Dictionary

All Word

46901 नङ ना. औँलाका टुप्पामा औँलाको मासुबाटै पलाएको र त्यसैसँग टाँसिएको, छालाभन्दा माथि आएजति चाहिँ काट्ता नदुख्ने पातलो हाड, नख, नङ्ग्रा।
46902 नङकटनी ना. इस्पातबाट बनेको नङ काट्ने साधन।
46903 नङकटनी ना. २. नङ काट्ने काम।
46904 नङछुरी ना. औँलाका टुप्पामा नङनिर ठिहिऱ्याउँदा हुने पीडा,नङसिरी।
46905 नङछुरी ना. २. नङका दायाँबायाँ कुनामा निस्कने मसिनो छेस्कोजस्तो अवयव, उचेरा।
46906 नङछुरी ना. ३. नङका कुना पाक्ने एक रोग।
46907 नङपालिस ना. नङमा लगाइने पालिस।
46908 नङमासु ना. नङ र मासु।
46909 नङमासु ना. २. नङ र मासु जोडिए जस्तै आत्मीय सम्बन्ध।
46910 नङसिरी ना. नङछुरी।
46911 नङिनी ना. नङ काट्ने, इस्पातबाट बनेको एक किसिमको हतियार, नङकटनी।
46912 नङिनी ना. २. नाऊ जातिकी स्त्री।
46913 नङ्गा वि. लुगाफाटो केही नलगाएको, निर्वस्त्र,नाङ्गो।
46914 नङ्गा वि. २. धनजन केही नभएको, एक्लो।
46915 नङ्गा वि. ३. लुच्चो, निर्लज्ज।
46916 नङ्गाकार वि. नाङ्गेझार।
46917 नङ्गानाच ना. निर्लज्जतापूर्वक जे मनमा लाग्यो त्यही गर्ने क्रिया,मनलाग्दो व्यवहार।
46918 नङ्गिनु अ.क्रि. लुगाफाटोबिनाको हुनु, नाङ्गो हुनु।
46919 नङ्गिनु अ.क्रि. २. लुकाईछिपाई राखिएको कुकृत्य वा खराब आचरण प्रकाशमा आएर अरूका आँखामा गिर्नु।
46920 नङ्गिनु अ.क्रि. ३. खोस्टिनु।
46921 नङ्गी वि. लुगाफाटो नलाएकी, निर्वस्त्र (स्त्री)।
46922 नङ्गी वि. २. लाज सरम नभएकी, निर्लज्ज (स्त्री)।
46923 नङ्गी वि. ३. दाप वा म्यानबाट झिकिएको (तरबार, खुकुरी आदि)।
46924 नङ्गेठो ना. भेट्नु भाँची सऱ्याइएको मकैको घोगो।
46925 नङ्गेठो ना. २. भुत्ल्याइएको मकै, नमौठो।
46926 नङ्ग्याइ ना. नङ्ग्याउने क्रिया वा प्रक्रिया।
46927 नङ्ग्याइनु क.क्रि. नाङ्गो पारिनु।
46928 नङ्ग्याउनु स.क्रि. लुगाफाटोविनाको पार्नु, नाङ्गो पार्नु, निर्वस्त्र तुल्याउनु।
46929 नङ्ग्याउनु स.क्रि. २. बोक्रो, खोस्टो आदि झक्नु ,खोस्ट्याउनु।
46930 नङ्ग्याउनु स.क्रि. ३. भएभरको सम्पत्ति लिनु, सिरीखुरी पार्नु।
46931 नङ्ग्याहट ना. नाङ्गो पार्ने वा नङ्ग्याउने क्रिया वा अवस्था,नङ्ग्याइ।
46932 नङ्ग्रा ना. लामालामा पारेर पालिएका नङ लामा र तिखा नङ।
46933 नङ्ग्रा ना. २. पशुपक्षीहरूको डोलो नङ।
46934 नङ्ग्रा ना. ३. थाँक्रोलाई समाउने लहराको नङजस्तो अवयव, हत्यौरो।
46935 नङ्ग्री ना. सानो नङ्ग्रा।
46936 नङ्ग्रे वि . नङ्ग्रा भएको (पक्षी आदि)।
46937 नङ्ग्रे करेलो ना. नङ्ग्राजस्तो हुने एक जातको करेलो, चुच्चे करेलो।
46938 नङ्ग्रो ना. नङ्ग्राको एक वचन, नङ्ग्रा।
46939 नङ्ग्याउनु स.क्रि. नङले चिर्नु।
46940 नङ्गिनु अ.क्रि. नाङ्ङो हुनु, नाङ्गिनु।
46941 नङ्ङ्याइ ना. नङ्ग्याइ।
46942 नङ्ङ्याइनु क.क्रि. नङ्ग्याइनु।
46943 नङ्ङ्याउनु प्रे. क्रि. नङ्ग्याउनु।
46944 नङ्ङ्याहट ना. नङ्ग्याहट।
46945 नचनी ना. नाच्ने स्त्री,नचरी,नर्तकी।
46946 नचनी ना. २. लट्टेको लावा, रामदाना।
46947 नचनीगमनी ना. नाच्नेगाउने स्त्री ( प्रायः हेयार्थमा)।
46948 नचनीगमनी ना. २. नाच्नेगाउने काम।
46949 नचनीगमनी ना. (उदा.- नचनीगमनीमा लागेर मात्रै तिमी कसरी उन्नति गर्छौं ?)।
46950 नचरी ना. नाच, नृत्य।