Dictionary

All Word

47801 नाद ना. ६. सङ्गीतशास्त्रका अनुसार हृदयमा नाभिस्थानभन्दा माथि रहेको वायुका सहायताले उत्पन्न भई मुखबाट प्रसारित हुने ध्वनि।
47802 नाद ना. ७. हठयोगका अनुसार षट्चक्रको अभ्यास गर्दा अभ्यास गर्ने साधकले सुन्ने शब्द; त्यस्तो साधकको मस्तिष्कमा उब्जेको सुमधुर शब्द वा उसद्वारा निस्केको मधुर ध्वनि।
47803 नाद ना. ८. एक किसिमको वाद्यरहित लयात्मक आवाज।
47804 नादब्रह्म ना. शब्दरूप ब्रह्म।
47805 नादब्रह्म ना. २. ॐ ध्वनि; प्रणव।
47806 नादलहरी ना. सङ्गीतशास्त्रका अनुसार कुनै स्वर वा श्रुतिका ध्वनिमा हुने कम्पनका तरङ्ग।
47807 नादसौन्दर्य ना. कुनै स्वर वा श्रुतिका ध्वनि कम्पनमा हुने सौन्दर्य, ध्वनि - सौन्दर्य।
47808 नादान वि. कुनै कामकुरा गर्ने साहस वा उत्साह नभएको;हिम्मत नभएको; डरछेरुवा, लाछी नामर्द।
47809 नादान वि. २. बुद्धि नै नभएको वा ज्यादै कम बुद्धि भएको; मूर्ख; नासमझ।
47810 नादान वि. ३. कम महत्त्वको; जाबो तुच्छ।
47811 नादान वि. ४. उमेर वा अवस्था नपुगेको; बुद्धि नछिप्पिएको (केटाकेटी)।
47812 नादानी ना. नादान हुनाको भाव, नामर्दी।
47813 नादानी ना. २. मूर्खता, बुद्धिहीनता।
47814 नादानी ना. ३. तुच्छता।
47815 नादानी ना. ४. अज्ञान, अज्ञता।
47816 नादिर शाह ना. आफ्नो निर्दयी व्यवहार र अत्याचारका लागि प्रसिद्ध फारस देशका एक बादशाह।
47817 नादिरशाही ना. अत्याचार वा अन्याय।
47818 नादिरशाही ना. २. बलात्कार वा लुटपिट।
47819 नादी वि. नाद गर्ने; शब्द वा ध्वनि निकाल्ने।
47820 नादी वि. २. गर्जने, डुक्रने।
47821 नादी वि. ३. बज्ने।
47822 नानक ना. वि. सं. १५२६ - १५९७ को आसपासका सिक्ख धर्मका प्रवर्तक, पन्जाबका एक प्रसिद्ध महात्मा; सिक्ख सम्प्रदायका आदिगुरु।
47823 नानक पन्थ ना. नानकद्वारा सुरु गरिएको धार्मिक सम्प्रदाय, सिक्ख धर्म।
47824 नानक पन्थी वि. गुरु नानकले चलाएको सम्प्रदायको अनुयायी।
47825 नानक पन्थी वि. ना. २. सिक्ख।
47826 नाना ना. लुगाकपडाका लागि प्रयोग गरिने शब्द, लुगा,कपडा, वस्त्र।
47827 नाना वि. अनेक; विभिन्न किसिम-किसिमको ; थरी - थरीको।
47828 नानाओली वि. अनेक किसिमको, थरी-थरीको; भाँती - भाँतीको; नानावली।
47829 नानार्थ वि. अनेक अर्थ भएको; थरी-थरीका अर्थ भएको; धेरै माने लाग्ने।
47830 नानार्थ वि. २. अनेक किसिमका काममा आउने, धेरै किसिमले उपयोगमा ल्याउन सकिने।
47831 नानावली वि. अनेक किसिम वा ढाँचाको; थरीथरीको; भाँति-भाँतीको; किसिम किसिमको;अनेकओली।
47832 नानाविध वि. नानावली।
47833 नानाविध वि. क्रि.वि. २. अनेक किसिमले; विभिन्न तरिकाबाट।
47834 नानी ना. रक्सी थाप्न प्रयोगमा ल्याइने एक किसिमको भाँडो।
47835 नानी ना. ठुलाले केटा-केटी वा आफूभन्दा कम उमेरकालाई माया गरेर बोलाउने शब्द।
47836 नानी ना. २. बच्चा, केटाकेटी, बालबालिका।
47837 नानी ना. ३. दरबारिया सुसारे आइमाई, केटी।
47838 नानी ना. ४. आँखाको पुतली।
47839 नानी ना. वि. ५. सानी।
47840 नानीको ताइँ ना. खुपै काम गर्छु भन्ने घमन्ड निकै फुर्ती।
47841 नानीको ताइँ ना. (उदा.- के गर्न सक्छौ ? हेरौँ नानीको ताइँ)।
47842 नानीझार ना. छोइँदा मात्रै पनि खुमुच्च भएर पात खुम्च्याउने भुइँझार, बुहारी झार, लज्जावती झार, लाजवन्ती।
47843 नानीसाहेब ना. राजामहाराजा वा राणा शासकहरूकी रखौटी स्वास्नीलाई दिइने एक दर्जा।
47844 नानीसाहेब ना. २. राजामहाराजा वा राणा शासकहरूकी रखौटी।
47845 नानु ना. सानी केटीलाई स्नेहपूर्वक बोलाउँदा प्रयोग गरिने शब्द।
47846 नान्दी ना. संस्कृत नाटक परम्पराअनुसार रङ्गशालाको विघ्नशान्तिका लागि सूत्रधारद्वारा नाटकको सुरुमा पढिने, मङ्गलाचरण, देवस्तुति आदि भएको आशीर्वादात्मक श्लोक।
47847 नान्दी ना. २. मङ्गलाचरण।
47848 नान्दी ना. ३. समृद्धि; अभ्युदय।
47849 नान्दीमुख ना. विवाह, व्रतबन्ध आदि शुभ कार्यका आरम्भमा गरिने, दिवङ्गत पितृहरूको पूजा।
47850 नान्दीमुख ना. २. शुभ कार्यको आरम्भमा गरिने माङ्गलिक श्राद्ध, आभ्युदायिक श्राद्ध।