Dictionary

All Word

47751 नातादारी ना. नातादारहरूका बिचमा हुने पारस्परिक सम्बन्ध; नातादार हुने भाव।
47752 नातादारी ना. २. साइनु, सम्बन्ध।
47753 नातावाद ना. कुनै काममा योग्यता, न्याय-अन्याय वा उचित-अनुचितको ख्याल नगरी आफ्ना नातेदारको पक्ष लिने प्रवृत्ति वा नीति।
47754 नातावादी वि. नातावादको समर्थन वा सञ्चालन गर्ने।
47755 नाति ना. छोरा वा छोरीको छोरो।
47756 नातिनातिना ना. नाति र नातिनीहरूको समुदाय; नाति र नातिनीहरू।
47757 नातिनी ना. छोरा वा छोरीकी छोरी।
47758 नातिने वि. नाति वा नातिनीका सम्बन्धबाट भएको; नाति वा नातिनीका नातासम्बन्धी ( ज्वाइँ, बुहारी आदि)।
47759 नाति ज्वाइँ ना. नातिनीको लोग्ने।
47760 नातिने बुहारी ना. नातिकी पत्नी।
47761 नातिशीतोष्ण वि. न धेर जाडो न धेर गर्मी भएको; सर्दी र गर्मी ठिक्क भएको।
47762 नातेदार वि. नातादार।
47763 नातेदारी ना. नातादारी।
47764 नातो ना. नाता; साइनु; सम्बन्ध।
47765 नातो ना. मालसामान उठाउँदा टाउकोमा बाँध्ने रुमाल।
47766 नातो ना. २. कुनै भाँडोको मुखमा बेर्ने टालो।
47767 नातो ना. ३. दुना टपरी आदिमा कुनै पदार्थ राखी जोगारका निम्ति माथितिरबाट पातले खुटेर छोप्ने काम।
47768 नाथ्नु स.क्रि. नत्थी लाउनका लागि राँगा, गोरु आदिको नाक छेड्नु।
47769 नाथ्नु स.क्रि. २. नाथ्री छेडी मुन्द्रो, डोरी आदि हाल्नु।
47770 नाथ ना. मालिक; स्वामी।
47771 नाथ ना. २. पति।
47772 नाथ ना. ३. ईश्वर।
47773 नाथ ना. ४. मालिक, पति, ईश्वरलाई गरिने एक प्रकारको सम्बोधन।
47774 नाथ ना. ५. गोरखनाथ वा मत्स्येन्द्रनाथका मतानुयायी साधुहरूको एक उपाधि।
47775 नाथ ना. ६. राँगो, गोरु आदिका नाकमा लगाइने डोरी; नत्थी।
47776 नाथता ना. नाथ वा स्वामी हुनाको भाव, प्रभुता।
47777 नाथिनु क.क्रि. नाथ्ने काम गरिनु।
47778 नाथिनु क.क्रि. अ.क्रि. २. नाथ वा नत्थी लागिनु।
47779 नाथु वि. बो. कसैलाई हेला, घृणा वा तिरस्कार गर्न भनिने शब्द, कसैलाई होच्याउन भनिने शब्द नाथे।
47780 नाथु वि. बो. वि. २. तुच्छ, नीच; जाबो, पामर, पाङ्दुरे।
47781 नाथु वि. बो. ना. [नाथ+ऊ] ३. नाकका प्वालभित्रको रौं, नाथे।
47782 नाथुरामे वि. बिकामे, नाथू, नाथे।
47783 नाथू वि. बो. हे. नाथु।
47784 नाथे ना. नाकका प्वालभित्र उम्रने रौं।
47785 नाथे ना. वि बो. [सं. नष्ट] २. कसैलाई हेला, घृणा वा तिरस्कार गर्दा भनिने शब्द,कसैलाई होच्याउन भनिने शब्द नाथू मुला।
47786 नाथे ना. वि. ३. तुच्छ; नीच; जाबो; पामर; पाङ्दुरे।
47787 नाथ्री ना. नाकका दुई प्वालबिचको पर्दा, नाकभित्रको सन्धिस्थान; नाथ्रो।
47788 नाथ्री ना. २. धागो उन्ने सियोको प्वाल।
47789 नाथ्री ना. ३. पुरुषको जननेन्द्रियभित्रको पातलो छाला।
47790 नाथ्री ना. ४. ज्यादै मसिनो नाथ वा नत्थी।
47791 नाथ्री फुटाइ ना. पिनासे ओडारमा घाउ भई गर्मी आदिले गर्दा नाकका प्वालबाट रगत बग्ने काम।
47792 नाथ्रो ना. नाथ्री।
47793 नाथ्रो ना. २. नाथ्ने डोरो वा डोरी, ना।
47794 नाथ्रो ना. ३. खापसियो वा सुइराको नाथ्री।
47795 नाद ना. बस्तुभाउलाई घाँस, ढुटो आदि खान दिने डुंड वा आरी (प्राय: काठ वा सिमन्टीको )।
47796 नाद ना. झङ्कारका साथ सुश्राव्य रूपमा उच्चारित हुने ध्वनि; घोष ध्वनि।
47797 नाद ना. २. शब्द ध्वनि आवाज।
47798 नाद ना. ३. ठुलो शब्द,गर्जन।
47799 नाद ना. ४. वर्णको अव्यक्त मूल रूप।
47800 नाद ना. ५. अनुनासिक वर्ण।