Dictionary

All Word

47551 नाकी ना. गोरु, राँगा आदि पशुको नाक छेडेर लगाइएको डोरी वा सुत्ली, नत्थी, नाकीडोरी।
47552 नाकी डोरी ना. नाकी।
47553 नाकुली ना. तीनतीनवटा लाम्चा, साना पात एकै साथ लाग्ने, आयुर्वेदमा गरम शान्त गर्ने, त्रिदोषनाशक र विष शमन गर्ने गुण बताइएको एक जातको बुटी।
47554 नाके वि. लामो वा ठुलो नाक हुने।
47555 नाके वि. २. साधारण ध्वनि पनि नाकबाट निकालेर बोल्ने ( मान्छे )।
47556 नाके वि. ३. सुगाको जस्तो लामो नाक भएको; सुगानाके।
47557 नाके वि. ४. नाकसम्बन्धी; नाकको (उदा.- नाके स्वर, नाके बोली)।
47558 नाके वि. ५. अनुनासिक; सानुनासिक।
47559 नाकेटोड्की ना. नाकका पोरासित ध्वनिको उच्चारणमा सहयोग पुर्याउने नाकभित्रको टोड्को, पिनासे ओडार, सिँगाने ओडार।
47560 नाकेडाँडी वि. नाकको टुप्पोदेखि सँघारसम्मको धुरी।
47561 नाकेडाँडो ना. नाकजस्तो परेको डाँडो।
47562 नाकेडाँडो ना. २. नाक भएको डाँडो।
47563 नाकेबोली ना. साधारण ध्वनि पनि नाकबाट उच्चारण गरेर बोलिएको बोली; नाकबाट निस्केजस्तो स्वर।
47564 नाकेबोली ना. २. नाकेको बोली।
47565 नाक्सो ना. जिरेल जातिका पुरोहि।
47566 नाखुस वि. खुसी नभएको, प्रसन्न नभएको; रिसाएको;अप्रसन्न; क्रुद्ध।
47567 नाखुसी ना. खुसी नहुनाको भाव; अप्रसन्नता; रिसानी।
47568 नाग ना. घसेर हिँड्ने लम्बाकार विषालु किरो; सर्प; लाकिरो।
47569 नाग ना. २. पुराणमा कश्यपकी पत्नी कद्रूका सन्तान मानिएका वासुकि, तक्षक, कुलिक, कर्कोटक, पद्म, शङ्खचूड, महापद्म र धनञ्जय नामका आठ नाग।
47570 नाग ना. ३. एक प्राचीन राजवंश।
47571 नाग ना. ४. एक प्राचीन देश र त्यसमा बस्ने एक जाति।
47572 नाग ना. वि. ५. पर्वतीय, नगमा बस्ने।
47573 नागकन्या ना. नाग जातिकी कन्या।
47574 नागकन्या ना. २. शरीरको माथिल्लो आधा भाग स्त्रीको र तल्लो आधा भाग नागको हुने पुराकथात्मक युवती।
47575 नागकन्या ना. ३. चुपिचन्डाल केटी।
47576 नागकेशर ना. पहेँलो केशर हुने, सेतो सुगन्धी फूलजस्ता बबुरका मसिना पात हुने एक जातको बोट।
47577 नागकेशर ना. २. त्यसैको फूल; नागेश्वरी।
47578 नागदन्त ना. हात्तीको दाँ।
47579 नागदन्त ना. २. भित्तामा गाडिएको किलो।
47580 नागदन्ती ना. घिउकुमारीका जस्ता तीन-चार फिट लामा हुप्प फुलेका हरिया पात र सेता बास्ना आउने फूल फुल्ने र खैरो जरो हुने, आयुर्वेदमा जरालाई शक्तिवर्द्धक र कफनाशक तथा पातलाई विषनाशक र चर्मरोग शमन गर्ने बताइएको एक प्रकारको बुटी।
47581 नागदह ना. पौराणिक परम्पराअनुसार नागले वास गर्ने जलाशय, नाग बस्ने दह।
47582 नागदह ना. २. काठमाडौँको चोभारमा रहेको प्रसिद्ध ऐतिहासिक दह।
47583 नागदह ना. ३. तेह्रथुम जिल्लाको एउटा प्रसिद्ध ठाउँ।
47584 नागदह ना. ४. प्रागैतिहासिक कालमा हाल काठमाडौँ उपत्यका भएको ठाउँको एक विशाल जलाशय।
47585 नागपञ्चमी ना. साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथि, नागहरूको पूजा गरिने र कागतमा नागका चित्र लेखेर वा छापेर घरघरमा टाँसिने दिन; श्रावण शुक्ल पञ्चमी।
47586 नागपाश ना. पुराणमा वरुणको हतियार मानिएको एक प्रकारको पासो।
47587 नागपाश ना. २. प्राचीन कालको एक प्रकारको जालजस्तो अस्त्र।
47588 नागफणी ना. जोगीहरूले फुकेर बजाउने एक प्रकारको बाजा।
47589 नागफणी ना. २. लामालामा काँडा हुने, ठुला बाक्ला पाटाका टुप्पामा लाम्चा फल फल्ने र फलमाथि पहेँला फूल फुल्ने एक प्रकारको सिउँडी, मदिसे काँडो।
47590 नागबला/ बलु ना. साधारण बाटुला पातको माथि हरियो, चिल्लो र तल रौं भएका किनारामा दाँती परेका पात हुने रातो जातको बलुको बोट; रातो बलु।
47591 नागबेली ना. नागको जस्तो आकार परेको नदी, बाटो आदिको आकृति, कुण्डलाकृति।
47592 नागबेली ना. २. छाया र पहाडको खोच भुईंमा हाँगा फाटेर लाम्चिएका ससाना पात हुने, कहिल्यै फल र फूल नलाग्ने, आयुर्वेदअनुसार नसालाई ठिक गर्ने, धातुरोग, बाथ, फोक्सो र मृगौलाको रोगलाई शमन गर्ने गुण बताइएको एक थरी बाङ्गोटिङ्गो लहरो।
47593 नागबेली ना. ३. पानको लहरो; नागवल्ली।
47594 नागबेली ना. वि. ४. सर्पको हिँडाइजस्तो बङ्गोटिङ्गो परेको (रेखा, बुट्टा आदि)।
47595 नागबेली बाजा ना. जोगी, सन्त, महन्तहरूमा प्रचलित मुखले फुकेर बजाइने नागका आकारको एक प्रकारको बाजा; बराँठको सिङको बाजा।
47596 नागबेले वि. नागबेली परेको; कुण्डलाकार।
47597 नागर वि. नगरसम्बन्धी; नगरको।
47598 नागर वि. २. सहरमा बस्ने, सहरिया।
47599 नागर वि. ३. सभ्य।
47600 नागर वि. ४. नागरिक।