Dictionary

All Word

47501 नाइँनास्ति ना. निषेध; बेमन्जुरी; अस्वीकृति; नामन्जुरी।
47502 नाइकिनी ना. नाइकेकी स्त्री; नइकेनी; नैकिनी।
47503 नाइकिनी ना. २. नाइके स्त्री।
47504 नाइकिनी ना. ३. भान्साकी नाइके स्त्री।
47505 नाइके ना. ज्यामी, खेतालाहरूलाई काम लगाउने वा निर्देशन दिने व्यक्ति।
47506 नाइके ना. २. कुनै पनि कामको अगुवा, नायक।
47507 नाइके ना. ३. कुनै दल वा समूहको प्रमुख व्यक्ति, नेता।
47508 नाइके ना. ४. झ्यालखानामा अन्य कैदीहरूको देखरेख गर्ने काममा खटाइएको कैदी; दाइ नाइके।
47509 नाइके ना. ५. दाइ नाइकेभन्दा एक तहमुनिको कैदी, भाइ नाइके।
47510 नाइकेनी ना. हे. नाइकिनी।
47511 नाइटे वि. नाइटो बाहिर निस्केको; नाइटो उछिट्टिएको; ठुलो नाइटो भएको।
47512 नाइटे वि. २. नाइटो प्रस्ट देखिने।
47513 नाइटे ज्यामिर ना. चुच्चो आकारको नाइटो स्पष्टै देखिने र भित्र प्रायः खोटेत्रो भएको, अमिलो स्वादको काठे ज्यामिर।
47514 नाइटो ना. जरायुज प्राणीको गर्भावस्थामा नाल जोरिने, पेटको शिशुलाई खाद्य प्रदान गर्ने तर जन्मिएपछि भने कुनै खास उपयोगमा नआउने पेटका माझको खाल्टो।
47515 नाइटो ना. २. मदानीको मथ्नेतिरको तल्लो छेउ, सूर्यदर्शन गराउनु हुँदैन भन्ने विश्वासले मदानी कोठाबाहिर लग्नुपरेमा पातले छोपेर मात्र बाहिर ल्याइने मदानीको सोही भाग।
47516 नाइट्रोजन ना. जमिनलाई उर्वर बनाउन र बालीनाली सपार्नका लागि खेतबारीमा प्रयोग गरिने रासायनिक मल (एमोनियम सल्फेड, युरिया इ. )।
47517 नाइट्रोजन ना. २. ग्याँसको एक प्रकार।
47518 नाइलन ना. रुवो, पाट, ऊनबाहेक अन्य प्राकृतिक पदार्थहरूबाट कृत्रिम तरिकाले कपडा आदि तयार पार्ने विशेष प्रकारको पदार्थ वा सो पदार्थबाट तयार भएको माल।
47519 नाउँ ना. नाम।
47520 नाउँ गरेको वि. नाउँ भएको; नामक।
47521 नाउँ गरेको वि. (उदा.- त्यहाँ हरि नाउँ गरेको एउटा केटो थियो।
47522 नाउँ न गाउँको पदा. एकदमै अपरिचित; बिलकुलै नचिनेको।
47523 नाउँनामासी/ नामेसी ना. कुनै पनि व्यक्तिको नाउँ, थर, वतन आदि; नाउँ र ठेगाना;नामनामेसी।
47524 नाउँनिसान ना. नाम - निसान; चिह्न वा परिचय।
47525 नाउँ मात्रको वि. खास उल्लेख गर्न लायक नभएको; नगण्य।
47526 नाउँरियँ ना. मालिङ्गो, निगालो, घोडाका पुच्छरका रौं र भेडाका आन्द्राले बनाइएको गोठाले बाजा।
47527 नाउँसारी ना. कुनै एक वा एक थरी व्यक्तिका नाममा भएको कागतपत्रलाई अर्को वा अर्का थरी व्यक्तिका नाममा सार्ने वा लेख्ने काम, नामसारी।
47528 नाउ ना. डुङ्गा।
47529 नाउबुडी ना. पानीभित्रभित्र डुबेर खेलिने एक प्रकारको पौडी पानीभित्र डुबुल्की मारेर खेलिने एक प्रकारको खेल;डुबुल्की; नाकबुडी।
47530 नाउम्मेद वि. कुनै आशाभरोसा नभएको, कुनै उत्साह नभएको, निराश, हतोत्साह।
47531 नाउम्मेदी ना. आशा, भरोसा नभएको स्थिति; उत्साहहीनता; निराशा।
47532 नाउर / नाउरु ना. सेतो रङको झ्यापुल्ले भेडो जस्तै झन्डै तीन फिट अग्लो, हिमालको बिच भागमा पाइने जङ्गली भेडो।
47533 नाउ ना. कपाल, दाह्री र जुँगा खौरने र हात गोडाका नङसमेत काट्ने पेसा भएको एक जात; हजाम;नापि।
47534 नाक ना. नेपालको उत्तरी पहाडी भागमा पाइने याकको पोथी, पोथी याक।
47535 नाक ना. सास फेर्ने र सुँघ्ने काम गर्ने दुइटा प्वाल भएको ओठमाथिको अवयव, नासिका, घ्राणेन्द्रिय।
47536 नाक ना. २. इज्जत, प्रतिष्ठा, मान मर्यादा।
47537 नाक ना. ३. चरा आदिकको चुच्चो।
47538 नाककान ना. शरीरका सुँघ्ने र सुन्ने अवयव, नाक र कान।
47539 नाककान ना. २. नाक र कान काटेर पुरानो जमानामा दिइने एक प्रकारको सजाय।
47540 नाककान ना. ३. इज्जत, प्रतिष्ठा।
47541 नाकको चाल ना. नगरी नहुने स्थिति; बाध्यता।
47542 नाककोरे ना. धनियाँका जस्ता कुना कुना परेका पात, पहेँला फूल र झुसिला गोल फल हुने, खाँदा नाकमा पिरो राग आउने, आयुर्वेदमा गरम, रुचिकर र अग्निवर्द्धक मानिएको एक जातको भुइँफार।
47543 नाककोरे ना. २. भालु आदि जन्तुले चिथोरेर नाक बिगारिदिएको व्यक्ति; भालुकोरे।
47544 नाकडुबी / बुडी ना. नाउबुडी।
47545 नाका ना. एउटै बाटो दुइटा बाटामा बाँडिने ठाउँ; दुई बाटा फाट्ने ठाउँ दोबाटो मुहान।
47546 नाका ना. २. सहरभित्र पस्ने मुख्य ठाउँ आउँदा जाँदा पस्ने मुख्य ठाउँ प्रवेशस्थान।
47547 नाका ना. ३. गौंडा, दोमुहानी, चौमुहानी।
47548 नाका ना. ४. पस्ने र निस्कने निकास।
47549 नाकाबन्दी ना. मालसामान ल्याउनेलाने मुख्य बाटो बन्द गरी अवरोध खडा गरिएको अवस्था; मार्ग अवरोध।
47550 नाकिमा ना. फेदैदेखि ठुलाठुला पात लाग्ने, कोसाका आकारका फूल फुल्ने र पात गाईबस्तुलाई घाँस खुवाउन र फूल तरकारीका रूपमा प्रसिद्ध भएको, पहाडमा उम्रने एक जातको बोट।