Dictionary

All Word

46751 नकली वि. मौलिक वा प्राकृतिक नभएर अरू मालको नकल गरी बनाइएको, बनावटी।
46752 नकली वि. २. कम मूल्यका अरू कुनै वस्तु मिसाइएको।
46753 नकली वि. ३. कमसल,कच्ची।
46754 नकली वि. ४. जाली,खोटो।
46755 नकली वि. ५. नकल पार्ने, स्वाङ पार्ने (स्त्री)।
46756 नकले वि. नकल गर्ने।
46757 नकले वि. २. ढाँचा पार्ने, स्वाङ पार्ने।
46758 नकले वि. ३. आडम्बरी, ढोंगी।
46759 नकले वि. ४. अर्काको नक्कल गर्ने।
46760 नकलेझकले वि. नक्कलझक्कल पार्ने, नचाहिँदो सिँगारपटार गर्ने, स्वाँगी।
46761 नकलेझकले वि. २. नसुहाउँदो ठाँटबाँटको, उत्ताउलो र झिल्के।
46762 नकस ना. रुपियाँपैसा थापेर हारजित हुने गरी खेलिने तासको एक खेल।
46763 नकस ना. २. गन्जिफा।
46764 नकाइ ना. नकाउने क्रिया वा प्रक्रिया।
46765 नकाइनु अ.क्रि. आनाकानी गरिनु, अनकनाइनु।
46766 नकाउनु अ.क्रि. कुनै कामकुरो गर्न असजिलो मान्नु, आनाकानी गर्नु,अनकनाउनु।
46767 नकाब ना. मुख छोप्नका निम्ति लगाउने कपडा, घुम्टो।
46768 नकाब ना. २. बाहिरी आडम्बर वा स्वाङ।
46769 नकाब ना. (उदा.- देशसेवाको नकाब लगाएर आफ्नो स्वार्थ पूरा गर्नु राम्रो होइन। )।
46770 नकाबधारी वि. नचिनिने उद्देश्यले मुख छोप्ने कपडा लगाउने, नकाब धारण गर्ने।
46771 नकाबधारी वि. २. नभएका कुराको स्वाङ रच्ने।
46772 नकाबपोस ना. नकाबधारी।
46773 नकार्नु स.क्रि. कुनै कामकुरा गर्न वा भन्न नमान्नु,अस्वीकृति जनाउनु, निषेध गर्नु।
46774 नकार ना. न' अक्षर, तवर्गको अन्तिम वर्ण।
46775 नकार ना. २. निषेध,नाइँकार।
46776 नकाराइ ना. नकार्ने भाव, क्रिया वा प्रक्रिया।
46777 नकारात्मक वि. कुनै काम वा कुरो नमान्ने वा नगर्नेकिसिमको,अस्वीकृतिमूलक, निषेधात्मक (कथन वा उत्तर)।
46778 नकारात्मक वि. विप. सकारात्मक।
46779 नकारात्मकता ना. नकारात्मक हुनाको भाव वा अवस्था।
46780 नकारिनु क.क्रि. नकार्ने काम गरिनु, नकाराइमा पारिनु, अस्वीकृति जनाइनु।
46781 नकुल ना. पाँच पाण्डवमध्येका एक भाइ।
46782 नकुल ना. २. न्याउरीमुसो।
46783 नक्कल ना. अनुकरण, नकल।
46784 नक्कल ना. २. स्वाङ, ढाँचा।
46785 नक्कलझक्कल ना. नकलझकल।
46786 नक्कली वि . नकली।
46787 नक्कली जटामसी ना. लगभग एक मिटर अग्लो, एउटै भेट्नुमा ससाना तीनवटा पात हुने, डल्लो मालाकार सेतो फूल फुल्ने र ओखतीमुलोमा प्रयोग हुने एक जातको वनस्पति।
46788 नक्कले वि. नक्कल गर्ने, नकले।
46789 नक्कासी ना. धातु, काठ, पत्थर आदि कुँदेर बेलबुट्टा भर्ने काम वा विद्या।
46790 नक्कासी ना. २. छाप्नाका निम्ति धातु, काठ, पत्थर आदि कुँदेर चित्र आदि बनाउने काम।
46791 नक्कासीदार वि. नक्कासी भरेको, बेलबुट्टा बनाइएको।
46792 नक्खी ना. सितार, तानपूरा आदि बजाउँदा चोर औँलाको टुप्पामा लगाइने तारको साधन।
46793 नक्त ना. दिनको चौथो वा अन्तिम प्रहर, सन्ध्या सुरु हुन लाग्दाको समय।
46794 नक्त ना. २. रात, रात्रि।
46795 नक्त ना. ३. शिव।
46796 नक्तचर वि. रातिराति हिँड्ने, रात्रिचर, निशाचर।
46797 नक्तभोजन ना. दिनभरिको व्रतपछि गरिने रातको भोजन।
46798 नक्तभोजी वि. रातमा भोजन गर्ने, नक्तव्रत लिने।
46799 नक्तव्रत ना. रातमा तारा हेरेर विष्णुको पूजा गरेपछि मात्र भोजन गरिने एक व्र।
46800 नक्र ना. माउसुलीका आकरको शरीर र लामो थुतुनो हुने ठुलो एक जलजन्तु, गोही,ग्राह।