Dictionary

All Word

46951 नचरी ना. २. नाच्ने स्त्री, नर्तकी।
46952 नचरो ना. नाच्ने पुरुष, नर्तक, नटुवा।
46953 नचाइ ना. नाच्ने भाव, क्रिया वा प्रक्रिया, नाच्ने ढाँचा वा चाल।
46954 नचाइनु क.क्रि. नाच्न लाइनु।
46955 नचाउनु प्रे. क्रि. नाच्न लाउनु, नृत्य गराउनु।
46956 नचाउनु प्रे. क्रि. २. कसैलाई नचाहिँदो किमिसले बारबार हिँडाएर दुःख दिनु।
46957 नचाउनु प्रे. क्रि. ३. इच्छानुसार कसैलाई काममा लगाउनु।
46958 नचाउनु प्रे. क्रि. ४. यताउति चलाउनु।
46959 नचाउनु प्रे. क्रि. ५. घुमाउनु,रिंगाउनु।
46960 नचुवा वि. नाच्ने पेसा भएको, नाच्ने काम गर्ने, नृत्य गर्ने।
46961 नचुवा वि. ना. २. नाच्ने पेसा भएको व्यक्ति, नछुवा, नट।
46962 नचुवी वि. नाच्ने पेसा भएकी, नृत्य गर्ने (स्त्री)।
46963 नचुवी वि. ना. २. नाच्ने स्त्री, नटी, नचरी, नर्तकी।
46964 नचौरो ना. नाच्ने व्यक्ति, नर्तक, नटुवा।
46965 नछुने वि. पर सरेकी, रजस्वला।
46966 नछुने वि. २. छुन नहुने, स्पर्श नगरिने।
46967 नजर ना. आँखा, नयन, नेत्र।
46968 नजर ना. २ हेर्ने काम हेराइ, अवलोकन, दृष्टि।
46969 नजर ना. ३. रेखदेख, हेरविचार,निगरानी।
46970 नजरबन्द वि. कुनै निश्चित ठाउँबाट बाहिर निस्कन नपाउने गरी नियन्त्रणमा राखिएको (व्यक्ति)।
46971 नजरबन्द वि. २. स्वतन्त्र छोडिदिएमा देशको शान्तिसुरक्षामा खलल पर्ने आशङ्काले घरमै वा अन्यत्र कुनै ठाउँमा राखिएको वा थुनिएको (व्यक्ति)।
46972 नजरबन्द वि. ३. इन्द्रजाल वा सम्मोहन विद्याद्वारा दर्शकको हेर्ने शक्तिलाई वशमा पारिएको।
46973 नजरबन्दी ना. नजरबन्द राख्ने काम।
46974 नजरबन्दी ना. २. इन्द्रजाल वा सम्मोहनविद्याद्वारा दर्शकको हेर्ने शक्तिलाई वशमा पार्ने क्रिया वा चाल।
46975 नजराना ना. मान्यजन वा इष्टमित्रलाई खुसीयालीमा दिइने भेट, कोसेली, सौगात,उपहार।
46976 नजाती वि. खराब,नराम्रो, कमसल।
46977 नजाने अव्य. कुन्नि, कोनि, थाहा छैन।
46978 नजिक ना. यो. / क्रि.वि. समीप, निकट, नगिच।
46979 नजिकिनु अ.क्रि. छेउछेउमै आइपुग्न, नजिकमा रहनु, निकट हुनु।
46980 नजिक्याइ ना. नजिकिने क्रिया वा प्रक्रिया।
46981 नजिक्याइनु क.क्रि. नजिक ल्याइनु, नगिच पारिनु।
46982 नजिक्याउनु प्रे. क्रि. नजिक ल्याउनु, नगिच पार्नु।
46983 नजिर ना. पछि नियमका रूपमा प्रस्तुत गरिने, कुनै मुद्दाका सिलसिलामा सर्वोच्च अदालतले गरेको पूर्वनिर्णय।
46984 नजिर ना. २. उदाहरणका रूपमा प्रस्तुत पहिले घटेको कुनै घटना।
46985 नजिर ना. ३. उपमा, दृष्टान्त, उदाहरण।
46986 नञ् क्रिया, विशेषण आदि शब्दका अगाडि जोडिने र निषेधात्मक अर्थ बुझाउने एक अव्यय ( अरू शब्दका साथ जोडिँदा यसको रूप व्यञ्जनका साथ अर स्वरका साथ अन हुन्छ।) २. तत्पुरुषसमासको एक भेद, नञ् समास (उदा.- अप्राप्ति, अनधिकार इ.)।
46987 नट ना. फलामको पेच र बल्टुका टुप्पामा अल्झाउने भित्र प्वाल परेको ससानो हतियार।
46988 नट ना. नाच्ने पेसा भएको व्यक्ति, नाटक आदिमा नाच्ने व्यक्ति, नर्तक, नटुवा।
46989 नट ना. २. अभिनेता।
46990 नटराज ना. नर्तकहरूको राजा, नृत्यकलामा प्रवीण।
46991 नटराज ना. २. कृष्ण।
46992 नटराज ना. ३. शिव।
46993 नटवर ना. नाट्यकलामा धेरै कुशल तथा प्रवीण व्यक्ति।
46994 नटवर ना. २. कृष्णको एक नाम।
46995 नटवर ना. वि. ३. अति चतुर, साह्रै चनाखो।
46996 नटी ना. नाच्ने पेसा भएकी स्त्री; नाटक आदिमा नृत्य वा अभिनय गर्ने स्त्री पात्र; नर्तकी नटुवी।
46997 नटी ना. २. अभिनेत्री।
46998 नटी ना. ३. नट जातिकी स्त्री।
46999 नटुक ना. कातेको धागो बेर्ने चर्खाको लामो सुइरो।
47000 नटुवा ना. / वि. नट, नचुवा।