Dictionary

All Word

47701 नाटककार ना. नाटकको रचना गर्ने व्यक्ति; नाटक लेख्ने व्यक्ति।
47702 नाटकविधा ना. नाटक लेख्ने काम, नाटकको रचना, नाटक लेखन।
47703 नाटकसम्राट् ना. नाटककारहरूमध्ये श्रेष्ठ नाटककार।
47704 नाटकसम्राट् ना. २. नेपाली समालोचकहरूले स्व. बालकृष्ण समलाई दिएको एक उपाधि।
47705 नाटकीय वि. नाटकसम्बन्धी; नाटकको।
47706 नाटकीय वि. २. नाटकजस्तो।
47707 नाटकीय वि. ३. नाटकमा झैं बदलिरहने (घटना वा कार्य )।
47708 नाटिका ना. चार अङ्क हुने दृश्य काव्यको एक भेद।
47709 नाटीकुटी ना. दैनिक आहार व्यवहारमा वा धार्मिक कृत्यहरूमा गरिने शङ्काउपशङ्का; अनावश्यक खोजीनिती।
47710 नाटीकुटी ना. २. नचाहिँदो स्वाङ; आडम्बर; पाखण्ड।
47711 नाट्य ना. नाच, नाटक।
47712 नाट्य ना. २. अभिनय, हावभाव।
47713 नाट्य ना. ३. बहाना, नक्कल।
47714 नाट्य ना. ४. अवस्थाको अनुकरण।
47715 नाट्यकार ना. नाट्यसम्बन्धी काम गर्ने व्यक्ति; नाटक गर्ने व्यक्ति।
47716 नाट्यकार ना. २. नाटककार।
47717 नाट्यनौका ना. समुद्र वा ठुला नदीमा पर्यटन गर्ने सौखिनहरूको मनोरञ्जनका लागि नाट्य रङ्गमञ्चसमेत भएको नाउ।
47718 नाट्यरासक ना. लयताल धेरै भएको, उदात्त ( श्रेष्ठ नायक, वासकसज्जा नायिका, पीठमर्द उपनायक हुने र शृङ्गारसहित हास्यरसयुक्त एकाङ्की उपरूपक।
47719 नाट्यवेद ना. पाँचौं वेद मानिएको नाट्यशास्त्र।
47720 नाट्यशाला ना. नाचगान गर्ने घर वा स्थान; नाटक खेल्ने घर वा स्थान; नाचघर;प्रेक्षागृह।
47721 नाट्यशास्त्र ना. नृत्य, गीत, अभिनयको ज्ञान गराउने शास्त्र; नाट्यसम्बन्धी कुराको चर्चा भएको शास्त्र।
47722 नाट्यशास्त्र ना. २. भरतमुनिले बनाएको नाट्यसम्बन्धी कुराको चर्चा भएको ग्रन्थ; नाट्यग्रन्।
47723 नाट्यागार ना. नाचघर; नाट्यशाला।
47724 नाट्यालङ्कार ना. नाटकको शोभा बढाउने विशेष खालको अलङ्कार।
47725 नाट्योक्ति ना. केही कुरा सबैलाई सुनाइने, कसैलाई बाहेक गरी अरूलाई सुनाइने, मनमनै भनिने, बाहिरबाट फलाकिने र टाढाबाट सुनेजस्तो गरी माथितिर फर्केर भनिने गरी नाटकका पाँच प्रकार (श्रव्य, जनान्तिक, स्वगत, आकाशभाषित र नेपथ्य) का उक्तिमध्ये कुनै एक।
47726 नाठे ना. गुप्त किसिमले पोइ राख्ने आइमाई; नाठो खेलाउने आइमाई; व्यभिचारिणी स्त्री; वेश्या।
47727 नाठो ना. अरूले थाहा नपाउने गरी गुप्त किसिमले राखिएको पोइ; जार।
47728 नाठो ना. २. उपपति; परपुरुष।
47729 नाडी ना. शरीरभित्रका विभिन्न अवयवमा रगत बग्ने नली; रक्तवाहिनी नली, धमनी, शिरा।
47730 नाडी ना. २. नियमित रूपले रक्त सञ्चालन हुने तथा गतिको घटबढ नाप गरिने हातको नसा।
47731 नाडी ना. ३. हत्केलाको फेद; नारी।
47732 नाडी ना. ४. ज्योतिषशास्त्रअनुसार वर वधूको राशिगणनामा कल्पित चक्रको नक्षत्रसमूह।
47733 नाडी ना. ५. मर्मस्थल सन्नी।
47734 नाडी ना. ६. हठयोगअनुसार षट्चक्रको अभ्यास गर्दा शरीरमा अवस्थित इडा, पिङ्गला र सुषुम्ना तीन नली।
47735 नाडी ना. ७. ६ क्षणको एक कालमान।
47736 नाडी ना. ८. वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने एक अड्गुल वा मात्राको दश गुना बराबरको नाप; सय ताल, आयुध वा प्रादुर्भाव बराबरको नाप; दश अङ्गुल बराबरको नाप।
47737 नाडीग्रन्थी ना. नसाहरूका बिचमा परेका गाँठा ; शिरास्फोट।
47738 नाडीपरीक्षा ना. रोग पत्ता लगाउनका लागि वैद्यले रोगीको नाडीको गति जाँच्ने काम; रोगको निदानका लागि गरिने नाडीको परीक्षा।
47739 नाडीमन्दता ना. स्वास्थ्यको खराबीले गर्दा नाडीको गतिमा देखा परेको धीमापन, नाडीको सञ्चालन बिस्तारै हुने क्रिया।
47740 नाता ना. एउटै कुलमा जन्मनाले वा विवाह आदि गर्दा जोडिएको पारस्परिक सम्बन्ध; जन्म वा विवाह आदिबाट भएको सम्बन्ध; गोत्र वा कुटुम्बको सम्बन्ध, साइनु।
47741 नाता ना. २. स्नेह, माया।
47742 नाताकुटुम्ब ना. जन्म वा विवाह आदिका आधारमा नाता पर्ने व्यक्ति; नातेदारवर्ग, नातागोता; बन्धुवर्ग; इष्टमित्र।
47743 नातागत वि. शारीरिक अस्वस्थताले गर्दा शक्ति क्षीण भएको; तागत नभएको, दुर्बल, कमजोर, निर्धो।
47744 नातागत वि. ना. २. तागतको अभाव, नातागती।
47745 नातागतिलो वि. तागत नभएको।
47746 नातागती ना. तागतको अभाव।
47747 नातागती ना. वि. २. दुब्लो, कमजोर।
47748 नातागोता ना. नाताकुटुम्ब, कुलकुटुम्ब।
47749 नातादार वि. जन्म वा विवाह आदिका आधारमा नाता पर्ने; साइनु पर्ने, सम्बन्ध जोडिएको।
47750 नातादार वि. ना. २. नातादार व्यक्ति।