Dictionary

All Word

47651 नाघ्नु स.क्रि. सजीव वा निर्जीव कुनै वस्तुलाई आफ्नो मुनि पारेर जानु वा उड्नु, सोझै माथिबाट जानु, फड्कनु।
47652 नाघ्नु स.क्रि. २. कुनै नियम, मर्यादा आदिको विपरीत आचरण गर्नु।
47653 नाघ्नु स.क्रि. ३. भनेको नमान्नु;नटेर्नु।
47654 नाघ्नु स.क्रि. ४. क्रमभङ्ग गर्नु; सिलसिला तोड्नु।
47655 नाघ्नु स.क्रि. ५. कसैलाई उछिन्नु; अघि जानु वा अघि हुनु।
47656 नाघिनु क.क्रि. नाघ्ने काम गर्नु, फड्किनु।
47657 नाङ्गिनु अ.क्रि. नाङ्गो हुनु, नङ्गिनु।
47658 नाङ्गे वि. नाङ्गो।
47659 नाङ्गे झार ना. धनसम्पत्ति केही नभएको श्रीसम्पत्ति गुमाइसकेको, निर्धन, हरिकङ्गाल।
47660 नाङ्गो वि. जिउमा लुगाफाटो केही नलगाएको, नग्न, निर्वस्त्र।
47661 नाङ्गो वि. २. जहान, परिवार कोही नभएको, ठिङ्गो, नङ्गा।
47662 नाङ्गोबुङ्गो / भुतुङ्गो वि. शरीरमा कत्ति पनि लुगाफाटो नभएको; एकदमै नाङ्गो।
47663 नाङ्ली ना. सानो नाङ्लो।
47664 नाङ्ले वि. नाङ्लोसम्बन्धी, नाङ्लाको।
47665 नाङ्ले वि. २. नाङ्लामा मालसामान राखेर बेच्ने, सडकवरिपरि बसेर सानोतिनो व्यापार गर्ने।
47666 नाङ्ले वि. ३. नाङ्लो निफने झैं गरी मुन्टो हल्लाइरहने (गाई, भैंसी)।
47667 नाङ्ले वि. ना. ४. नाङ्लाको व्यापार गर्ने व्यक्ति।
47668 नाङ्ले वि. ५. नाङ्लामा माल राखी व्यापार गर्ने व्यापारी।
47669 नाङ्ले भूत ना. इन्द्रेनी पर्नुभन्दा पहिले कुद्ने तेजिलो नाङ्लो आकारको तेजपुञ्ज (धामीझाँक्रीहरूमा प्रचलित शब्द)।
47670 नाङ्ले माछो ना. सानो टाउको हुने, बाटुलो शरीरका वरिपरि पखेटा हुने खैरो रङको एक जातको माछो।
47671 नाङ्ले रायो ना. ठुलाठुला पात हुने नरम खालको रायो।
47672 नाङ्लो ना. बाँसका चोयाबाट बुनेर गोलाकार रूपमा बिट राखी बनाइएको, ठुलो थालजस्तो, अनाजहरू निफन्ने साधन, सुपो।
47673 नाच्नु अ.क्रि. सङ्गीतका ताल र लयअनुरूप हाउभाउ देखाउँदै हात, गोडा र कम्मर आदि शरीरका अवयवको कलापूर्ण तरिकाले सञ्चालन गर्नु, नृत्य गर्नु, नाच गर्नु।
47674 नाच्नु अ.क्रि. २. यताउति हिँड्नु, भौंतारिनु।
47675 नाच्नु अ.क्रि. ३. सोचविचार नगरीकन अर्काको इसारामा चल्नु, अर्काको लहैलहैमा दगुर्नु।
47676 नाच्नु अ.क्रि. ४. घुम्नु, रिङ्नु।
47677 नाच ना. सङ्गीतका ताल र लयअनुसार हाउभाउ देखाउँदै शरीरका हात, गोडा, कम्मर आदि अवयवहरूको सञ्चालन गर्ने काम।
47678 नाच ना. २. नाट्य, नाटक।
47679 नाच कीर्तन ना. नाचका साथ गरिने कीर्तन, नाच र कीर्तन,नाचगान।
47680 नाचगान ना. नाच्ने र गाउने काम, नृत्य र गीत, नाच र गान।
47681 नाचघर ना. नाट्यशाला।
47682 नाचथली ना. नाच्नका लागि मण्डपमा बनेको ठाउँ; नाचिने ठाउँ।
47683 नाचथली ना. २. नृत्यस्थान।
47684 नाचिनु क.क्रि. नाच्ने काम गरिनु, नाच गरिनु।
47685 नाचिनु क.क्रि. अ.क्रि. २. नाच्ने होइनु।
47686 नाजवाफ वि. निरुत्तर; चुप।
47687 नाजायज वि. जायज नभएको; मुनासिब नभएको;अनुचित, बेमुनासिब।
47688 नाजायज वि. २. न्य यसङ्गत नभएको; अवैध; गैरकानुनी।
47689 नाजी ना. आफूलाई राष्ट्रिय साम्यवादी भन्ने द्वितीय विश्वयुद्धमा पराजित भएको जर्मनीको एक प्रसिद्ध राजनीतिक दल।
47690 नाजी ना. २. उक्त दलको सदस्य।
47691 नाजी ना. वि. ३. साह्रै क्रूर,निर्मम।
47692 नाजीवाद ना. शक्तिशाली सैनिक अधिनायकत्वका रूपमा राष्ट्र र संसारकै पनि शासनसूत्र बलपूर्वक हत्याएर चलाउनुपर्छ भन्ने, व्यक्तिस्वतन्त्रता तथा जनतन्त्रको परम विरोधी सिद्धान्।
47693 नाजुक वि. बल नभएको; निर्धो; कमजोर; बिल्पा।
47694 नाजुक वि. २. सजिलै बिग्रिन - भाँचिन सक्ने, कोमल।
47695 नाजुक वि. ३. कुनै हानि वा अनिष्टको आशङ्का भएको ( अवस्था )।
47696 नाजोर वि. कमजोर, निर्धो, नाजुक।
47697 नाटक ना. कुनै देश, काल र वातावरणसँग सम्बद्ध नर-नारीको चरित्र र कार्यलाई पात्रहरूका अभिनयका माध्यमद्वारा प्रदर्शित गरिने उद्देश्यले लेखिएको संवादात्मक साहित्यिक विधा; दृश्य काव्य।
47698 नाटक ना. २. रङ्गमञ्चमा अभिनय गरेर देखाउन मिल्ने गरी लेखिएको कुनै कथावस्तु।
47699 नाटक ना. 3. पाँचदेखि दश अङ्कसम्म हुने, प्रख्यात धीरोदात्त, दिव्य वा अदिव्य नायक हुने, पञ्चसन्धियुक् र वीर आदि रसको समावेश भएको रूपकको एक भेद।
47700 नाटक ना. ४. वास्तविक रूपमा नभएर देखाउनका निमित्त मात्र गरिने कुनै काम; देखावटी वा बनावटी कुरा।