Dictionary

All Word

47901 नाभिजन्मा ना. विष्णुको नाभिबाट उत्पन्न कमलको फूलमाथि प्रकट भएको मानिने आधारमा ब्रह्मालाई दिइएको एक नाम।
47902 नाभिस्थान ना. दैलेख जिल्लाको शिरस्थानदेखि आधा कोसजति पर नाभि खोलाको तीरमा रहेको, सतीदेवीको नाभि पतन भएको ठाउँ मानिएको र परापूर्वकालदेखि ज्वाला बलिरहेको एक मन्दिर; ज्वालास्थान।
47903 नाभो ना. बाली काटिसकेपछि जराबाट पलाएको गाँजमा फल्ने वा झरेको बीजबाट उम्रेर फल्ने अन्न, नछरीकन उम्रेको अनाज, ठिम्मल अनाज।
47904 नाम ना. सृष्टित वा कल्पित कुनै पनि वस्तुलाई बुझाउने वा चिनाउने शब्द।
47905 नाम ना. २. मनुष्य वा गाई, भैंसी, बाखा आदि पाल्तु जनावरलाई बोलाउने संज्ञा।
47906 नाम ना. ३. यश वा कीर्ति; प्रसिद्धि; सुनाम; ख्याति।
47907 नामक वि. नामधारी; नाउँ भएको।
47908 नामकरण ना. नवजात बालक जन्मेको एघारौं दिनभित्र बिजोडी दिन पारेर परम्पराअनुसार गरिने, नाम राख्ने संस्कार, न्वारान।
47909 नामकरण ना. २. कुनै व्यक्ति, वस्तु वा स्थान आदिको नाम राख्ने काम, शीर्षक दिने कार्य।
47910 नामकर्म ना. नवजात बालकको नामकरण गर्ने संस्कार; बालकको नाम राख्ने काम; नामकरण।
47911 नामकाम ना. व्यक्ति र उसले जीवनमा गरेका घटनाहरू।
47912 नामकीर्तन ना. ईश्वरका नाम र गुणको सङ्कीर्तन, ईश्वरको भजन, ईश्वरको गुणानुवाद।
47913 नामकीर्तन ना. २. नवधा भक्तिमध्ये एक भक्ति।
47914 नामकीर्तन ना. ३. कसैको गुणगान, प्रशंसा।
47915 नामतः क्रि.वि. नामानुसार, नामले।
47916 नामदार वि. राम्रो नाम चलेको; ख्याति पाएको; प्रसिद्ध; नामी,नामुद।
47917 नामधातु ना. व्याकरणअनुसार नामिक पदबाट बनाइएको धातु (रोगाउ, रमि्र, बियाँल्, घिनाउ, डराउ इ. )।
47918 नामधाम ना. आफ्नो नाउँ र आफू बसेको ठाउँ, कुनै व्यक्तिको नाम र उसको बासस्थान।
47919 नामधारक/धारी वि. नामअनुसारको काम नगर्ने।
47920 नामधारक/धारी वि. २. नाम मात्र धारण गरेको; नाम मात्रको।
47921 नामधारक/धारी वि. ३. नाम गरेको।
47922 नामधारक/धारी वि. ४. भन्न मात्र त्यस्तो भनिने; भनाउँदो ;तथाकथि।
47923 नामनामासी/नामेसी ना. कुनै व्यक्तिको नाम, थर, वतन आदिको विवरण।
47924 नामनामासी/नामेसी ना. २. नाम, थर, वतन आदि; नाम र ठेगाना।
47925 नाम निर्देश ना. कसैको नामको उल्लेख गर्ने काम; नाम लिने काम; नामोल्लेख; नामोच्चारण।
47926 नाम निर्देशन ना. कुनै काम वा पदका निमित्त नामाङ्कन गर्ने काम;नाम राख्ने काम; नाम बताउने काम।
47927 नामनिसान / निसाना ना. नाम र त्यसलाई चिनाउने लक्षण वा चिह्न, नाम र चिन नाम र निसाना; नामोनिसान।
47928 नामनिसान / निसाना ना. २. नामठेगाना; ठरठेगाना।
47929 नामनिसान / निसाना ना. ३. अत्तोपत्तो; थाहसुद्धी।
47930 नामन्जुर वि. स्वीकार नगरिएको, मन्जुर नभएको, बेमन्जुर,अस्वीकार।
47931 नामन्जुरी ना. स्वीकार नभएको वा नगरिएको स्थिति वा अवस्था; बेमन्जुरी; अस्वीकृति।
47932 नामन्जुरी ना. २. स्वीकार नगर्ने नीति।
47933 नामपरक वि. नामसँग सम्बन्धित; नामको।
47934 नामपाटी ना. कुनै व्यक्ति, वस्तु, संस्था, स्थान आदिलाई चिनाउन वा तीबारे सर्वसाधारणलाई जानकारी दिन सम्बन्धित व्यक्ति, वस्तु, संस्था, स्थान आदिको नाम लेखेर ढोकामा वा अन्यत्र उचित स्थलमा टाँगिएको पाटी वा फलेक ( नेमप्लेट)।
47935 नाममात्र वि. खालि नाम जनाउने खालको; खालि नामको; व्यर्थैमा नाम चलेको; नामधारी।
47936 नाममात्र वि. २. उल्लेख नगरे पनि हुने; नगण्य; तुच्छ।
47937 नाममात्र वि. ३. ज्यादै थोरै।
47938 नाममुद्रा ना. कुनै व्यक्ति वा संस्थाको नाम अङ्कित भएको औंठी; नाम लेखिएको औंठी छापेमुन्द्रो।
47939 नाममुद्रा ना. २. कुनै व्यक्ति वा संस्थाको नाम खोपिएको छाप।
47940 नामयोगी ना. व्याकरणअनुसार सर्वनाम, विशेषण आदिसँग विभक्ति जोडिएझैँ जोडिने, आफ्नो स्वतन्त्र अर्थ पनि हुने अव्यय (तिर, सम्म, सित आदि)।
47941 नामराशि ना. मेष, वृष आदि राशिका आधारमा राखिने नाम।
47942 नामराशि ना. २. नामका आधारमा छुट्ट्याइने राशि।
47943 नामराशि ना. ३. नाम र राशि।
47944 नामरूप वि. नाम र रूप भएको।
47945 नामरूप वि. २. जस्तो नाम त्यस्तै रूप भएको।
47946 नामर्द वि. पुरुष भईकन पनि पुरुषमा हुनुपर्ने हिम्मत नभएको; ह्याउ नभएको;हुतीहारा; डरछेरुवा; कायर; लाछी।
47947 नामर्द वि. २. पुंसत्व नभएको; नपुंसक।
47948 नामर्दी ना. नपुंसकता।
47949 नामर्दी ना. २. कायरता, लाछीपना।
47950 नामर्दी ना. ३. नामर्द हुनाको भाव।