Dictionary

All Word

47401 नवाफ ना. वि. ५. रवाफका साथ बस्ने; ठाँटबाँटसित रहने।
47402 नवाफी ना. नवाफको पद वा काम; नवाफको जस्तो भड्किलो रहनसहन; अमिरी चाल; नबाफी।
47403 नवाफी ना. वि. २. नवाफको; नबाफसँग सम्बन्धि।
47404 नवार वि. नयाँ; ताजा।
47405 नवार वि. २. जवान; तरुनो।
47406 नवाश्मयुग ना. भूगर्भशास्त्रका अनुसार हजार वर्षपहिले प्रारम्भ भई आजसम्म चल्दै आएको युग, आधुनिक युग वा आधुनिक मानवयुग; नव-जीवकभित्र पर्ने चतुर्थ खण्डको अन्तिम भागको युग।
47407 नवाह ना. नौ दिन।
47408 नवाह ना. २. नौ दिनमा समाप्त हुने रामायण;देवीभागवत, शिवपुराण आदिको पारायण।
47409 नवीकरण ना. कुनै वस्तुलाई नयाँ बनाउने काम।
47410 नवीकरण ना. २. अवधि सिद्धिसकेको कुनै कामकुरालाई वैध रूपबाट फेरि लागु गर्ने काम।
47411 नवीकरण ना. ३. अवधि सकिएका मोटर, बन्दुक र ठेक्कापट्टा आदिका इजाजतपत्रलाई फेरि समय थप्ने काम।
47412 नवीकरण ना. ४. नवीनीकरण।
47413 नवीकृत वि. नयाँ गरिएको; नयाँ बनाइएको; नूतन।
47414 नवीन वि. भर्खरैको; हालसालैको; नयाँ; नौलो; नूतन।
47415 नवीनीकरण ना. नवीकरण।
47416 नवोढा ना. नववधू।
47417 नवोढा ना. २. लज्जा वा भयले युक्त नवविवाहिता स्त्री।
47418 नवोढा ना. ३. यौवन चढेकी तर लज्जा वा भयले गर्दा नायकका नजिक नजाने मुग्धा स्त्री वा नायिका।
47419 नवोदित वि. भर्खर उदाएको; नयाँ उदाएको।
47420 नवोदित वि. २. भर्खर माथि उठेको।
47421 नवोदित वि. ३. भर्खर उन्नति प्रगति गरेको।
47422 नवोदीयमान वि. भर्खर उदाउन लागेको; नयाँ उदाउन लागेको।
47423 नवोदीयमान वि. २. भर्खर उन्नतिप्रगति गर्न लागेको।
47424 नव्य वि. नवीन, नयाँ; ताजा।
47425 नव्य वि. २. कसैका सामु नमन गर्न उचित; स्तुत्य; प्रशंस्य।
47426 नव्यता ना. नव्य वा नयाँ हुनाको भाव वा स्थिति।
47427 नव्यन्याय ना. न्याय-वैशेषिक शास्त्रमा नवीन दृष्टिले विचार गर्दा निस्केको निष्कर्षका आधारमा प्रचलित न्यायशास्त्रको परिपाटी।
47428 नव्यन्याय ना. २. गङ्गेशोपाध्यायको 'तत्त्वचिन्तामणि' नामक ग्रन्थबाट प्रारम्भ गरिएको न्यायको नयाँ लक्षणपद्धति।
47429 नशा ना. खाएपछि मानिसमा मानसिक असन्तुलन पैदा गर्ने पदार्थ, मादक पदार्थ; लागु वस्तु, अम्मल।
47430 नशा ना. २. राम्रोनराम्रो जस्तोसुकै भए पनि कुनै काममा तल्लीनतासाथ लाग्ने मानसिक प्रवृत्ति।
47431 नशा ना. ३. लागु पदार्थले होस बिग्रेको अवस्था।
47432 नशा ना. ४. अम्मल; ल।
47433 नशा ना. ५. घमन्ड; अभिमान।
47434 नशादार वि. नशाले युक्त भएको, नशा लाग्ने।
47435 नशाबन्दी ना. रक्सी आदि नशालु पदार्थको सेवनलाई रोक्ने काम, मद्यपानको निषेध।
47436 नशाबाज वि. रक्सी आदि नशालु पदार्थ सेवन गर्ने; नशा खाने;अम्मली; नशेबाज।
47437 नशालु वि. नशा पैदा गर्ने; मानसिक असन्तुलन पैदा गर्ने।
47438 नशेबाज वि. रक्सी आदि मादक पदार्थ खाने लत बसेको; मादक पदार्थ धेरै खाने; अम्मली।
47439 नश्वर वि. स्थायित्व नभएको, धेरै नटिक्ने, चाँडै नष्ट हुने,क्षणभङ्गुर।
47440 नश्वर वि. २. नाश हुने; नाशवान्।
47441 नश्वरता ना. नाश हुनाको भाव वा अवस्था; क्षणभङ्गुरता;विनाशशीलता।
47442 नष्ट वि. नाश भएको; बरबाद भएको; बिग्रेको; ध्वस्।
47443 नष्ट वि. २. नदेखिने भएको; हराएको; लुप्।
47444 नष्ट वि. ३. निष्फल; व्यर्।
47445 नष्टचन्द्र ना. भाद्र महिनाका दुवै पक्षका रात्रिमा अशुभ हुने ठानी हेर्न निषेध गरिएका चतुर्थीका चन्द्रमा।
47446 नष्टचित्त वि. विवेक नष्ट भएको।
47447 नष्टचित्त वि. २. मदले उन्मत्त; बहुला।
47448 नष्टचेतन वि. चेतनाशक्ति नष्ट भएको; होस नभएको; बिचेत;बेहोस।
47449 नष्टचेतन वि. २. मूर्च्छा परेको; मूर्च्छि।
47450 नष्टता ना. नष्ट हुनाको भाव वा अवस्था।