Dictionary

All Word

47151 नमूना हे. नमुना।
47152 नमेरु ना. रुद्राक्षको बोट।
47153 नमेरु ना. २. एक प्रकारको पुन्नाग वृक्ष।
47154 नमेरो ना. नाभो।
47155 नमोगुरु ना. धार्मिक-आध्यात्मिक शिक्षा दिने गुरु।
47156 नमोगुरु ना. २. ब्राह्मण।
47157 नम्बर ना. गणनाका क्रमले कुनै वस्तुको परिमाण बुझाउने अङ्क (१,२,३ आदि); सङ्ख्या।
47158 नम्बर ना. २. कुनै वस्तुको एकाइ, थान, गोटा, अद।
47159 नम्बर ना. ३. कर्मचारीहरूको माथिल्लो दर्जामा चढ्ने पालो; उन्नतिको क्रम; रोल।
47160 नम्बरी वि. नम्बर भएको; नम्बर लागेको; सङ्ख्यायुक्।
47161 नम्बरी वि. २. उच्च कोटिको; असल दर्जाको; उम्दा; विशिष्ट।
47162 नम्बरी वि. ना. ३. नम्बरी नोट।
47163 नम्बरी नोट ना. सय रुपियाँको नोट।
47164 नम्बरी पण्डित ना. सरकारी फिरिस्तमा दरिएको भाग पाउने विशिष्ट पण्डित, पहिलेपहिले विशिष्ट पण्डितहरूलाई सरकारबाट दिइने इज्जत वा मान।
47165 नम्बरी सुन ना. छाप लागेको असल दर्जाको सुन, उम्दा सुन।
47166 नम्बु ना. भोटे जातिले लगाउने दौराजस्तो लुगा।
47167 नम्य वि. नमस्कार गर्न योग्य।
47168 नम्र वि. निहुरेको; नुहेको; विनी।
47169 नम्र वि. २. नरम स्वभावको;आफ्नो बल; बुद्धि, सम्पत्ति आदिमा घमन्ड नगर्ने; शिष्ट; विनम्र।
47170 नम्रता ना. नम्र हुनाको भाव वा स्थिति।
47171 नय ना. कुनै वस्तु वा कुनै कुरा लैजाने काम।
47172 नय ना. २. नेतृत्व गर्ने काम।
47173 नय ना. ३. नीति।
47174 नय ना. ४. विनय, नम्रता।
47175 नय ना. ५. सिद्धान्।
47176 नय ना. ६. राजनीति।
47177 नय ना. ७. न्याय।
47178 नयचक्षु वि. दूरदर्शी; नीतिज्ञ।
47179 नयज्ञ वि. नीतिज्ञ।
47180 नयन ना. आँखा, लोचन, नेत्र।
47181 नयन ना. २. लैजाने काम।
47182 नयन ना. ३. नेतृत्व गर्ने काम।
47183 नयनगोचर वि. आँखाले देख्न सकिने; दृष्टिपथको;आँखाअगिल्तिरको।
47184 नयनजल ना. आँखाबाट निक्लने पानी, नेत्राश्रु, आँसु।
47185 नयनपट ना. आँखाको ढकनी; पलक।
47186 नयनपथ ना. एक दृष्टि लगाउँदा देख्न सकिने ठाउँ;आँखाको अगाडिको ठाउँ; दृष्टिप।
47187 नयनपुट ना. आँखाको गेडी।
47188 नयनपुट ना. २. आँखाको गह।
47189 नयना ना. आँखाको पुतली; आँखाको नानी।
47190 नयनाभिराम वि. हेर्दा राम्रो देखिने, आँखालाई आनन्द दिने, ज्यादै सुन्दर, मनोहर।
47191 नयनाभिराम वि. ना. २. चन्द्रमा।
47192 नयनोत्सव ना. आँखालाई आनन्दित पार्ने वस्तु, सुन्दर वस्तु।
47193 नयनोत्सव ना. २. बत्ती।
47194 नयनोपान्त ना. आँखाको कुनु, कोस।
47195 नयविद् वि. नीतिशास्त्र वा नीतिसम्बन्धी कुराको ज्ञाता;नीतिज्ञ।
47196 नयविद् वि. २. नियमकानुनको ज्ञाता; नियमकानुन जान्ने; न्यायशास्त्रको ज्ञाता।
47197 नयशास्त्र ना. नीतिनियमका कुरा भएको शास्त्र; नीतिशास्त्र।
47198 नयशास्त्र ना. २. ऐनकानुन, विधिविधानसम्बन्धी शास्त्र, न्यायशास्त्र।
47199 नयाँ वि. हालसालै मात्र देखा परेको; भर्खरै मात्र व्यवहारमा आएको, नूतन नवीन, नौलो।
47200 नयाँ वि. २. भर्खरै जन्मेको; भर्खरैको; हालैको।