्थान।
47876 नाफा ना. उद्योग, व्यापार वा अरू कुनै कारोबारबाट हुने मूलधनका अतिरिक्त आम्दानी।
47877 नाफा ना. २. उद्योग, व्यापार वा अरू कुनै कारोबारमा लगानी गरिएको धनबाट आएको लाभांश।
47878 नाफा ना. ३. लागतभन्दा आम्दानीको अधिकता, आर्थिक प्राप्ति; लाभ; मुनाफा।
47879 नाफाखोर वि. उद्योग, व्यापार वा अरू कुनै कारोबारबाट अनुचित लाभ उठाउने; नसुहाउँदो किसिमले धेरै नाफा खाने।
47880 नाफाखोरी ना. त्यसरी अनुचित लाभ उठाउने वा नसुहाउने गरी गरिने काम; नाफाखोरको काम।
47881 नाफादार वि. नाफा हुने किसिमको नाफा खाने।
47882 नाफादारी ना. नाफा हुने काम, अवस्था वा चाल।
47883 नाफाबन्दी ना. नाफाको निर्धारण।
47884 नाफारी वि. धेरै नाफा खाने; नाफाखोर।
47885 नाबालक / नाबालख ना. निजामति, जङ्गी आदि सेवाका साथै निर्वाचन, उत्तराधिकारक्रम, विवाह आदि सम्बन्धी ऐनमा बालिग हुन निर्धारित उमेर नपुगेको व्यक्ति।
47886 नाबालक / नाबालख ना. २. उमेर नपुगेको केटो वा केटी।
47887 नाबालक / नाबालख ना. ३. बालक, बच्चो।
47888 नाबालिग वि. बालिग हुने अवस्था नभएको।
47889 नाबालिग वि. २. नाबालक अवस्थाको।
47890 नाभि ना. नाइटो।
47891 नाभि ना. २. गाडी आदिको बिचको धुरा छिराउने प्वाल।
47892 नाभि ना. ३. कुनै गाउँठाउँ वा समाजको मुख्य मान्छे, प्रधान; मुखिया।
47893 नाभि ना. ४. कस्तूरी मृगको नाइटोनिर हुने सुगन्धी द्रव्य, बिना।
47894 नाभि ना. ५. ग्राह, सर्प, माछो आदिको लिङ्ग।
47895 नाभि ना. ६. काठ आदिको भित्री भाग; चुरो।
47896 नाभि ना. ७. कुनै पनि वस्तुको केन्द्रीय भाग।
47897 नाभिकण ना. पदार्थविज्ञानका अनुसार हरेक अणुको भित्री गर्भमा हुने शक्तिशाली अतिसूक्ष्म केन्द्रीय परमाणु।
47898 नाभिकमल ना. विष्णुको नाभिस्थानबाट उत्पन्न मानिएको कमल।
47899 नाभिकमल ना. २. ब्रह्माको उद्भवस्थल।
47900 नाभिच्छेदन ना. नवजात शिशुको नाल काट्ने काम; नवजात शिशुको नाल बेडाउने काम।