Dictionary

All Word

47301 नर्मदेश्वर ना. नर्मदा नदीमा पाइने शिवलिङ्ग।
47302 नर्मद्युति ना. दोष दबाउने हास्य भएको, प्रतिमुख सन्धिको एक भेद।
47303 नर्मल वि . नियमित; सामान्य।
47304 नर्मल वि . २. प्रवेशिका उत्तीर्ण नगरेकाहरूलाई दिइने प्रारम्भिक शिक्षणसम्बन्धी ( तालिम )।
47305 नर्मल स्कुल ना. स्वदेशी भाषाका शिक्षकहरूलाई शिक्षणकला सिकाउने विद्यालय।
47306 नर्मसचिव ना. राजामहाराजालाई हँसाउन तथा मन प्रसन्न राख्न साथमा रहने ठट्यौलो व्यक्ति; विदूषक।
47307 नर्मसुहृद् ना. पुरानो समयमा राजाको मनोविनोदका निमित्त साथसाथ रहने व्यक्ति; हँसाउने व्यक्ति; ठट्यौलो व्यक्ति;नर्मसचिव; विदूषक।
47308 नर्मस्फोट ना. अलिअलि प्रकाश गरिएका भावबाट शृङ्गारको थोरै सूचना; संस्कृत नाटकमा वर्णित चार वृत्तिमध्ये कैशिकी वृत्तिको अङ्गविशेष।
47309 नर्स ना. रोगीको स्याहारसुसार गर्ने काममा प्रशिक्षित र अस्पतालमा त्यसै कामका लागि नियुक्त स्त्री; रोगीको सुसारे;उपचारिका;परिचारिका।
47310 नर्स ना. २. अर्काको बालबच्चाको हेरचाह गर्ने आइमाई; धाई।
47311 नर्सरी ना. ससाना बालबालिकाहरूलाई खेलाउने -सिकाउने धाई, शिक्षिका आदि भएको घर वा कोठा, बालकक्ष।
47312 नर्सरी ना. २. बिरुवाहरू हुर्काउने ठाउँ।
47313 नर्सिङ ना. नरसिंह; नरसिङ्गा।
47314 नर्सिङ ट्वाक ना. रक्सी, मदिरा ( लाक्षणिक अर्थमा )।
47315 नर्सिङ विष ना. मान्छेलाई मार्ने विष, हलाहल विष।
47316 नल ना. अनाज छुट्ट्याइएको धान, कोदो आदिको हरियो बोट।
47317 नल ना. २. नर्कट।
47318 नल ना. ३. नली, ढुङ्ग्रो।
47319 नल ना. ४. कमलको डाँठ।
47320 नल ना. ५. कुलो,ढल।
47321 नल ना. ६. पुराणप्रसिद्ध निषध देशका राजा।
47322 नल ना. ७. रामका सेनाको एक वानर।
47323 नल ना. ८. पेटभित्रको पिसाब निस्कने नली।
47324 नल ना. ८. पुरुषेन्द्रिय; लिङ्ग।
47325 नलकूप ना. नली थिचेर पानी निकालिने कुवा वा धारा।
47326 नलफल ना. पुरुषको अण्डकोषसहितको लिङ्ग, लिङ्गको फेदमा झुन्डिएको फल वा अण्डकोष।
47327 नलिका ना. सानो; पातलो नली; झिनो नली।
47328 नलिका ना. २. महारङ्गी बुटी।
47329 नलिनी ना. कमलिनी।
47330 नलिनी ना. २. धेरै कमल फुलेको तलाउ,कमलपोखरी।
47331 नली ना. धातु, माटो आदिको पानी ल्याउने वा पठाउने डुंड; पाइप।
47332 नली ना. २. पातलो ढुङ्ग्रो।
47333 नली ना. ३. हुक्काको धुवाँ तान्ने खप्तरी, निगालो, सतिसाल आदिको लामो ढुङ्ग्रो।
47334 नलीखुट्टे वि. झिनो खुट्टा भएको, सुलीखुट्टे, सुइँखुट्टे।
47335 नलीखुट्टो ना. खुट्टाको घुँडादेखि गोलीगाँठासम्मको अवयव।
47336 नलीहाड ना. नलीखुट्टाको हाड।
47337 नलुको ना. करवीरका आकारको पात हुने र पातमा तिलजस्तो थोप्ला परेको, आयुर्वेदमा शरीर दृढ राख्ने, फलाम पगाल्ने र पारोलाई बद्ध गराउने गुण बताइएको एक प्रकारको जङ्गली झार।
47338 नलुवा ना. धान, कोदो आदि अन्नको हरियो बोट;नल; नरुवा।
47339 नल्ठो ना. नलीखुट्टी।
47340 नव वि. नयाँ; नौलो; नूतन।
47341 नव वि. ना. २. आठ र एकको योगसङ्ख्या; नौ।
47342 नव अरिस्टोटलवाद ना. बिसौं शताब्दीको तेस्रो दशकमा अमेरिकाको सिकागो विश्वविद्यालयका विद्वान्हरूबाट प्रतिपादित कुनै पनि सिद्धान्त निर्दोष नहुने र सबै सिद्धान्तमा केही न केही गुण हुने भएकाले विभिन्न समालोचनात्मक मान्यताबाट उपयोगी कुरा लिनुपर्छ भन्ने, एउटैमा भन्दा विभिन्न समालोचनात्मक पद्धतिमा विश्वास राख्ने मान्यता।
47343 नव उपनिवेशवाद ना. शक्तिशाली साना देशमाथि सोझै कब्जा नगरेर तिनको सम्पत्तिस्रोतमाथि कब्जा जमाई आर्थिक शोषण गर्ने र अप्रत्यक्ष रूपमा आफ्नो हैकममा राख्ने राजनीतिक प्रक्रिया।
47344 नव उपनिवेशवादी वि. वउपनिवेशवादमा विश्वास राख्ने; नवउपनिवेशवादको अनुयायी।
47345 नवकल्प ना. विभिन्न कल्पहरूमध्ये आजभन्दा ६ करोड वर्षपहिले सुरु भएको, स्तनपायी जीव र मनुष्यको सृष्टि आरम्भ हुन थालेको कल्प वा युग।
47346 नवकुमारी ना. नवरात्रमा पूजा गरिने नौ कुमारी (कुमारिका, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्रा )।
47347 नवखण्ड ना. पुराणमा वर्णन गरिएका भौगोलिक विभाजनका नौ खण्ड (भारत, इलावृत्त, किम्पुरुष, भद्र, केतुमाल, हरि, हिरण्य,रम्य र कुश)।
47348 नवग्रह ना. पूर्वीय ज्योतिषशास्त्रअनुसार शुभाशुभ फलका दाता मानिएका नौ ग्रह (सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु); पश्चिमी ज्योतिषीहरूले पत्ता लगाएअनुसार सूर्य,चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र, शनि, अरुण (युरेनस. र वरुण (नेप्चुन)।
47349 नवछिद्र ना. प्राणीका शरीरमा हुने दुई आँखा, दुई कान, नाकका दुई प्वाल, मुख, गुदद्वार र लिङ्ग वा योनि नौवटा द्वार।
47350 नवजात वि. भर्खर जन्मेको, नवोत्पन्न।