Dictionary

All Word

47101 नपुंसकता ना. नपुंसक हुनाको भाव वा अवस्था, हिजडापन।
47102 नपुंसकता ना. २. नपुसंक हुने एक रोग।
47103 नपुंसकत्व ना. नपुसंकता।
47104 नपुंसक लिङ्ग ना. व्याकरणअनुसार पुरुष र स्त्री वा भालेपोथी नछुट्टिने लिङ्ग।
47105 नप्पल ना. हिमाली भेगमा पैदा हुने एक प्रकारको गहुँजस्तो अन्न।
47106 नबाफ ना. हे. नवाफ।
47107 नबाफी ना. / वि. नवाफी।
47108 नब्बे ना. असी र दशको योगसङ्ख्या दश घटी सय,९० को अक।
47109 नब्बे ना. वि. २. असी र दशका योगसङ्ख्याको, सो सङ्ख्यामा पर्ने।
47110 नब्बेऔँ / नब्बेयौं वि. गणना गर्दा नब्बेको सङ्ख्यामा परेको,नब्बे सङ्ख्यामा पर्ने।
47111 नभ ना. पृथ्वी र ग्रहनक्षत्रका बिचको शून्य स्थान, अकास,आकाश।
47112 नभ ना. २. साउन महिना।
47113 नभ ना. ३. बादल, मेघ।
47114 नभ ना. ४. पानी।
47115 नभचर वि. नभश्चर।
47116 नभन्दै संयो. आफूले भनेको, सोचेको वा कल्पना गरेको कुरो सत्य हुन आउँदा प्रयोग गरिने शब्द हो कि त साँच्चै।
47117 नभन्दै संयो. (उदा.- मैले त्यो आउँछ भन्ने ठानेको थिएँ, नभन्दै आइहालेछ )।
47118 नभश्चर वि. आकाशमार्गमा हिँड्ने वा डुल्ने, आकाशचारी।
47119 नभश्चर वि. ना. २. आकाशमार्गमा हिँड्ने पक्षी, देवता, गन्धर्व आदि।
47120 नभश्चर वि. ३. बादल।
47121 नभश्चर वि. ४. वायु।
47122 नभो ना. नभ।
47123 नभोमणि ना. आकाशमा मणि झैं भएको चहकिलो नक्षत्र, सूर्य।
47124 नभोमण्डल ना. आकाशमण्डल।
47125 नभोमय वि. शून्य भएको (अवस्था); शून्यमय; एकदम शून्य।
47126 नम: ना. आदरको भाव बुझाउन प्रयोग गरिने वा भनिने शब्द; नमस्कार; प्रणाम।
47127 नम: ना. २. त्याग गर्ने काम छोड्ने काम; त्याग।
47128 नमकिन वि. नुन हालेर बनाइएको, नुनिलो स्वाद भएको, नुनिलो।
47129 नमकिन वि. ना. २. निम्की।
47130 नमजा वि. घटिया किसिमको दिक्कलाग्दो नराम्रो।
47131 नमजा वि. ना. २. बेमज्जा, दिक्दारी।
47132 नमन ना. नमस्कार गर्ने काम; प्रणाम गर्ने काम; ढोग।
47133 नमन ना. २. नुहुने काम, निहुराइ।
47134 नमन ना. ३. नम्रता; विनय।
47135 नमनीय वि. शिर निहराउन योग्य नमस्कार गर्न योग्य; बन्द्य; प्रणम्य, आदरणीय।
47136 नमनीय वि. २. निहुराउन वा झुकाउन सकिने, बङ्ग्याउन सकिने।
47137 नमस्कार ना. निहुरेर वा शिर झुकाएर मान्य जनलाई अभिवादन गर्ने क्रिया; नमः, सादर प्रणाम; सादर अभिवादन; नमस्ते; ढोग।
47138 नमस्कार ना. २. कसैलाई दुई हात जोरेर सम्मान देखाउने काम।
47139 नमस्कार्य वि. शिर झुकाउनुपर्ने, नमस्कार गर्नुपर्ने, नमस्कार गर्न योग्य, आदरणीय।
47140 नमस्कृत वि. नमस्कार गरिएको प्रणाम गरिएको; आदर गरिएको; सम्मानित; पूजि।
47141 नमस्क्रिया ना. नमस्कार गर्ने क्रिया; नमस्कार गर्ने काम; प्रणाम गर्ने काम।
47142 नमस्ते ना. तपाईंलाई नमस्कार छ भन्ने अर्थ बुझाउने शब्द, नमस्कार; प्रणाम।
47143 नमाज ना. इस्लाम धर्मका अनुसार मुसलमानहरूले प्रतिदिन पाँच पटक कुरान पढी गर्ने ईश्वर प्रार्थना।
47144 नमाजी वि. नियमपूर्वक नमाज पढ्ने (व्यक्ति)।
47145 नमित वि. निहुरेको; नुहेको; झुकेको; न।
47146 नमुग ना. किलो उखेल्ने दुई जिब्रो भएको एक प्रकारको फलामे घन; फलामे मुङ्ग्रो।
47147 नमुना ना. कुनै वस्तुको गुण, आकारप्रकार आदि जान्नका निम्ति झिकिएको वा बनाइएको सानो अंश कुनै वस्तुलाई चिनाउन त्यसैको अनुकरणमा तयार पारिएको वस्तु बान्की, ढाँचा।
47148 नमुना ना. २. कुनै वस्तु वा कुनै कुरालाई सम्झाउन प्रस्तुत गरिएको उदाहरण, दृष्टान्।
47149 नमुनादार वि. नमुना लायक; नमुनाका रूपमा लिन सकिने।
47150 नमुना पाठ ना. कुनै पुस्तक, लेख आदिबाट नमुनास्वरूप गरिएको पाठ वा वाचन।