Dictionary

All Word

47351 नवजातक ना. जन्मदेखि सत्ताइस दिनसम्मको बालक।
47352 नवजीवक ना. भूगर्भशास्त्रका अनुसार जीवको अस्तित्व भएको तेस्रो विभाजन।
47353 नवदुर्गा ना. नवरात्रमा पूजा गरिने दुर्गादिवीका 'दुर्गाकवच' मा वर्णित नौ रूप (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता,कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री)।
47354 नवद्वार ना. नवछिद्र।
47355 नवधा क्रि.वि. नौ किसिमले;नौ प्रकारले।
47356 नवधा क्रि.वि. २. नौ भागमा; नौ हिस्सामा; नौ खण्डमा।
47357 नवधातु ना. सुन, चाँदी, फलाम, सिसा, तामा, राँग, पारो, काँसो र चुम्बक - यी नौ प्रकारका धातु।
47358 नवधाभक्ति ना. पुराणमा वर्णित नौ किसिमले गरिने वा नौ प्रकारका भक्ति- श्रवण, कीर्तन, स्मरण, पादसेवन, अर्चन, वन्दन,दास्य, सख्य र आत्मनिवेदन; नवभक्ति।
47359 नवनिधि ना. पद्य, महापद्य, शङ्ख, मकर, कच्छप, मुकुन्द,कुन्द, नील र खर्ब नाम गरेका, कुबेरका नौवटा ढुकुटी।
47360 नवनी/नवनीत ना. दही वा दुध मथेर झिकिएको सार; काँचो वा नखारेको घिउ; ताजा मक्खन; नौनी।
47361 नवपत्रिका ना. दसैँमा फूलपातीका दिन भित्र्याइने केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती नौ प्रकारका बोटका पा।
47362 नवपाषाण ना. प्रागैतिहासिक पुरातत्त्वका अनुसार धातुयुग प्रारम्भ हुनुभन्दा पहिले र मध्यपाषाण युगभन्दा पछि प्रयोग गरिएका ढुङ्गाका हतियार वा सामान।
47363 नवपाषाण युग ना. त्यस्तो हतियार प्रयोग गर्ने चलन भएको युग वा समय।
47364 नवप्रसूता वि. भर्खरै बच्चा जन्माएकी, भर्खरै सुत्केरी भएकी,आली सुत्केरी।
47365 नवभक्ति ना. हे. नवधाभक्ति।
47366 नवम वि. गणना गर्दा नौको सङ्ख्यामा परेको,गन्तीमा नवौँ।
47367 नवमल्लिका ना. चमेलीको फूल।
47368 नवमल्लिका ना. २. नवमालिका।
47369 नवमानववाद ना. मान्छेका प्राकृतिक, सहज र निम्न प्रवृत्तिलाई भन्दा आन्तरिक सङ्कल्प, आत्मसंयमजस्ता उच्चतम प्रवृत्तिलाई महत्त्व दिने र यी दुई प्रवृत्तिका द्वन्द्वमा उच्चतम प्रवृत्तिको महत्त्व प्रतिपादित हुनुपर्छ भन्ने साहित्यिक मान्यता।
47370 नवमानववादी वि. नवमानववादमा विश्वास राख्ने, नवमानववादको अनुनायी।
47371 नवमालिका ना. चमेलीका जातको एक फूल; नवमल्लिका।
47372 नवमालिका ना. २. नगण, जगण, भगण र यगण भएको एक छन्द।
47373 नवमी ना. चान्द्रमासअनुसार शुक्ल तथा कृष्ण दुवै पक्षको नवौं तिथि अष्टमीपछिको र दशमी पहिलेको तिथि।
47374 नवयुवक ना. भर्खर युवा अवस्थामा प्रवेश गरेको पुरुष, भर्खर जवान भएको लोग्नेमान्छे;नौजवान।
47375 नवयुवती ना. भर्खरैकी तरुनी; युवती स्त्री।
47376 नवयुवराज ना. राजाका उत्तराधिकारीका रूपमा भखरै घोषित व्यक्ति; नयाँ युवराज; नवयुवराजाधिराज।
47377 नवयुवराज्ञी ना. नवयुवराजकी पत्नी, युवरानी।
47378 नवयुवा ना. नवयुवक, नौजवान।
47379 नवयौवन ना. भर्खर सुरु भएको यौवन, भर्खर चढेको जवानी,नयाँ बैंस।
47380 नवयौवना ना. भर्खर युवा अवस्थामा प्रवेश गरेकी स्त्री; तरुनी आइमाई; नवयुवती।
47381 नवरत्न ना. नौ प्रकारका रत्न मोती, पन्ना, माणिक,गोमेद, हीरा, मुगा, सुन, पद्मराग र नीर।
47382 नवरत्न ना. २. विक्रमादित्यका सभाका नौजना पण्डित - धन्वन्तरी, क्षपणक, अमरसिंह, शङ्कु, वेतालभट्ट,घटखर्पर, कालिदास, बराहमिहिर र वररुचि।
47383 नवरत्न ना. ३. अकबरका दरबारका नौ प्रसिद्ध व्यक्ति - भगवान्दास, मानसिंह, फैजी, अबुल फज्ल, अब्दुर्रहीम खानखाना, टोडरमल, अब्दुल कादिर् बदायुनी, वीरबल र तानसेन।
47384 नवरस ना. संस्कृत साहित्यशास्त्रमा वर्णित र साहित्यप्रसिद्ध नौ रस (शृङ्गार, वीर, करुण, हास्य, रौद्र, भयानक, वीभत्स, अद्भुत र शान्त)।
47385 नवरस ना. २. एक प्रसिद्ध आयुर्वेदिक रसादि औषधी।
47386 नवरात्र/नवरात्रि / नवरात्री ना. नवदुर्गाको विशेष व्रत, पूजा, उत्सव आदिका साथ मनाइने, आश्विन शुक्ल परेवादेखि नवमीसम्मका शारदीय दुर्गा पूजाका नौ दिन र चैत्र शुक्ल परेवादेखि नवमीसम्मका वासन्ती दुर्गा पूजाका नौ दिन।
47387 नवलपरासी ना. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने, भित्री मधेस र तराईसमेत भएको, लुम्बिनी अञ्चलको एक जिल्ला।
47388 नववधू ना. भर्खरै बिहे गरी ल्याइएकी स्त्री; नवविवाहिता स्त्री;नयाँ दुलही।
47389 नववर्ष ना. नयाँ वर्ष सुरु हुने दिन; संवत् फेरिने दिन;विक्रम संवत्अनुसार वैशाख एक गतेको दिन, इस्वी सन्का अनुसार जनवरी एक तारिखको दिन।
47390 नववर्ष ना. २. नयाँ वर्ष।
47391 नवशक्ति ना. प्रभा, माया, जाया, सूक्ष्मा, विशुद्धा, नन्दिनी,सुप्रभा, विजया र सर्वसिद्धिदा नामक नौ प्रकारका शक्ति।
47392 नवश्राद्ध ना. मरेको एघारौं दिनमा गरिने श्राद्धकर्म।
47393 नवसङ्गम ना. नयाँ मिलन।
47394 नवसङ्गम ना. २. दुलहादुलहीको पहिलो मिलन, नयाँ पतिपत्नीका बिचमा भएको प्रथम समागम।
47395 नवाँ / नवाङ वि. दुनोट पढ्दा नौ गुना बुझाउन भनिने शब्द; नौगुना; नौ दोबर (उदा.- नौ नवाङ एकासी आदि)।
47396 नवान्न ना. खेतबारीबाट भर्खरै घरमा भित्र्याइएको अन्न; नयाँ अन्न।
47397 नवाफ ना. कुनै प्रदेशको शासनव्यवस्थाका निम्ति नियुक्त गरिएको मुगल बादशाहको प्रतिनिधि, नबाफ।
47398 नवाफ ना. २. धनी मुसलमानहरूलाई अङ्ग्रेज सरकारबाट मिल्ने गरेको एक खिताब।
47399 नवाफ ना. ३. धनवान् व्यक्ति।
47400 नवाफ ना. ४. बाबूसाहेब ठालु।