Dictionary

All Word

47951 नामर्दी दण्ड ना. पोइल गएकी स्वास्नीलाई फर्काएर ल्याई फेरि स्वास्नी बनाएर राख्नेलाई गाउँले नियमअनुसार दिइने एक प्रकारको आर्थिक दण्ड।
47952 नामला गुम्बा ना. नेपालको गोरखा जिल्लाको नामरुङा भन्ने स्थानमा रहेको एक गुम्बा।
47953 नामवाचक वि. नाम वा संज्ञाको अर्थ व्यक्त गर्ने।
47954 नामवाचक वि. २. नाम बताउने।
47955 नामवाचक वि. ३. व्याकरणका अनुसार अरू कोटिको ठाउँमा नामको अर्थ जनाउने (उदा.- तेरो म जान्दिनँले मलाई दिक्क पारिसक्यो। यस वाक्यमा 'म जान्दिनँ' नामवाचक पदावली हो)।
47956 नामशेष वि. भौतिक अस्तित्व सिद्धिएर नाम मात्र बाँकी रहेको।
47957 नामशेष वि. २. शारीरिक रूपमा मरिसकेको।
47958 नामशेष वि. ३ मात्रा, सङ्ख्या आदिका दृष्टिले नगण्य; नाम मात्र शेष रहेको।
47959 नामसारी ना. कसैका नाममा रहेको चलअचल सम्पत्ति उसका नामबाट अरु कसैका नाममा सार्ने वा दर्ता गराउने काम; साबिक नामनामासी खारेज गरी हालको नामनामासी अङ्कित गर्ने कार्य;दाखिलखारिज।
47960 नामा वि. नामको;नामक; भन्ने।
47961 नामा ना. कुनै शब्दको पछिल्तिर जोडिने र जुन शब्दको पछिल्तिर जोडिएको छ त्यससम्बन्धी लिखत भन्ने बुझाउने शब्द (उदा.- वारिसनामा, मन्जुरीनामा, राजीनामा इ. )।
47962 नामाङ्कन ना. कुनै सङ्घ, संस्थाको सदस्यताका निम्ति वा कुनै पदका निम्ति उम्मेदवारका हैसियतले नाम प्रस्तुत गर्ने काम; नाम राख्ने काम।
47963 नामाङ्कन ना. २. नामावलीमा नाम चढाउने काम।
47964 नामाङ्कन ना. ३. नाम उल्लेख गर्नुपर्ने ठाउँमा हुने लिखित उल्लेख।
47965 नामाङ्कन ना. ४. शीर्षक दिनु वा थप्नुपर्ने ठाउँमा सोको दियाइ वा थपाई।
47966 नामाङ्कित वि. नाउँ लेखिएको; नाउँ खोपिएको।
47967 नामाङ्कित वि. २. कुनै सङ्घ-संस्थाको सदस्यताका निम्ति वा कुनै पदका निम्ति उमेदवारका हैसियतले नाम प्रस्तुत भएको।
47968 नामानुशासन ना. नामहरूको अर्थ र प्रयोगसम्बन्धी कुराको बयान भएको शास्त्र नामहरूको शब्दकोश।
47969 नामान्तर ना. मुख्य नामभन्दा अतिरिक्त अर्को नाम।
47970 नामान्तर ना. २. उपनाम, अवान्तर नाम।
47971 नामावली ना. एक किसिमका व्यक्ति वा वस्तुहरूको कुनै उद्देश्यले तयार पारिएको नामको सूची; नामहरूको तालिका।
47972 नामावली प्रकाशन ना. परीक्षामा उत्तीर्ण छात्रहरूको, कुनै पदका प्रत्याशीहरूको र अरू कार्यमा संलग्न हुन चाहने वा संलग्न भएका व्यक्तिहरूको नामको सूचीको प्रकाशन सम्बन्धित नामावली बाहिर टाँस्ने काम।
47973 नामिक ना. नामसँग सम्बन्धित; नामसम्बन्धी;नामको।
47974 नामिक पद ना. नामवाचक पद; नामसम्बन्धी पद।
47975 नामिक पदावली ना. नामको अर्थ जाहेर गर्ने पदावली (नाउन फ्रेज)।
47976 नामी वि. निकै प्रसिद्धि पाएको; कहलिएको; नाम चलेको, नामुद, प्रसिद्ध।
47977 नामी वि. २. उत्तम खालको, राम्रो किसिमको।
47978 नामुद वि. नाउँ चलेको; नामी।
47979 नामुद्दार वि. प्रसिद्ध भएको; नाम चलेको; नामी नामुद, प्रसिद्ध।
47980 नामेट वि. नामनिसाना नै नरहने गरी सिद्धिएको; पूर्णतया अस्तित्वविहीन भएको, पूरै रूपमा विनष्ट; सखाप।
47981 नामेट वि. ना.२. सर्वनाश; बरबादी।
47982 नाम्ग्याल गुम्बा ना. नेपालको मुस्ताङ जिल्लाको लो मान्ताङदेखि उत्तरपट्टिका डाँडाहरूको सिरानमा अवस्थित, मुस्ताङ राज्यका प्रथम संस्थापक राजा अभिपालद्वारा निर्मित मानिएको एक गुम्बा।
47983 नाम्जा ना. नेपालको मुगु जिल्लामा पर्ने, भोटतिर आवतजावत गर्ने १६,२२० फिट अग्लो एक भञ्ज्याङ।
47984 नाम्जो ना. पाटबाट बनाइएको धोक्रो वा थैलो।
47985 नाम्जो ना. २. बाँझो जमिन।
47986 नाम्ले वि. नाम्लोजस्तो ; नाम्लाका ढाँचाको।
47987 नाम्ले वि. २. एक नाम्लाको लमाइको फेरो बराबर मोटाइ वा परिमाण भएको।
47988 नाम्ले वि. ना. ३. नाम्लो लिएर ज्यालामा भारी बोक्ने मान्छे, डोरी नाम्लाका भरमा जीविका चलाउने व्यक्ति।
47989 नाम्ले किरो ना. लगभग तीन सेन्टिमिटर लामो थ्याप्चो पातजस्तो जिउ, अगाडि र पछाडि दुवैतिर चूषक भएको, भेडामा परजीवी भएर बाँच्ने र शरीरभित्र बस्तुभाउका पेटमा ज्वालाकोषका रूपमा रहने एक किसिमको किरो।
47990 नाम्ले किरो ना. २. सोको रोग।
47991 नाम्ले जुको ना. हे. नाम्ले।
47992 नाम्ले फेद ना. नाम्लो नलाई बोक्न नसकिने गिँड हुने ठुलो रुख वा बोट (मसला आदि) को माटामाथि जरो भएको भाग।
47993 नाम्लो ना. पिठ्यूँमा भारी अड्याएर बोक्नाका निम्ति पाट, चोया, छाला आदिबाट बनेको थाप्लोमा लाउने चेप्टो पातो भएको एक प्रकारको डोरी; चेप्टो पातो भएको डोरी थाप्लोमा अड्याई पिठ्यूँमा भारी बोक्ने साधन।
47994 नायक ना. कुनै लक्ष्यप्राप्तिका निम्ति समाजको नेतृत्व गर्ने व्यक्ति, कुनै दल वा समुदायलाई अगाडि लैजाने व्यक्ति; जनसमुदायको अग्रगण्य व्यक्ति; अगुवा, नाइके, नेता।
47995 नायक ना. २. मार्ग निर्देशन गर्ने व्यक्ति; पथप्रदर्शक।
47996 नायक ना. ३. कुनै घर, संस्था वा देशको सर्वोपरि व्यक्ति; स्वामी; मालिक।
47997 नायक ना. ४. दश सेनापति माथिको सेनापति।
47998 नायक ना. ५. काव्य, नाटक आदि साहित्यिक विधामा प्रधान रूपले चरित्रचित्रण गरिएको पुरुष पात्र (काव्यशास्त्रमा मानिएका नायकका धीरोदात्त, धीरोद्धत, धीरललित र धीरप्रशान्त- यी चार प्रमुख अथवा दक्षिण, धृष्ट, अनुकूल र शठ यी चार गौण भेद गरी जम्मा सोह भेद र तिनका पनि उत्तम, मध्यम र अधम तीन भेदले गर्दा जम्मा हुन आउने अठचालिस भेदमध्ये कुनै एक भेद )।
47999 नायक ना. ६. हारका बिचमा जडिएको मणि।
48000 नायक ना. ७. जपमालामा राखिएको ठुलो दाना, सुमेरु।