Dictionary

All Word

47201 नयाँ वि. ३. भखरै खोजिएको, भर्खरै पत्ता लागेको।
47202 नयाँ वि. ४. कुनै काम भर्खरै सिक्न लागेको;कामको अनुभव नभएको;सिकारु; अनुभवहीन; कोरा।
47203 नयाँ जनवाद ना. सर्वहारा क्रान्तिका क्रममा पुँजीवादी संस्कृति, अर्थनीति आदिलाई समाजवादमा परिवर्तित गर्न ल्याइएको नयाँ राजनीतिक व्यवस्था।
47204 नयाँ पात ना. भर्खरै पलाएको पात; पालुवा मुना।
47205 नयाँ पात ना. २. कलिलो अवस्था; नयाँ छिमल।
47206 नर ना. मानवजाति, मानव, मनुष्य, मानिस।
47207 नर ना. २. पुरुष जातिको प्राणी; भाले जाति; मर्द जीव, पुरुष।
47208 नर ना. ३. विष्णुका चौबिस अवतारमध्ये एक।
47209 नर ना. ४. ढिम्रीको भित्रपट्टि पेच काट्ने हतियार।
47210 नर ना. वि. ५. पुरुष जातिको (प्राणी); भाले (नरवानर, नरहरिण, नरमैना इ. )।
47211 नरक ना. धार्मिक सिद्धान्तअनुसार पापी वा दुराचारीहरूलाई मरेपछि सजाय दिइने ठाउँ नर्क।
47212 नरक ना. २. दुःखसाथ जीवनयापन गर्नुपर्ने ठाउँ, पीडा वा कष्ट हुने ठाउँ।
47213 नरक ना. ३. विष्ठा, मल।
47214 नरककुण्ड ना. पापीहरूलाई यातना दिइने नरकको एक खाल्टो; अत्यन्तै फोहोर ठाउँ।
47215 नरक चतुर्दशी ना. कार्तिक कृष्ण चतुर्दशी।
47216 नरकासुर ना. पौराणिक कथाअनुसार पृथ्वीको एक छोरो।
47217 नरकेशरी ना. सिंह जस्तै पराक्रमी पुरुष; श्रेष्ठ व्यक्ति।
47218 नरकेशरी ना. २. नृसिंह।
47219 नरखट ना. आहारविहार आदिमा गरिने शङ्का उपशङ्का; नाटीकुटी;नाकनिक।
47220 नरखटे वि. नरखट गर्ने, नाटीकुटी गर्ने (व्यक्ति)।
47221 नरदेव ना. राजा; नृप।
47222 नरनाता ना. नाता; नसनाता।
47223 नरनाथ ना. नरेश; नरदेव।
47224 नरनारायण ना. कृष्णका साथी अर्जुन र नारायणका अवतार मानिएका कृष्ण; कृष्ण र अर्जुन।
47225 नरनारायण ना. २. विष्णुका अवतार मानिएका नर र नारायण नामक दुई ऋषि, विष्णुका चौबिस अवतारमध्ये एक।
47226 नरनारी ना. लोग्नेमान्छे र आइमाई, स्त्री-पुरुष।
47227 नरनारी ना. २. अर्जुनकी स्त्री; द्रौपदी।
47228 नरपति ना. राजा; नरदेव।
47229 नरपशु ना. पशुको जस्तो स्वभाव वा गुण भएको मानिस;मानिस भएर पनि पशु भन्न सुहाउने व्यक्ति।
47230 नरपाल ना. आफ्नो राज्यका मानिसको पालन गर्ने राजा।
47231 नरपिशाच ना. पिशाचको जस्तो स्वभाव भएको मानिस; पैशाचिक प्रवृत्तिको मानिस दुष्ट मानिस; दृष्ट व्यक्ति; दुर्जन।
47232 नरपुर ना. नरलोक, मर्त्यलोक।
47233 नरबलि ना. मानिसलाई काटेर दिइने बलि;मानिसको बलि।
47234 नरभक्षी वि. निसलाई खाने;नरमांसभोजी।
47235 नरभक्षी वि. ना. २. राक्षस।
47236 नरम वि. मुलायम; कमलो; नम्र।
47237 नरमकरम ना. जग्गाजमिन वा कुनै वस्तुको भागबन्डा गर्दा राम्रो नराम्रो; असलकमसल मिलाउने काम।
47238 नरमकरम ना. वि. २. राम्रोनराम्रो;असल- कमसल।
47239 नरमचाना ना. हाड नभएको ( विशेष गरी बँदेल र सुँगुरको) फल मासु।
47240 नरम तेल ना. घाउखटिरा सुकेपछि लगाइने मलमजस्तो एक प्रकारको तेल।
47241 नरमपन ना. नरम हुनाको भाव; नरमपना; कोमलता, नम्य्राइँ।
47242 नरमाला ना. मानिसका खप्परको माला; मुण्डमाला।
47243 नरमी ना. नरमपन, नम्रता।
47244 नरमेध ना. मानिसलाई काटेर होमिने यज्ञ मानिसको बलि दिएर गरिने यज्ञ।
47245 नरमेध ना. २. ठुलो जनसंहार हुने युद्ध।
47246 नरयन्त्र ना. धूपघडी।
47247 नरयान ना. मानिसले बोक्ने वा तान्ने सवारी (डोली, पालकी, रिक्सा आदि)।
47248 नरयान ना. २. नरवाहन।
47249 नरलोक ना. मानिसहरू बसेको लोक;मनुष्यलोक;संसार।
47250 नरलोक ना. २. मानिसहरूको समूह; जनसमुदाय।