Dictionary

All Word

47601 नागरक ना. कालिगड, शिल्पी।
47602 नागरक ना. २. नगरको रक्षा गर्ने राजकर्मचारी।
47603 नागरक ना. ३. चोर।
47604 नागरमुस्ता ना. जरामा ससाना गान्टा हुने, भालाका आकारका हरिया पात हुने, खैरो फूल हुने, एक जातको भुईंझार,मोथे।
47605 नागरमोथे ना. एक प्रकारको मोथे झार।
47606 नागराज ना. सहस्र फणा भएका सर्पहरूका राजा; शेषनाग।
47607 नागराज ना. २. छन्दशास्त्रका प्रवर्तक पिङ्गलाचार्य।
47608 नागराज ना. ३. ऐरावत हात्ती।
47609 नागराज ना. ४. एक प्रसिद्ध व्याकरणकार; पतञ्जलि, नागेश।
47610 नागरिक वि. नगरसम्बन्धी; नगरको; नगरवासी।
47611 नागरिक वि. ना. २. कुनै देश वा राष्ट्रको विधानअनुसार सामाजिक, राजनीतिक आदि अधिकार पाएको र तदनुसार निश्चित कर्तव्यमा रहनुपर्ने व्यक्ति (नागरिक जन्मसिद्ध र अङ्गीकृत गरी दुई प्रकारका हुन्छन्)।
47612 नागरिक अधिकार ना. कुनै देश वा राष्ट्रको संविधानअनुसार सर्वसाधारण नागरिकले देशप्रतिको कर्तव्य पूर्ण गरेबापत पाउने सामाजिक, राजनीतिक आदि अधिकार; नागरिक हक।
47613 नागरिक उड्डयन ना. सर्वसाधारण जनताको यातायातको सुविधा लागि गरिएको हवाई उडान।
47614 नागरिक हक ना. नागरिक अधिकार।
47615 नागरिकता ना. नागरिक हुनाको भाव वा अवस्था।
47616 नागरिकता ना. २. कुनै राष्ट्रले आफ्नो संविधानअनुसार त्यस राष्ट्रमा बस्ने व्यक्तिलाई वंशजका नाताले वा निश्चित अवधिदेखि बसोबास गरेका नाताले दिने नागरिक अधिकार।
47617 नागरिकता ना. ३. कुनै राष्ट्रले आफ्नो संविधानअनुसार त्यस देशमा बस्ने व्यक्तिलाई देशप्रति कर्तव्यपरायण भएमा उमेरको निश्चित तहमा पुगेपछि दिने नागरिक अधिकार।
47618 नागरिकता निलम्बन ना. कसैलाई अस्थायी तवरले वा अवस्था हेरी स्थायी तवरले नै पनि नागरिक हकबाट वञ्चित गराउने कार्य।
47619 नागरिकता परित्याग ना. कुनै राष्ट्रको नागरिकद्वारा त्यस राष्ट्रको नागरिकतालाई कारणवश छोड्ने काम।
47620 नागरिकता परित्याग ना. २. कुनै राष्ट्रको नागरिक त्यस राष्ट्रको संविधानबमोजिमको अधिकार र कर्तव्यबाट मुक्त हुने स्थिति।
47621 नागरिकता प्रमाणपत्र ना. कुनै राष्ट्रमा बस्ने व्यक्तिलाई वंशजका नाताले वा निश्चित अवधिदेखि बसोबास गरेका नाताले त्यस राष्ट्रको नागरिक हो भन्ने प्रमाणित गरी सरकारी कार्यालयद्वारा दिइने पत्र।
47622 नागरिकता प्राप्ति ना. कुनै राष्ट्रमा बस्ने व्यक्तिले वंशजका नाताले वा निश्चित अवधिदेखि बसोबास गरी नागरिकताप्राप्तिका लागि निर्धारित औपचारिकता पूरा गरेपछि त्यस राष्ट्रको नागरिकता पाएको वा नागरिक बनेको स्थिति।
47623 नागरिकता लोप ना. कुनै राष्ट्रको नागरिकताप्राप्त व्यक्तिको नागरिकता कुनै कारणवश नरहेको वा गुमेको स्थिति।
47624 नागरिकता हरण ना. खास कारणवश नागरिकताबाट कसैलाई सरकारी आधारबाट हटाउने कार्य।
47625 नागरी ना. सहरमा बसोबास गर्ने स्त्री; सहरिया स्त्री।
47626 नागरी ना. २. स्त्री; नारी।
47627 नागरी ना. ३. देवनागरी लिपि।
47628 नागल ना. थाम, निदाल, खसिपा आदिका छेउमा कुना मारेर पारिने खोल्सो।
47629 नागलोक ना. पुराणअनुसार पृथ्वीभन्दा तल्तिर छन् भनी विश्वास गरिएका सात लोकमा सबभन्दा तल्लो लोक; नागहरूको बस्ने ठाउँ; पाताल।
47630 नागवल्लरी / नागवल्ली ना. नागबेली।
47631 नागवल्लरी / नागवल्ली ना. २. ताम्बूल लता; पानको लहरो।
47632 नागह्रद ना. नेपालको राजधानी काठमाडौँमा रहेको चार भन्ज्याङभित्रको खाल्टो विशाल दह छँदाको प्रागैतिहासिक नाम; नागदह।
47633 नागा ना. सधैं नाङ्गा रहने एक थरी शैव वा जैन सम्प्रदायका जोगी।
47634 नागा ना. २. जोगीका भेषमा रहेका फौजी जवानहरू (दिव्य )।
47635 नागा ना. ३. अविवाहित जवान पुरुष।
47636 नागा ना. ४. भारतको उत्तरपूर्वी क्षेत्रमा रहने एक जाति; नागाल्यान्डको जाति।
47637 नागार्जुन ना. भारतको विदर्भ प्रदेशमा जन्मेका बौद्ध दर्शनका प्रमुख आचार्य।
47638 नागार्जुन ना. २. काठमाडौंको उत्तरतर्फ रहेको बालाजुबाट सुरु भई आर्यश्वरमा टुङ्गिने एक डाँडो।
47639 नागार्जुन ना. ३. चौरासी सिद्धमध्ये एक।
47640 नागिनी ना. पोथी सर्प, सर्पिणी।
47641 नागिनी ना. २. पिठिउँको बाङ्गोटिङ्गो, सर्पाकार रोमरेखा भएकी स्त्री; पिठिउँमा नागबेली परेका रौं भएकी स्त्री।
47642 नागी ना. विकलाङ्ग शिशु नजन्मून् र जन्मेका शिशुलाई रोग नलागोस् भनी गरिने ( राई - लिम्बू समाजमा प्रचलित ) एक प्रकारको पूजा।
47643 नागी ना. २. बुकीझार हुने लेकाली डाँडा वा चउर।
47644 नागी ना. ३. पहाडको ठुलो र फराकिलो खुइले चउर।
47645 नागीयुँ ना. चौंरी गाई चर्ने ठाउँ; हिमाली पाटन।
47646 नागीयुँ ना. २. नागी चौर।
47647 नागेश ना. सर्पहरूका राजा; शेषनाग।
47648 नागेश ना. २. नव्य- व्याकरणका प्रसिद्ध आचार्य; पतञ्जलि।
47649 नागेश्वरी ना. हे. नागकेशर।
47650 नागो वि. स्वास्नी, छोराछोरी कोही पनि नभएको अविवाहित (पुरुष); एक्लो;नाङ्गो; ठिङ्गो।