Dictionary

All Word

47451 नष्टदृष्टि वि. आँखा बन्द भएको; अन्धो।
47452 नष्टनीड वि. गुँड भत्केको; रहने ठाउँ नभएको; निराश्रय।
47453 नष्टप्रभ वि. कान्तिरहित; तेजहीन; हतप्रभ।
47454 नष्टबुद्धि वि. बुद्धि हराएको, बुद्धिहीन, मूर्ख।
47455 नष्टभ्रष्ट वि. बिलकुल नाश भएको, भताभुङ्ग भइसकेको; बिग्रे-भत्केको; पूर्णतया ध्वस्।
47456 नष्टा ना. वेश्या; रन्डी।
47457 नष्टा ना. २. व्यभिचारिणी।
47458 नष्टात्मा वि. आत्मा नष्ट भएको।
47459 नष्टात्मा वि. २. साह्रै नीच; अधम।
47460 नष्टेन्द्रिय वि. इन्द्रिय नष्ट वा शिथिल भएको।
47461 नस ना. अम्मल वा औषधीका रूपमा नाकभित्र हालिने सुगन्धी चूर्ण; नाकभित्र हालिने सुर्तीको धुलो।
47462 नस ना. दलिन अड्याउनाका निम्ति गाह्रोमा तेर्सो पारेर हालिने काठ।
47463 नस ना. नसो।
47464 नसच्छेदन ना. परिवार नियोजनको उद्देश्यपूर्तिका लागि स्त्री-जातिमा गर्भ नरहने बनाउन शल्यक्रियाद्वारा पुरुषहरूको शुक्रवाहिनी नली छेदन गर्ने काम; नसबन्दी (भ्यासेक्टोमी)।
47465 नसनाता ना. जन्म वा विवाह आदिबाट भएको सम्बन्ध;नाताकुटुम्ब; नातापाता।
47466 नसबन्दी ना. नसच्छेदन।
47467 नसल ना. हे. नस्ल।
47468 नसावरोधन ना. धमनी वा शिरामा आकस्मिक अवरोध वा बाधा हुने प्रक्रिया।
47469 नसावरोधन ना. २. नसामा अवरोध पैदा हुनाले रक्तसञ्चार बन्द हुने प्रक्रिया।
47470 नसिप/नसिब ना. सुख वा दुःखको भागी गराउने पूर्वनिश्चित दैवी विधान, भाग्य, नियति, प्रारब्ध, निसिप, किस्म।
47471 नसियत / नसिहत ना. कसैले नहुने कुनै कामकुरा गरेमा वा कुनै काम बिगारेमा आइन्दा यसो नगर्नू भनी दिइने चेतावनी।
47472 नसियत / नसिहत ना. २. हप्की; खप्की।
47473 नसी वि. ख्याउटी, दुब्ली।
47474 नसो ना. शरीरका अङ्गप्रत्यङ्गमा रक्तसञ्चालन हुने तन्तु; रक्तवाहिनी नाडी।
47475 नसो ना. २. शरीरका मांसपेसीहरूलाई जोड्ने तन्तु।
47476 नसो ना. ३. सागपातहरूमा फिँजिएर रहने तन्तु।
47477 नस्तक ना. पशुहरूको नाथ्रामा धातुको मुन्द्रा लगाउन पारिने प्वाल।
47478 नस्तर ना. अरूले सुइँको नपाउने किसिमले गरिने कामकुरो; गोप्य रूपमा गरिने कार्य; गुप्त व्यवहार।
47479 नस्तर ना. २. सुराग;सूत्र।
47480 नस्तर ना. ३. चिरफार गर्ने सानो चक्कु।
47481 नस्ता ना. नाथ्रीमा पारिएको प्वाल।
47482 नस्ल ना. सन्तति; वंश; जाति; नसल।
47483 नस्ल सुधार ना. कुनै प्राणीविशेषको सन्तति वा वंशलाई सुधार्ने काम।
47484 नहर वि. भर्खरै फुलेको (रुख); जोत्ने बेला भएको (गोरु)।
47485 नहर ना. गाईबस्तुका ढोडनसाबाट बनाइएको, जुत्ता सिउने बलियो धागो।
47486 नहर ना. तासका पत्तीहरूमध्ये नौ फुट्टी भएको पत्ती; गन्जिफा आदिको पत्ती।
47487 नहर ना. सिँचाइ, जलपथ वा दुवै कामका निम्ति बनाइएको; नदीजस्तो पानीको स्रोत; ठुलो कुलो।
47488 नहर अधिकृत ना. नहर, पैनी आदिको व्यवस्था मिलाउन खटिएको राजपत्राङ्कित कर्मचारी; नहरको रेखदेख गर्ने अधिकारी।
47489 नहर योजना ना. नहर वा बाँधपैनीसम्बन्धी कार्यको योजना।
47490 नहर विभाग ना. नहरसम्बन्धी काम गर्ने विभाग।
47491 नहरनी ना. नङ काट्नका लागि नाऊहरूद्वारा प्रयोग गरिने एक किसिमको सानो हतियार, नङ काट्ने साधन।
47492 ना वि. बो. निषेध वा अस्वीकृतिसूचक शब्द, न, नाहिं, नाइँ (कुनै भाषिकामा मात्र सीमित, जस्तै- ना, म यो के पत्याउँथेँ!)।
47493 ना पू. स. निषेध, निरोध, विपरीतता आदि बुझाउने एक उपसर्ग (नासमझ, नामन्जुरी, नातागत इ. )।
47494 नाइँ वि. बो. निषेध, असहमति, अस्वीकृति, निरोध आदि बुझाउने शब्द, अहँ, नाहिँ।
47495 नाइँनाइँ वि. बो. हुँदै होइन, कुनै हालतमा पनि हुँदैन; मान्दै मान्दिनँ।
47496 नाइँनाइँ वि. बो. ना. २. उग्र अस्वीकृति, स्पष्ट अस्वीकार।
47497 नाइँनाइँ वि. बो. (उदा.- नाइँनाइँ भन्दाभन्दै गुन्डाहरूले जबर्जस्ती अबलाको इज्जत लुटे)।
47498 नाइँकार ना. नाइँकार्ने काम; नाइँ नाइँ; अस्वीकार; नामन्जुर।
47499 नाइँकार्नु स.क्रि. अस्वीकार वा नामन्जुर गर्नु, नाइँ नाइँ भन्नु।
47500 नाइँकार्नु स.क्रि. २. असहमति जनाउनु।