Dictionary

All Word

47251 नरवानर ना. नृतत्त्वशास्त्रका अनुसार मानव र वानर नछुट्टिएको, मानवजस्तो देखिने वानर, अश्मीभूत र मानवानुगण पर्ने प्राणी।
47252 नरवानर मानवगण ना. मानवजस्तो देखिने वानरको समूह; वनमान्छे; भीमवानरगणको समूह; अपुच्छ ख्यातचतुष्कमध्ये तीन।
47253 नरवानर मानवानुगण ना. मानव र मानवजस्तो देखिने वानरको सामूहिक नाम; नृतत्त्वशास्त्रमा आउने विस्तीर्णनास, सङ्कीर्णनास,सपुच्छ, अपुच्छ, पुच्छकपि अनुगण, अपुच्छ - ख्यातचतुष्क, मानवानुगण शाखावानरानुगण; नरवानरगणजस्ता नरवानर।
47254 नरवाहन ना. धनका अधिष्ठाता देवता कुबेर।
47255 नरवाहन ना. २. नरयान।
47256 नरवीर ना. मान्छेहरूमध्ये वीर बहादुर मान्छे, वीर पुरुष,योद्धा।
47257 नरव्याघ्र ना. श्रेष्ठ पुरुष, नरकेशरी।
47258 नरसिंह ना. सिंह जस्तै पराक्रमी पुरुष; श्रेष्ठ पुरुष।
47259 नरसिंह ना. २. विष्णुका दश अवतारमध्ये एक; नृसिंह।
47260 नरसिंह ट्वाक ना. ठर्रा, रक्सी।
47261 नरसिङ्गा ना. कर्नाल जस्तै फुकेर बजाइने तथा ठुलो तिखो स्वर हुने; वक्राकारको पुरानो नेपाली बाजा; धुत्तुरी।
47262 नरहत्या ना. मानिसलाई मार्ने काम, मानिसको हत्या।
47263 नरहरि ना. नरसिंह; नृसिंह।
47264 नराइ ना. नार्ने वा नारिने भाव, क्रिया वा प्रक्रिया।
47265 नराइनु क.क्रि. नार्न लाइनु।
47266 नराउनु प्रे. क्रि. नार्न लाउनु।
47267 नराधम ना. नीच स्वभावको मान्छे, अधम खालको मान्छे।
47268 नराधिप / नराधिपति ना. नरपति; राजा।
47269 नरालो वि. बालीको रखबाली गर्ने।
47270 नरिचो ना. छेउमा नजानिँदो दाँतजस्ता लाम्चा पात हुने, पहेँला फूल फुल्ने, रामतोरियाँका आकारका कोसा फल्ने र बोक्राबाट कागत बनाइने, आयुर्वेदमा अग्निवर्धक र रुचिकारक गुण बताइएको एक जातको सानो बोट।
47271 नरिवल ना. खजुरको जस्तो अग्लो बोट हुने, टुप्पामा परपरसम्म फैलिएका ठुलठुला पात हुने, पहेँला, लाम्चा- लाम्चा फूल फुल्ने र ठुलो दानाको रूपमा जटायुक्त फल लाग्ने ताडका जातको एक रुख, त्यही रुखको फल।
47272 नरिवल कविता ना. बाहिरबाट हेर्दा निकै गाह्रो र मुस्किलले बुझ्न सकिने किसिमको तर बुझिसकेपछि सरस कविता।
47273 नरुवा ना. हे. नलुवा।
47274 नरेन्द्र ना. राजा; नृप; नरेश।
47275 नरेन्द्र ना. २. सर्प;बिच्छी आदि विषालु प्राणीले टोक्ता शरीरमा फैलिएको विष झार्ने व्यक्ति; विषवैद्य।
47276 नरेन्द्रदेव ना. आठौँ शताब्दीमा नेपालमा शासन गर्ने लिच्छविवंशका एक राजा।
47277 नरेश / नरेश्वर ना. राजा; नृप।
47278 नरोत्तम ना. उत्तम मानिस; श्रेष्ठ व्यक्ति।
47279 नरोत्तम ना. २. विष्णु।
47280 नर्क ना. हे. नरक।
47281 नर्कट ना. लामालामा पात हुने, चाँडै हलक्क बढेर आउने, छेकाबार आदिका रूपमा प्रयोग गरिने निगालाका जातको एक प्रकारको बोट।
47282 नर्के वि. नर्कको; नर्कसम्बन्धी।
47283 नर्के चतुर्दशी ना. हे. नरकचतुर्दशी।
47284 नर्तक ना. नाच्ने पेसा भएको व्यक्ति; नट; नटुवा; नचरो।
47285 नर्तक ना. २. नाटक आदिमा भाग लिने व्यक्ति; अभिनेता।
47286 नर्तक ना. ३. शिव।
47287 नर्तकी ना. नाच्ने पेसा भएकी स्त्री; नटी; नटुवी।
47288 नर्तकी ना. २. नाटककी पात्रा, अभिनेत्री।
47289 नर्तन ना. नृत्य गर्ने काम, नाच्ने काम, नाच, नृत्य।
47290 नर्तनशाला ना. नृत्यशाला; नाचघर।
47291 नर्तित वि . नचाइएको।
47292 नर्तित वि . २. नाचिसकेको; नाचेको।
47293 नर्म ना. मनोविनोदका लागि जिस्किने वा जिस्क्याउने काम, हाँसखेल, विनोद, परिहास।
47294 नर्म ना. २. इष्टजनलाई आफूतिर झुकाउने चातुर्य, ठट्टा।
47295 नर्म ना. ३. संस्कृत नाटकमा वर्णित चार वृत्तिमध्येको कैशिकी वृत्तिको एक अङ्ग।
47296 नर्मगर्भ ना. नायकको गुप्त व्यवहारको वर्णन भएको, कैशिकी वृत्तिको एक अङ्ग।
47297 नर्मद वि. दिल्लगी गर्ने; हँसाउने।
47298 नर्मद वि. ना. २. ठट्यौली व्यक्ति;विदूषक।
47299 नर्मदा ना. हिन्दूहरूका पवित्र मानिएका प्रसिद्ध सात नदीहरूमध्ये एक; भारतको मध्यप्रदेशमा पर्ने एक नदी।
47300 नर्मदा ना. २. आनन्द दिने (स्त्री)।